निर्णय नं. २५२९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५२९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/११/०५ २०३० निर्णय नं. २५२९ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको रिट नं. ६०२ विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :का.जि.मनमैजू गा.पं.वडा नं.३ फटुङ्ग बस्ने कान्छी भन्ने ईश्वरी खत्रिनी । विरुद्ध विपक्षी :भूमि सुधार कार्यालय काठमाडौं । का.जि.मनमैजू गा.पं.वडा नं.४ फटुङ्ग बस्ने टिका बहादुर खत्री क्षेत्री । आदेश भएको मिति:२०४२।११।५।१ मा विदेश गएको भन्ने देखिएको निज विदेश गए पनि निजको दायित्व बाली बुझाउनु पर्ने नै हुँदा बाली भराई पाउने । (प्रकरण नं. १०) विदेशिएको मोहीको नाम कट्टा गर्ने गरी प्रत्यर्थी भूमि सुधार कार्यालय काठमाडौंबाट गरेको निर्णय त्रुटिपूर्ण छ भन्न सकिने अवस्था नहुँदा निवेदिकाको माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदिका तर्फबाटःX विपक्षी तर्फबाटः विद्वान सरकारी सह-न्यायाधीवक्ता श्री बलीराम कुमार उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय काठमाडौंको ०४१।१०।२८ को निर्णय पर्चा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. भू.सु.प्रारम्भ हुनु अघि देखी फुटुङ्ग गा.पं.वा.नं.४ को कि.नं.३४ को सिम खेत रोपनी १–३–० कित्ता जग्गाको जग्गाधनी जोगमन भएको निवेदकले मोहीमा कमाई आएकोमा नापीको समय निवेदिकाको पति लालबहादुर जेठाजु टिकाबहादुरसमेतसँग सगोलमा बसी आएको र हालसम्म पनि सगोलै छ । नापी समयमा निवेदिकाको पतिले सगोलका जेठाजुको छोरा कैले खत्रीको नाउँमा उल्लिखित जग्गाहरूमा मोहीमा लेखाई दिनु भएछ । कैले खत्री ०१८ सालदेखि विदेश गएको कारण उक्त जग्गा म निवेदीकाले मोहीको हैसियतले जोती आएको छु । विपक्षी टिकाबहादुरले उक्त जग्गा साविक जग्गाधनी जोगमानबाट खरीद गरी लिएपछि विपक्षीले बाली नबुझेको हुँदा धरौट राखी आएकोछु । विपक्षीले कैले खत्रीको नामको लगत कट्टा गरिपाउँ भनी भू.सु.का.मा निवेदन दिई कारवाही चलाएको पश्चात विपक्षी टिकाबहादुरले निवेदिका समेत उपर बाली भराई निष्कासन गरिपाउँ भनी उजूरी दिएकोमा बाली भराई दिने निष्कासन नगर्ने ठहराई ०३८।१०।७ मा अन्तिम निर्णय भएको छ । मोही लगत कट्टा गरी पाउँ भन्ने निवेदनमा वादीदावी खारेज गर्ने ठहराई ०४०।५।५ मा निर्णय भए उपर विपक्षको रिट पर्दा खारेज गरेको मिलेन । सबूद प्रमाण बुझी निर्णय गर्नु भनी परमोदश जारी भई गएकोमा कारवाई हुँदा हाल विदेशीएको व्यक्तिको नाउँमा रहेको मोहियानी हकको जग्गा भू.सं.ऐनको दफा ३४ अनुसार कबूलियतको अभावमा निवेदिकालाई मोही कायम गर्न मिलेन, कैले खत्री उपस्थित भएमा निजको मोही हक कायम गर्न मन्जूर छु भनी वादीले कागज गरेको देखिँदा मोही लगतबाट बिदेशिएको मोहीको नामसम्म कट्टा हुने ठहर्छ भनी विपक्षी कार्यालयबाट ०४१।१०।२८ मा निर्णय गरियो । ३. उल्लेखित जग्गा निवेदिकाले जोती आएको तथ्य निर्विवाद छ । नापीको समयमा मोहीमा कैले खत्री लेखिएको भएपनि निवेदिका मोही भई जोती आएको कुरा ०१८ साल देखि कैले खत्री बेपत्ता भएको तथ्यलाई स्थानीय पञ्चायतले समर्थन गरेकोछ । भू.सु.लागू हुनु पूर्वदेखि निवेदकले मोहीकोहैसियतले जोती कमाई आएको छु । सबूदप्रमाणको मूल्याङ्कन नगरी भएको निर्णय त्रुटिपूर्