निर्णय नं. २५३२ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५३२ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/११/०५ २२३५ निर्णय नं. २५३२ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४२ सालको रि नं. १५२४ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :अधिकारी निटवयर्स उद्योग का प्रो.जि.नुवाकोट बिदुर बस्ने राम बहादुर अधिकारी । विरुद्ध विपक्षी :श्री ५ को सरकार अन्तःशुल्क विभाग लाजिम्पाट काठमाडौं । श्री ५ को सरकार अन्तः शुल्क कार्यालय काठमाडौं डिल्लीबजार। आदेश भएको मिति:२०४२।११।५।१ मा प्रचलित ऐन अन्तर्गत कुनै उद्योग रजिष्टर्ड हुन्छ भने तत्काल बहाल रहेको ऐनको सुविधा उपभोग गर्न पाउने हक उक्त उद्योगलाई प्राप्त भएको हुन्छ भन्नुपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थी तर्फबाट: विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएकोमा संक्षिप्त तथ्य यसप्रकार छ : २. घरेलु तथा ग्रामीण उद्योग विभागमा घरेलु उद्योगको रुपमा ०३९।८।२४ मा दर्ता भएको यस उद्योगले ०४१।७।१२ देखि उत्पादन शुरु गरी होजियारी सामान उत्पादन गरी आएको छ । औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) को देहाय (१) र (४) को प्रतिबन्धात्मक वाक्यांशले रिट निवेदक घरेलु उद्योगलाई सञ्चालन मिति तथा उत्पादन शुरु मितिदेखि पाँच वर्षको लागि अन्तःशुल्क नलाग्ने किटानी व्यवस्था गरेको छ । हाल आएर अन्तःशुल्क कार्यालय काठमाडौंले लाग्दै नलाग्ने अन्तःशुल्क लाग्छ बुझाउनोस भनी ताकेता गर्न थालेकोले यो रिट दिनु परेको छ । रिट निवेदक घरेलु उद्योगलाई उत्पादन शुरु मितिदेखि पाँच वर्षको लागि अन्तःशुल्क कुनै हालतमा लाग्न सक्ने होइन । ०४१।३।२६ को नेपाल राजपत्रमा प्रकाशित सूचनाको आधारमा रिट निवेदकलाई अन्तःशुल्क लगाउन मिल्दैन । प्रत्यर्थीहरूको काम कारवाहीले निवेदकको हक हितको प्रचलनको अवरुद्ध भएकोले उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी उत्पादन शुरु हुने मितिदेखि पाँच वर्षको लागि अन्तःशुल्क छुट सुविधा पाउने गरी हक प्रचलन गरिपाउँ रिट निवेदनको किनारा नलागेसम्म रिट निवेदकबाट अन्तःशुल्क नउठाउनु भन्ने अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ३. विपक्षीबाट लिखिन जवाफ लिने र यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म रिट निवेदकसँग अन्तःशुल्क उठाउने कार्य नगर्नु भनी विपक्षी अन्तःशुल्क कार्यालय काठमाडौंका नाउँमा अन्तरिम आदेश समेत जारी गरिएको छ भन्ने समेत सर्वोच्च अदालत सिंगल बेञ्जको ०४२।५।२७।२ को आदेश । ४. ओद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० खण्ड (ग) को उपखण्ड (१) अनुसार घरेलु उद्योगलाई सञ्चालन मितिदेखि पाँच वर्षको लागि अन्तःशुल्क लाग्ने छैन भन्ने व्यवस्था भएको छ । तर सो खण्ड (ग) को उपखण्ड (४) को प्रतिबन्धात्मक वाक्यांश अनुकूल नेपाल राजपत्रमा ०४०।३।२६ मा प्रकाशित अर्थ मन्त्रालयको र ०४०।४।१ मा प्रकाशित उद्योग मन्त्रालयको सूचना अनुसार सिन्थेटिक यार्न र सो मा आधारित उत्पादनमा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० को खण्ड (ग) को उपखण्ड (१) अनुसार अन्तःशुल्क छुट नदिने गरी तोकेको छ । होजियारी सामानको उत्पादनमा अन्तःशुल्क लगाई आएक