निर्णय नं. १२३५ - बाली समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२३५ - बाली समेत भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०२/०४ २००९ निर्णय नं. १२३५ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् ०३४ सालको दे.पु.नम्बर १३४ फैसला भएको मिति : २०३५।२।४।६ मा वादी : ल.पु.जि. न.पं. वडा नं. १६ बस्ने तुलसीमाया रञ्जितकार समेत विरूद्ध विपक्षी : ल.पु.जि. न.पं.वार्ड नं. १२ टेंगल टोल बस्ने ईन्द्रमान रञ्जितकार समेत मुद्दा : बाली समेत (१) दानदातव्यको ५ नं. बमोजिम २१ वर्षभित्र आफ्नो हक कायम नगराएको हुनाले अपुतालीको ऐन बमोजिम वादी दावीको जग्गा वादीहरूको हक हुने देखिएकोले २ सालको दानपत्र बमोजिमको गुठी कार्य वादीहरूले नै चलाउनु पर्ने गरी वादीले बाली बिगो भरी पाउने ठहर्ने । (प्रकरण नं. १३) वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कुलराज फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ उपर सर्वोच्च अदालतमा निवेदन दिएकोमा पुनरावेदनको अनुमित प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छन् : २. २०२९ सालको कूत धान तिर्थमान रञ्जितकारलाई बुझाइसकेकोले दोहोरो बाली तिर्न सक्तिन भनी भनेकोले प्रचलित बजारमा चल्ने भाउ रू.७०। का दरले हुने रू.१७७।६० प्र.सिद्धिलालबाट भराई पाउँ भन्ने समेत वादी । ३. वादीको जग्गामा मोही भई कमाई आएकोहुँ श्राद्ध गुठीको जग्गा हुनाले ल.पु.टेंगल टोल बस्ने थकाली ईन्द्रमानलाई २०२९ सालको बाली बुझाई भरपाइसमेत लिएको छु भन्नेसमेत सिद्धीलालको प्रतिउत्तर । ४. म समेत ५ जना गुठियारलाई आलोपालोसँग भोज गर्ने, गुठी चलाउने जग्गा हुनाले हामीले माग गरेको हो । वादी दावीको जग्गा श्राद्ध गुठीको हो भन्ने समेत ईन्द्रमान रञ्जितकारको बयान । ५. म्यादभित्र दाखिला दर्ता नगराएपछि त्यस्तो लिखतको मान्यता हुँदैन । अपुतालीको ऐन बमोजिम हाम्रो हक हुन आएकोले उक्त जग्गा हाम्रो कायम गरिपाउँ भन्ने समेत वादीको बयान । ६. हक नपुग्ने गुठी जग्गाको बाली भराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन खारेज हुने ठहर्छ भन्ने समेत शुरू ल.पु.जि. अ.को ०३०।१०।१८।५ को फैसला । ७. उक्त ल.पु.जि. अ.को फैसला उपर इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन । ८. दानबकसको ५ नं. ले लिखत गरिदिने व्यक्ति मरिसकेपछि उक्त ऐनको म्यादभित्र भोग गरेको सबूद प्रतिवादीहरूबाट पेश गरेको नदेखिँदा नाप जाँच ऐन, ०१६ र संशोधन ऐन, ०२४ को म्याद समेत भुक्तान भइसकेकोले प्रतिवादीहरूको जग्गामा स्वामित्व ठहराई गरेको शुरूको इन्साफ गल्ती र वादी दावी बमोजिम प्र.बाट बालीको बिगो भरी पाउने ठहराई भएको बागमती अञ्चल अदालतको २०३२।१।२६।६ को फैसला । ९. उक्त बा.अं.अदालतको उक्त फैसला उपर कानूनी त्रुटिमा पुनरावेदन दिने अनुमति पाउँ भन्ने समेत प्र.सिद्धिलाल समेतको निवेदनमा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको रहेछ । १०. वादी दावीको जग्गा श्राद्ध गुठीको हुँदा हामीले बाली लिएका हौं भन्ने समेत ईन्द्रमानको बयान भएको अपुतालीबाट सो वादी दावीको जग्गा वादीहरूलाई प्राप्त भएको भए तत्काल प्रचलित ऐन अनुसार मानकृष्ण मरेपछि मरेको मितिले ३५ दिनभित्र वादीहरूले दर्ता गराई दानबकसको ५ नं. अनुसार २ वर्ष भित्र तिरो भोगचलन गरेको पनि देखिन आएन । प्र.हरूको दर्ता उपर दर्ता बदर गराई पाउँ भन्ने उजूर परेको पनि नदेखिएको र ०२२ सालमा रैकरमा परिणत भएको दर्तामा गुठी जन