निर्णय नं. २५२६ - उत्प्रेषण मिश्रीत परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५२६ - उत्प्रेषण मिश्रीत परमादेश भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/११/२१ २७५६ निर्णय नं. २५२६ ने.का.प. २०४२ अङ्क ११ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट फुल बेञ्च नं. ३६ विषय : उत्प्रेषण मिश्रीत परमादेश । निवेदक :जिल्ला बझाङ पौवागढी गा.पं.वडा नं.७ घर भै हाल कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङमा सह लेखापाल पदमा कार्यरत रामचन्द्र जोशी। विरुद्ध विपक्षी :सेती अञ्चलाधिशको कार्यालय धनगढी । सहायक अञ्चलाधीश,सेती अञ्चलाधीशको कार्यालय धनगढी । सेती अञ्चल अदालतका अञ्चल न्यायाधीश अध्यक्षतामा गठित वढुवा समिति मुकाम सेती अञ्चल अदालत डोटी । जिल्ला कार्यालय भूमि सुधार शाखा बझाङमा कार्यरत धननाथ जैशि । ऐ. कृषी शाखा बाजुरामा कार्यरत डबल बहादुर सिंह । कृषि फर्म मागेतडा डोटीमा कार्यरत चेतराज जोशी । आदेश भएको मिति: ४२।११।२१।३ मा कार्य दक्षता एवं अनुभवको आधारमा बढुवा पाउने कर्मचारीको हक पनि हो, कुनै अधिकारीको गल्ती वा भूलले कुनै निजामती कर्मचारीलाई बढुवाको कानुनी हकबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं. १५) अस्थायी नोकरी बापत कसैलाई अंक प्रदान गर्ने र कसैलाई अंक प्रदान नगर्ने बढुवा समितिको निर्णयलाई न्यायोचित भन्न नसकिने । (प्रकरण नं. १६) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री दमन ढुंगाना र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री बलिराम कुमार र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विद्वान अधिवक्ता श्री शिवराज अधिकारी उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंह: डिभिजन बेञ्ज समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. मिति २०३४।२।२७ देखि २०३६।४।६ सम्म गा.फ.रा.अ.जि.स.बाजुरामा अस्थायी स.ले.पा. भई कामगरेकोमा स्थायी भई सहकारीशाखा बझाङमा पोष्टिङ भयो नोकरीअवधि निजामती किताब खानामा पनि जोडियो । मिति २०४०।६।७ मा लेखापाल पदको लागि बढुवाको सूचना प्रकाशित हुँदा दर्खास्त दिएकोमा आफ्नो नाम प्रकाशित नभएकोले अञ्चलाधिश समक्ष पुनरावेदन दिएँ । सहायक अञ्चलाधिशले जानकारी गराउनु भएको निर्णयमा विवरण फारम नं.२ मा अस्थायी सेवामा काम गरेको विवरण नभरेको आधारमा उजूरी आधारहिन ठहर्‍याई ३ अंक कट्टा गरिएको जानकारी मिति २०४१।३।१२ मा पाएँ । ३. दर्खास्त साथ अस्थायी नियुक्ति र नोकरी जोडिएको निजामती किताबखानाको पत्र पेश गरेको छु । फाराम नं.५ मा शुरु देखिको नोकरी अवधि प्रष्ट देखाएको छु । लोकसेवा आयोग (कार्यविधी) नियमहरू, २०२७ को नियम २७ ले आवश्यक कागजपत्र मगाउनु पर्ने दायित्वबाट पन्छन मिल्ने होइन । नम्बरको आधारमा योग्य व्यक्तिलाई बढुवा गर्नु पर्ने हो । नियमानुसार अंक पाएमा विपक्षी नं.४ को भन्दा मेरो अंक बढी हुन्छ । अस्थायी सेवा अवधि देखिइरहेकोमा त्यसलाई मान्यता नदिएको नि.से.नि.को नियम ३.३(९) र ३.५ को प्रतिकूल छ । विपक्षी डबलबहादुरको दर्खास्त दिंदा स्थायी सेवा अवधि ३ वर्ष पुगेको छैन । विपक्षी नं.५ र ६ दुबैजना लेखा समूहका होइनन् । मेरो आधारपूर्ण उजूरीलाई आधरहिन भनी ३ अंक क