निर्णय नं. २५३७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५३७ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/१०/०७ २४२६ निर्णय नं. २५३७ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको रिट नम्बर १५४८ विषय : उत्प्रेषण । निवेदक :जि.सुनसरी डुमाहा गा.पं.वा.नं.५ बस्ने फागु चौधरी । विरुद्ध विपक्षी :भूमि सुधार कार्यालय सुनसरी । जि.सुनसरी कप्तानगंज गा.पं. वा.नं.७ बस्ने राम परीक्षण साहू । आदेश भएको मिति :२०४२।१०।७।२ मा १ नं.लगत २ नं.अनुसूची र ४ नं.अनुसूची समेत प्राप्त गरी सकेको अन्तिम रुपमा रहेको अवस्थामा केवल उजूरीमा पञ्चायतको नाम र फिल्डबुकमा मोहीको नाम उल्लेख नहुँदैमा त्यस्तो मोहीलाई मोही होइन भन्न न्यायसंगत नहुँदा विपक्षीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ : २. विपक्षीका नाउँमा दर्तारहेको साविक कि.नं.२८३ को ज.वि.२–५–० जग्गा जोतआवाद गर्दै आउँदा भू.सु. कार्यक्रम लागू हुँदा मोहियानीको १ नं.भरी २ नं.प्रकाशित भई ४ नं.जो.अ.नि.समेत प्राप्त गरी भोग गर्दै आएको नापीमा अनुपस्थित हुँदा फिल्डबुकमा सही छुट हुनगएकोले नापीमा सोजग्गा कि.नं.१७५ मा ज.वि. १–१३–१० कायम भई जग्गा नरघटी हुन गएपनि हकप्राप्त मोही भएकोले सालबसाली जोती बाली बाड फाँड गरी बुझाई आएकोले गा.पं.को सिफारिश साथ राखी मोहियानी हकको स्थायी प्रमाणपत्र पाउँ भन्ने मेरो निवेदन विपक्षी कार्यालयमा पर्दा वादीले दावी लिएको जग्गा कुन पञ्चायत अन्तर्गत पर्दछ खोलिएको छैन हक प्राप्त मोही हुनलाई मु.ऐनको दफा ३४(१)(३) को प्रकृया पूरा हुन पर्ने भएको सो भएको छैन । विपक्षीले मेरो जग्गा कमाएको छैन, स्थानीय गा.पं.लाई मिलोमतोमा राखी सिफारिश लिएको वादी दावी सम्पूर्ण झुठ्ठा हो भन्ने प्रतिउत्तर परेको थियो वादीले दावी लिएको जग्गाको गाउँ पञ्चायत नै उल्लेख गरेको नदेखिएको हुँदा यस्तो अनियमित हचुवा ढङ्गबाट दिएको वादीबाट मोही कायम गर्न नमिल्ने हुँदा तामेलीमा राखी दिने भन्ने विपक्षी कार्यालयको निर्णय निम्न लेखिएबमोजिमको गैरकानुनी छ भनी उल्लेख गरेको छु । ३. जिकिरः मैले विपक्षी कार्यालयमा निवेदन दिंदा नै विवादित जग्गा साविकदेखि जोतकमोद गर्दैआएको र भू.सं. ऐन लागू भएपछि १ नं.२ नं.र ४ नं.जो.अ.नि.समेत प्राप्त गरी ऐ.ऐनको दफा २५(१) बमोजिम मोही भएको कुरा यथार्थरुपमा वर्णन गरेको थियो साथै उक्तजग्गा कमाएको भन्ने कुरा पञ्चायतको सिफारिश समेतबाट प्रष्ट हुनआएको छ जसको उचित मूल्याङ्कन विपक्षी कार्यालयबाट भएकोछैन । पञ्चायतमा समेत मैले दिएको पूरक निवेदनमा प्रष्ट खुलाएको छु। कदाचित विपक्षी कार्यालयले नमानेको खण्डमा पनि मलाई अ.बं.१३३ नं.बमोजिम सोकागज सुनाउनुपर्ने सो सुनाएको छैन । विपक्षीको जग्गा साविकबमोजिम २०४१ सालमा पनि कमाई आएको नै छु । विपक्षी कार्यालयले ०४१।२।१५ मा गर्नु भएको निर्णय उपर रिट निवेदन दिंदा मलाई ब्रोङकाईटिस् बिरामी परी डाक्टरी राय अनुसार डेढ महिना पूर्णरुपले आराम गर्नुपर्ने भएको हुँदा रिट निवेदन वारेसबाट दर्ता गराएको छु साथै यस वर्षको बालीसमेत म निवेदकबाट लगाएको हुँदा अनुचित विलम्बको प्रश्न आकर्षित हुने होइन