निर्णय नं. २५३३ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५३३ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/०६/१० २३२७ निर्णय नं. २५३३ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रि.नं. २१०२ विषय : उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :राजेश टेक्सटायल उद्योगका प्रो.का.जि.बानेश्वर बस्ने राजेश उपाध्याय । विरुद्ध विपक्षी :श्री ५ को सरकार अर्थ मन्त्रालय । श्री ५ को सरकार अन्तः शुल्क विभाग,केन्द्र भवन लजिम्पाट,काठमाडौं । श्री ५ को सरकार अन्तशुल्क कार्यालय,काठमाडौं। आदेश भएको मिति:२०४२।६।१०।५ मा औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० खण्ड (ग) को उपखण्ड १ बमोजिम संचालन मितिले ५ वर्षसम्म अन्तःशुल्क छुट सुविधा प्राप्त गरेको निवेदकको उद्योगबाट प्रत्यर्थी अन्तःशुल्क कार्यालय काठमाडौंले अन्तःशुल्क उठाउने सम्बन्धमा गरेका काम कारवाही तथा तत्सम्बन्धी पत्र निर्णयहरू गैरकानुनी भई त्रुटिपूर्ण देखिन आयो अतः अन्तःशुल्क उठाउने बारेको प्रत्यर्थी अन्तःशुल्क कार्यालय काठमाडौंको काम कारवाही पत्र निर्णय समेत उत्प्रेषणको आदेश द्वारा बदर हुने । (प्रकरण नं. १६) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः अन्तःशुल्क कार्यालय काठमाडौंको पत्रहरू समेत बदर गरिपाउँ भनी नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. घरेलु तथा ग्रामीण उद्योग विभागमा घरेलु उद्योगको रुपमा मिति ०३९।६।२४ मा दर्ता भएको र मिति ०४१।११।१५ देखि उत्पादन शुरु गरेर औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १०(ग) लगायत अन्य प्रचलित नेपाल कानुनले प्रदान गरेको अन्तःशुल्क सुविधा पाउने गरी स्थापना भएको घरेलु उद्योग हो । मेरो उद्योगले ऐ. ऐनको दफा १०(ग) को देहाय (१) र (४) को प्रतिबन्धात्मक वाक्यांशले उत्पादन शुरु तथा संचालन मितिदेखि पाँच वर्ष अन्तःशुल्क नलाग्ने किटानी व्यवस्था गरेको छ । जसबाट रिट निवेदकको जस्ता मिति ०४०।४।१ गते उद्योग मन्त्रालयको सूचना प्रकाशित हुनुभन्दा पहिले दर्ता भएका घरेलु उद्योगहरूलाई अन्तःशुल्क नलाग्नेमा विपक्षी अन्तःशुल्क कार्यालय काठमाडौंले जाँच निरीक्षक समेत खटाई कानुन विपरीत अन्तःशुल्क उठाउन खोजेकाले रिट निवेदन गर्न आएको छु उत्प्रेषणयुक्त परमादेश जो चाहिने आज्ञा, आदेश जारी गरी विपक्षी अन्तःशुल्क कार्यालय काठमाडौंले अन्तःशुल्क असूल उपर गर्न लेखेको पत्रहरू तथा काम कारवाही ऐन विपरीत हुँदा बदर गरी संचालन मितिदेखि पाँच वर्षको लागि अन्तःशुल्क नलाग्ने गरी हक संरक्षित गरिपाउँ र रिट निवेदनको किनारा नलागेसम्म अन्तःशुल्क नउठाउनु भन्ने विपक्षी अन्तःशुल्क कार्यालय काठमाडौंका नाउँमा अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत राजेश उपाध्यायको मिति ०४२।१।४ को रिट निवेदन जिकिर । ३. विपक्षीहरूबाट लिखिन जवाफ मगाउने र अन्तरिम आदेशको लागि छलफलको लागि महान्यायाधीवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको मिति ०४२।१।११ को आदेश । ४. यो रिट निवेदनको टुंगो नलागेसम्म निवेदकले जिकिर लिएको उद्योगको अन्तःशुल्क उठाउने कार्य नगर्नु भनी अन्तःशुल्क कार्यालय काठमाडौंका नाउँमा अन्तरिम आदेश जारी