निर्णय नं. २५४० - जर्वजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५४० - जर्वजस्ती करणी भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/११/०५ २९१४ निर्णय नं. २५४० ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ५२० मुद्दा : जर्वजस्ती करणी । निवेदक/प्रतिवादी:जि.कपिलवस्तु सिद्धिपुर गा.पं.वडा नं.४ जितपुर बस्ने सागर प्रसाद श्रेष्ठ । ऐ.ऐ वडा नं.२ हरिपुर बस्ने रेशम बम मल्ल । ऐ.ऐ बस्ने गणेश उपाध्याय । ऐ.ऐ बस्ने वडा नं.४ दुगाह बस्ने कृष्ण बम मल्ल । ऐ.ऐ बुची बस्ने दिपन्द्र मल्ल । विरुद्ध विपक्षी/वादी:पूर्ण कुमारी राना मगर्नीको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।११।५ मा प्रतिवादीहरूको डाक्टरी जाँच गर्दा निजहरूमा कुनै प्रमाणिक चिहृन नपाइएको भन्ने प्रतिवेदन भएकोबाट जाहेरी बमोजिम जबरजस्ती करणी गरेको ठहर गर्न सबूद प्रमाणको आधारमा मिल्ने नदेखिने । (प्रकरण नं. २५) पुनरावेदक, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी, वादीतर्फबाट:विद्वान सरकारी का.मु.सह–न्यायाधीवक्ता श्री राजेन्द्रराज पन्त फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ । २. ०३६।४।७ को रात प्रहरी गस्ती गर्दै जाँदा तौलिहवा बजार स्थित गुल्मेली होटल माथिल्लो तल्लामा गुहार गुहार भनी रोएको शब्द सुनी सो होटेलमा १४ वर्षकी केटी अस्त व्यस्त स्थितिमा ७ जना मानिसहरू नजिकै रहेको सो केटीलाई सोध्दा मलाई यिनीहरूले जबरजस्ती भुई तल्ला देखि माथिल्लो तल्ला बोकी ल्याई जबरजस्ती करणी गरेका हुन् भन्ने कुरा तत्कालै बताएकी हुँदा उक्त मानिसहरूलाई पक्राउ गरी दाखिल गरेको छु भन्ने समेत व्यहोराको ०३६।४।८।३ को प्रहरी मा.नि.मोहन सिं आलेको प्रतिवेदन । ३. म कोठामा सुतेको अवस्थामा ७ जना व्यक्तिहरू माथिल्लो तल्लामा सुत्न गएका थिए तिनीहरू मध्ये १ जना राती ११ बजेतिर मलाई जबरजस्ती तल्लो कोठाबाट माथिल्लो कोठामा लगी कसैले हात कसैले खुट्टा समेत समाई पालैपालोसँग मेरो इच्छा विरुद्ध जबरजस्ती करणी गर्दा त्यस्तो व्यक्तिले करणी गर्दाको अवस्थामा म आत्तिई चिच्चाई गुहार गर्दा प्रहरी पुगी जबरजस्ती गर्ने सातै जवानलाई पक्राउ गरी ल्याएकोले मलाई जबरजस्ती करणी गरेकाले निजहरूलाई कानुन बमोजिम कारवाही भई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णकुमारी राना मगर्नीको जाहेरी दर्खास्त । ४. पूर्णकुमारी राना मगर्नीको र सागरप्रसाद श्रेष्ठ, रेशमबम मल्ल, कृष्णबम मल्ल, दिपेन्द्र मल्ल, गणेश शर्मा, केशवराज अर्याल, दुर्गा सेन, समेतको गुप्ताड्ड जाँच भएको पि.बीर अस्पताल तौलिहवाको ०३६।४।८ को जाँच गरेको प्रतिवेदन । ५. २०३६।४।७ गते राती निदाएको अवस्था ढोका घचघच्याएको हेर्दा प्रहरीहरू रहेछन। निज प्रहरीहरू भित्र पसी माथिल्लो तल्लामा गई मैले गाउँ नाउँ नजानेका सातजना र पूर्णमाया समेतलाई लिई मलाई समेत हिंड भनेकोले म समेत प्रहरीकासाथ लागि आएको हुँ भन्ने पदमबहादुर ठकुरीले गरेको प्रहरीको बयान । ६. अन्दाजी २ बजे निन्द्राबाट बिउँझी पूर्णकुमारीको कोठामा हेर्दा निजलाई नदेखी माथिल्लो तल्लाबाट रोइरहेको आवाज सुनी ढोका खोली दिएँ प्रहरीहरू माथि कोठामा म समेत गई हेर्दा सातजना पाहुना जागै थिए र