निर्णय नं. २५४२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५४२ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/१०/०२ २३५० निर्णय नं. २५४२ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. २२७० विषय : उत्प्रेषण । निवेदक :काठमाडौं नगर पंचायतवार्ड नं.२४ महाबौद्ध वटु चिकंअत बस्ने रामभक्त श्रेष्ठ । विरुद्ध विपक्षी :मालपोत कार्यालय काठमाडौं । काठमाडौं नगर पञ्चायत वार्ड नं. घर भै होटल म्यानेजर काम गर्ने डोल राज कुवंर भन्ने प्रल्हाद राज कुंवर । आदेश भएको मिति:२०४२।१०।२।४ मा १४ महिना अघि परेको निवेदन बमोजिम जग्गा दर्ता नगरी पछि परेको निवेदनबाट जग्गा रैकरमा परिणत गरेको मालपोत कार्यालय काठमाडौंको निर्णय प्रतिपादित सिद्धान्त विपरीत देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री नुतन थपलिया उल्लिखित मुद्दा :निवेदक ठूलो कान्छा पुरी, प्रत्यर्थी मालपोत कार्यालय काठमाडौं समेत भएको रि.नं. १८४९ को उत्प्रेषण मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट ०३९।९।२५।१ मा सिद्धान्त प्रतिपादित । आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छन् । २. साङ्ला मौजाका केलपोता लगत सा.१०८ कुल बहादुर समेतका नाउँमा १०२ नं. मा दर्ता भएको साइला ८ रोपनी मध्ये ६ रोपनीको दर्ता हकदारहरूले गराई लगेको बाँकी रोपनीको साविक का.केल ४५१ बाट भिड्ने भू.सु.नापीबाट का.जि.साङ्ला गा.पं.वार्ड नं.९(घ) कि.नं.१३२ बाट क्षेत्रफल २–९–१ जग्गा नापी भई मेरो नाउँमा दर्ता हुनसम्म बाँकी रहेकोले उक्त जग्गा मैले आफ्नो नाउँमा रै.प.दर्ता गर्न ०३९।१२।३ समेतका मितिहरूमा विपक्षी मालपोत कार्यालयमा निवेदन दिएकोमा फिल्डबूकबाट देखिएको मोही विपक्षी डोलराज कुंवरलाई ७ दिने म्याद जारी गर्दा डोलराज कुंवर भन्ने प्रल्हाद कुंवर भन्ने व्यक्तिले विर्ता उन्मूलन ऐन, २०१६ को दफा ७(४) संशोधनसहितको १२० दिनको म्यादभित्र जग्गावालाले रै.प.नगरेमा रैकरमा परिणत भई मोहीकै नाउँमा जग्गा दर्ता हुने हुँदा उक्त जग्गा मेरा नाउँमा रै.प.गरी जग्गा दर्ता गरी पाउँ भनी प्रतिउत्तर सरहको निवेदन ०४१।१०।२१ मा दिएकोमा विपक्षी मालपोत कार्यालयले मिति ०४२।१।९ मा रामभक्तले दावा गरेको जग्गा विर्ता नदेखिएको म्यादभित्र रै.प.गरेका नदेखिएकोले ऐ.ऐनको ७(४) बमोजिम मोहीको नाउँमा रै.प.दर्ता गरिदिने भनी गरेको उक्त आदेशमा न्यायिक मनको अप्रयोग र न्यायिक मनको अभाव भएको कुरा निम्न कुरा समेतबाट देखिन्छ । ३. प्रथमतः विपक्षी डोलराजले ज.ध.ले रै.प.गर्न निवेदन दिनु अघि उक्त जग्गा आफ्ना नाउँमा दर्ता गराउन निवेदन नदिएको कुरालाई ध्यानै नदिई ०३९ सालको रि.नं.१८४९ को उत्प्रेषण मुद्दामा ०३९।९।२५ मा भएको सिद्धान्त विपरीत विपक्षी डोलराजको नाउँमा रैकरमा परिणत गरी दर्ता गरिदिने गरेको निर्णय त्रुटिपूर्ण छ । वादी भई दावी लिई नआई विपक्षी मालपोत कार्यालयले बुझ्न आदेश गरेपछि मात्र उपस्थित हुने विपक्षी डोलराजका नाउँमा दर्ता गरिदिने गरी भएको आदेश कानुन र वादी दावीमा सिमित भई इन्साफ गर्न पर्ने भन्ने सिद्धान्त समेत विपरीत छ । आदेशबाट विवादको निरोपण गर्न मिल्दैन । वादी र प्रतिवादी नछुटाई फैसला वा निर्णयको ढांचा विपरीत हुने गरी गरेको उक्त आदेश निर्णय मिलेको छैन । साथै