निर्णय नं. २५२८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५२८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/११/२० २०२१ निर्णय नं. २५२८ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४१ सालको रिट नं. २०५४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला कपिलवस्तु गा.पं.कजहर्वा वडा नं.५ बस्ने खुसीयाल कोरी । विरुद्ध विपक्षी :जिल्ला कपिलवस्तु कजहर्वा गा.पं.वडा नं.७ बस्ने राकेश कुमार तिवारी । ऐ.बस्ने मुनेश्वर तिवारी । ऐ.बस्ने शिव शरण तिवारी । ऐ.बस्ने राम सुरत तिवारी । ऐ.बस्ने महादेव तिवारी । ऐ.बस्ने रामदेव तिवारी । ऐ.बस्ने वृज भूषण तिवारी । ऐ.बस्ने सानो वशिष्ठ तिवारी । भू.सु अधिकारी भू.सु. कार्यालय कपिलवस्तु । आदेश भएको मिति:२०४२।११।२०।२ मा प्रत्यर्थीले समयमा हुनु गर्नुपर्ने कानुन बमोजिमको कार्यविधि पूरा गरी निर्णय गरेको भन्ने देखिन नआएकोले सो कार्यविधि पूरा नगरी रिट निवेदकको दावी खारेज गर्ने गरेको निर्णय त्रुटिपूर्ण भन्नु पर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंह विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री भैरव प्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार अधिकारीको मिति २०४१।११।१० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. जिल्ला कपिलवस्तु गा.पं.कजहर्वा वडा नं.५, ६, ७, (ग) कि.नं.११०, ३०२, ३१९, ११०२, ५५६, ९६ को ज.वि.०–११–९ जग्गा २००९ साल भन्दा अघिदेखि उखडा बटैयामा कमाउँदै आएको २००९ सालदेखि उखडा बटैया जग्गामा मुद्दा चली २०१२।१।१२ मा खजहनी मालमा मिलापत्र भएकोबाट केही उखडा र केही बटैयामा कमाउन दिएको भन्ने दुबै पक्षको मन्जूरी भएको र विपक्षीसँग बेदखली मुद्दामा समेत शिवराज तौलीहवा गोश्वाराको विशेष ट्राइबुनलबाट २०२०।२।७ मा निर्णय हुँदा मिलापत्रलाई आधार मानी फैसला भएको छ । यही जग्गा विषयमा उखडाको विवाद उठी मुद्दा चल्दा मिलापत्रमा अजिरे चमारले उखडामा जोतेको भनी उल्लेख भएको विगहा १–४–१६ उखडा कायम हुने ठहर्छ । दर्ता गर्न माललाई जनाउ दिने माथि उल्लेख भए देखि बढी जग्गाको किसानले भरेको फाराम बदर भएकोले कानुन बमोजिम गर्नु भनी शुरु जिल्ला अदालतलाई जनाउ दिने भनी २०३०।३।४ मा डिभिजन बेञ्जबाट फैसला भयो । वडा नं.६ को कि.नं.११० वडा नं.७ को कि.नं.३०२ र वडा नं.७ को कि.नं.३१ को ज.वि.०–४–१८ उखडा कमाएको भई मेरोनाममा दर्ता भई लालपुर्जा पाइसकेकोछ । वडा नं.५ के कि.नं.११०२ वडा नं.६ के कि.नं.५५६ र वडा नं.८(ग) के कि.नं.९६ के ज.वि.०–६–११ मा नापीमा झगडा जनाएको कारण सर्वोच्च अदातलमा मुद्दा चल्दै थियो । उक्त जग्गाको लालपुर्जा जग्गाधनी समेतले पाउनु भएको छैन । जग्गाधनीहरूको वारीश निरंजन तेली हाजीर भई तारिख लिई गएको उपस्थित नभई मोहीले जग्गा जोतेको कुरा स्वीकार गरी हुलाकबाट निवेदन पठाएको रीतपुर्वक मान्न नमिल्ने भएकोले मोही कायम गरी प्रमाणपत्र पाउँ भनी निवेदकको माग भएकोमा क्षेत्रीय किताब उतारबाट निवेदक र ज.ध.महादेव तिवारी समेतको झगडा जनिएको देखिने ज.ध.लाई म्याद पठाउँदा हाजिर भई स्वीकार गरेको नदेखिने जो.अ.नि.समेत नभएकोले निवेदकको दावी खारेज हुने ठहर्छ भनी २०४१।११।१० मा भू.सु.अधिकारीले निर्णय गर्नुभयो । ३. मिति २०१२।१।१२ को मिलापत्र ट्राइबुनलको मिति २०२०