निर्णय नं. २५३५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५३५ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/१०/२१ २५९८ निर्णय नं. २५३५ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. १६०१ विषय : उत्प्रेषण । निवेदक :मोरङ विराटनगर नगर पञ्चायत वार्ड नं.१३ बस्ने सैलेष कुमार अर्याल । विरुद्ध विपक्षी :महानिर्देशक कर विभाग लाजिम्पाट काठमाडौं । साना करदाता आयकर निर्धारण समिति मार्फत कर कार्यालय विराटनगर मोरङ । आदेश भएको मिति:२०४२।१०।२१।२ मा अंशबण्डापत्र पास भई अलग–अलग बसी आ–आफ्नो खति उपति व्यहोरी व्यवहार गरी बसेको अकाट्य प्रमाण पेश गर्दागर्दै सगोलमै बसेको मानी एकै इकाईको ठहराई कर कार्यालय विराटनगरले आयकर निर्धारण गरेको सदर गर्ने गरी कर विभागले गरेको निर्णय समेत कानुन विपरीत हुँदा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरि न्यौपाने विपक्षी तर्फबाट : विद्वान सरकारी का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः विपक्षीको ०४०।११।२५ को कर निर्धारण आदेश तथा ०४१।५।६ मा गर्नु भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कानुन बमोजिम अंश लिई छुट्टिएका म निवेदक र मेरो पत्नीको छुट्टा छुट्टै कर निर्धारण गर्नु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएको जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. यसमा निर्णयतर्फ बिचार गर्दा करदाताको मुख्य जिकिर पति पत्नीले छुट्टा छुट्टै आई विवरण पेश गरेकोमा कानुन बमोजिम छुट्टा छुट्टै रुपमा आयकर निर्धारण गर्नु पर्नेमा सो नगरी एकै ठाउँमा गाभी कर निर्धारण गरिदिएको भन्ने नै देखिन आयो । कर निर्धारण सम्बन्धी फाइलसाथ संलग्न कर निर्धारण सम्बन्धी कागजात अध्ययन गरी हेर्दा निवेदक करदाताले आय विवरणमा देखाउनु भएको र भाडा र पारिश्रमिक आय समेत जम्मा रु. १५,४८०।– सम्बन्धमा मिति ०४०।११।२५ मा बसेको साना करदाता आयकर निर्धारण समितिले निवेदक सैलेष अर्याल र श्रीमती निर्मला अर्याल पति पत्नी भएको र पति पत्नी बीच अंशबण्डा भई निजहरू छुट्टिएको भन्ने देखिई प्रमाण पेश भएको भए तापनि वास्तवमा निजहरू छुट्टा छुट्टै बसेको कुरा प्रमाणित नभएको हुँदा श्रीमान श्रीमती संयुक्त बहाल आयमा आयकर निर्धारण गर्ने ठहर गरी कर निर्धारण गरिदिएको देखिन आएकोले उक्त कर निर्धारणलाई वेरीतको भन्न मिलेन तसर्थ कर कार्यालय विराटनगरबाट भएको कर निर्धारण बदर गर्नु पर्ने ठहर्दैन भन्ने समेत व्यहोराको कर विभागका महानिर्देशकले गरेको पर्चा । ३. कानुनले अंश लिएर छुट्टै बसेका अवस्थामा दम्पत्ति नमानिने तथ्य प्रष्ट छ । मिति ०३६।३।२९ मा पारित बण्डापत्रले पत्नी निर्मला अर्याल र मेरा बीच अंश लिने दिने कुरा सम्पन्न भएको र सो लिखित पारित हुनुभन्दा अगाडिकै ०३३ साल मार्ग महिना देखि अलग रुपमा बस्दै आएको तथ्य पनि प्रमाणित छ । त्यसकारण दम्पत्ति मान्न नहुने स्थिति प्रष्ट भएकोमा प्रत्यर्थी नं.१ ले आफ्नो निर्णयमा एकातिर छुट्टिएको प्रमाण पेश भएको कुरा मान्नु हुन्छ भने अर्कातिर छुट्टा छुट्टै बसेको कुरा प्रमाणित नभएको कुरा ठहर गर्नु भएकोले उक्त आयकर ऐन, ०३१ को दफा २(त) को परिभाषाको विपरीत भएको प्रष्ट छ । छुट्टै बसेको भन्ने प्रमाणित नभएको भन्ने जुन निर्णयाधार अवलम्बन गर्नु भएको छ सो कुन प्रमाण वा तथ्यले स्थापित गरेको छ भन्न