निर्णय नं. २५४१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५४१ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/०८/१२ २३३९ निर्णय नं. २५४१ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १३४४ विषय : उत्प्रेषण । निवेदक :रुपन्देही लुम्बिनी आदर्श गा.पं.वार्ड नं.३ बस्ने दिवाकर दत्त पाण्डे । विरुद्ध विपक्षी :श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय सिंहदरवार काठमाडौं। श्री ५ को सरकार,वन तथा भू संरक्षण मन्त्रालय,काठमाडौं । सचिव,वन तथा भू संरक्षण मन्त्रालय,काठमाडौं । आदेश भएको मिति:२०४२।८।१२।४ मा पर्चामा निवेदक माथि लगाइएको आरोपको सम्बन्धमा कुनै कारण तथा आधार समेतको उल्लेख नगरी रिट निवेदकलाई नि.से.नि., २०२१ को नियम १०.६(५) बमोजिमको कसूर गरेको आरोपमा सोही नियमावलीको नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीबाट हटाउने गरेको श्री ५ को सरकार (मं.प.) को मिति ०४०।१२।१० को निर्णय र सो उपर पुनरावेदन सुनी मिति ०४१।३।१२ को श्री ५ को सरकार (मं.प.) को पुनरावेदन निर्णय तथा यो सम्बन्धी सम्पूर्ण काम कारवाही त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५) निवेदक, तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी, तर्फबाट :विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छन् । २. निवेदकले भारत देहरादुन स्थित इण्डीयन फरेष्ट कलेजबाट ए.आई.यफ.सोको तालिम प्राप्त गरी ०२९।६।१६ मा बर्दिया प्रधान वन कार्यालय अन्तर्गतका वीरपुर वन कार्यालयको वन संरक्षण अधिकृत पदमा नियुक्ति भई विभिन्न कार्यालय तथा वन विकास योजनामा काम गरी अनुभव प्राप्त गरेको आधारमा समेत रा.प.तृतिय श्रेणी (प्राविधिक) बाट रा.प.द्वितिय श्रेणी डि.एफ.ओ.पदमा बढुवा भई वन विभाग अन्तर्गतको सुर्खेत जि.वन कार्यालयको जिल्ला वन नियन्त्रक पदमा रही देश र राजाप्रति पूर्ण इमान्दारी र लगनशिलताको साथ श्री ५ को सरकारको नीति निर्देशन अनुरुप देश नरेश तथा व्यवस्थाको भलो चिताई ११ वर्षदेखि नै सेवारत रहेकोमा बीचमा श्री ५ को सरकार वन तथा भू.संरक्षण मन्त्रालयको च.नं.१११७७ मिति ०४०।१२।२४ को सूचनाबाट श्री ५ को सरकार मन्त्री परिषदको मिति ०४०।१२।२० को निर्णयानुसार तपाइलाई नि.से.ऐन, २०१३ को दफा ६(१)(ख) बमोजिम पर्चा खडा गरी नि.से.नि.२०२१ को नियम १०(६)(५) का अभियोगमा सोही नियमावलीको नियम १०.१(५) अनुसार नेपाल वन सेवा जनरल फरेष्ट्रि समूहको राजपत्रांकित द्वितिय श्रेणीको (प्राविधिक) जिल्ला वन नियन्त्रक पदबाट भविष्यमा सरकारी नोकरीका लागि अयोग्य नठहरिने गरी सरकारी सेवाबाट हटाइएको हुँदा सूचना गरेको छु भन्ने पत्र एक्कासी प्राप्त भई के कस्तो कारण र आधारमा त्यस्तो आरोप लगाई सजायँ गरिएको हो सो कुनै कुरा सूचना पत्रमा उल्लेख भएको नहुँदा अनभिज्ञ भई उक्त ०४०।१२।२० को निर्णय पर्चाको नक्कलको लागि श्री ५ को सरकार वन तथा भू.संरक्षण मन्त्रालय समक्ष निवेदन दिई सम्पर्क राख्दा समेत नदिएकोले पुनरावेदन सुन्ने अधिकारी समक्ष पुनरावेदन गर्दा श्री ५ को सरकारले तपाइलाई सेवाबाट हटाएको निर्णय बदर गरिपाउँ भनी चित्त नबुझी यस मन्त्रालय मार्फत पेश गर्नु भएको पुनरावेदनमा श्री ५ को सरकार मध्यमाञ्चल क्षेत्रियको मिति ०४१।३।१२ को निर्णयानुसार अस्वीकृत