निर्णय नं. २५३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/११/२० २११३ निर्णय नं. २५३१ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नम्बर २०१५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला कपिलवस्तु कज्रहर्वा गा.पं.वडा नं.६ बस्ने रघुवीर कोरी । विरुद्ध विपक्षी :जिल्ला कपिलवस्तु कज्रहर्वा गा.पं.वडा नं.७ बस्ने राकेश कुमार तिवारी । ऐ.बस्ने मुनेश्वर तिवारी । ऐ.बस्ने शिव शरण तिवारी । ऐ.बस्ने राम सुरत तिवारी । ऐ.बस्ने महादेव तिवारी । ऐ.बस्ने रामदेव तिवारी । ऐ.बस्ने वृज भुषण तिवारी । ऐ.बस्ने सानो वशिष्ठ तिवारी । आदेश भएको मिति:२०४२।११।२०।२ मा प्रत्यर्थीले समयमा हुनु पर्ने कानुन बमोजिमको कार्यविधी पूरा गरी निर्णय गरेको भन्ने देखिन नआएकोले सो कार्यविधी पूरा नगरी रिट निवेदकको दावी खारेज गर्ने गरेको भू.सु.का.को निर्णय त्रुटिपूर्ण भन्नुपर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंह विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री भैरव प्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार अधिकारीको मिति २०४१।११।१० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. विपक्षी ज.ध.को जग्गा २०२५ सालदेखि प्रति विगहा १ को रु. ६०।– नगद हुँदा बुझाउने गरी मोहीको हैसियतले जोतकोड गरी आएको नापी हुँदा गा.पं.कज्रहर्वा वडा नं.५ कि.नं.२१३ वडा नं.७ कि.नं.१९६, ३१९ वडा नं.८(क) कि.नं.५०७ र वडा नं.८(ख) कि.नं.१४० को ०–१४–१७ समेतको जग्गामा विवाद जनिएको र हाल पनि मेरो जोत भोगमा भएकोले मोही हक कायम गरी प्रमाणपत्र पाउँ भनी निवेदन परेकोमा ज.ध.हरूका नाममा सूचना पठाएकोमा निरंजनलाई वारिश गरिदिएको र निजले म्याद थमाई कार्यालयमा उपस्थित हुन नआई हु.बाट निवेदक रघुवीर कोरीले निवेदनमा दावी गरेको जग्गा निजको मोही कायम गरिदिन मेरो मन्जूर छ भनी पठाएको रहेछ ज.ध.को वा.निरंजन तेली अड्डामा हाजिर भई तारिख लिई गए तर तारिखमा उपस्थित नभई मोहीले जग्गा जोतेको कुरा स्वीकार गरी हु.बाट माग निवेदन पठाउँदा हु.बाट पठाएको निवेदन स्वीकार गरेको भन्न रीतपूर्वकको मान्न नमिल्ने भएको, ज.ध.लाई म्याद पठाउँदा हाजिर भई स्वीकार गरेको नदेखिने, जो.अ.नि.समेत नभएकोले निवेदकको दावी खारेज हुने ठहर्छ भनी मिति २०४१।११।१० मा भू.सु.अधिकारीले निर्णय गर्र्नुभयो । ३. विपक्षीको वा.निरंजन तेली हाजिर भएको कुरा फैसलाबाट देखिन्छ । अ.बं.१२९ नं. बमोजिम निजलाई बयान लिई तारिख दिनु पर्नेमा बयान नगराई तारिख दिएको अ.बं.१२९ नं.को प्रतिकूल छ । वा.निरंजन तेलीले हाम्रो जोतलाई स्वीकार गरी निवेदन दिनु भएको छ । त्यसलाई मान्यता नदिने अधिकारीज्यूको फैसला कानुनसंगत छैन । मेरो जोत सम्बन्धमा सरजमीन बुझेको छैन । सो फैसलाबाट मेरो हक हनन् भएको हुँदा उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी मिति २०४१।११।१० को निर्णय बदर गरी हक प्रचलन गराई पाउँ भन्ने रिट निवेदन । ४. विपक्षीसँग लिखिन जवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगल बेञ्जको मिति २०४१।१२।२८ को आदेश । ५. विपक्षीहरूको वा.निरंजन तेली उपस्थित हुन आएको निजलाई बयान लिई तारिख दिनु पर्नेमा सो दिन कार्यालयको अन्य कामको बोझले गर्दा तारि