निर्णय नं. १२३६ - अपुताली जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२३६ - अपुताली जग्गा दर्ता भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०१/२६ २०९९ निर्णय नं. १२३६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३३ सालको दे.पु.नं. १०७ फैसला भएको मिति : २०३६।१।२६ मा पुनरावेदक : देउखुरी जिल्ला गङ्गगरी गाउँ पञ्चायत वडा नं. ८ बस्ने धनकुमारी बस्नेत विरूद्ध विपक्षी : दाङ्ग जिल्ला फूलबारी गा.पं.वार्ड नं. ३ मजघटुवा बस्ने जीतबहादुर बस्नेत मुद्दा : अपुताली जग्गा दर्ता (१) तत्कालिन अपुतालीको ३ नं. मा छोरीज्वाइँले स्याहार सम्भार गरी पालेको रहेछ भने अपुताली अचलमा आधा पाउने र हक पुग्ने हकवालामा लोग्ने स्वास्नी छोरा वा छोरीको छोरा नभएमा सवै अपुतालीको छोरीज्वाइँले खान पाउने मिल्ने भएको, हकवालाले पाउँदैन भन्ने देखिन्छ, लोग्ने स्वास्नी छोरा वा छोरीका छोरा कोही नभएको नदेखिएको भिन्न भएका हकवालाको हकमा उपयुक्त ऐनले पाउने नदेखिएकोले संग बसी स्याहार सम्भार गर्ने छोरी वादी देखिन आएकोले वादी दावीको जग्गामा अपुतालीको ३ नं. ले छोरीको एकलौटी हक पुग्ने देखिन आउने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. त्रैलोक्यराज अर्याल : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३३।५।४।६ मा भएको इन्साफमा चित्त बुझेन भनी धनकुमारी बस्नेतले सर्वोच्च अदालतमा चढाएको निवेदनमा पुनरावेदन गर्न अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यस प्रकार छ : हाम्रा पिता चित्तलाल बस्नेतको दे.मोठुवा जग्गा बिगाहा ९–८ को जिम्मेवारी दर्ता भएको निजका छोरा नभई हामी २ बहिनी छोरी मात्र भएको १० सालमा पिता परलोक हुँदा आमाले अर्को लोग्ने राखी बाबुकै घरमा बस्नु भएको एकाघर सगोलका छोरी हामी भई अपुताली जग्गा हामी छोरीको नाउँमा सारिपाउँ भनी ०२१।९।४ मा मालमा दरखास्त परेको जितलाल मेरो भाइ हुँदा छोरीहरूको नाउँमा दर्ता हुन नसक्ने भन्ने जितबहादुरको दरखास्त परेकोमा जग्गा हामी छोरीले पाउने गरी मालबाट फैसला भएको सर्वोच्च अदालतमा पुग्दा हक बेहकमा अदालतमा जानु भनी सुनाई दिनुपर्ने सो नगरी हक बेहक गरेको फैसला बदर ठहर्छ भनी फैसला भएकोले ३५ दिनभित्र अपुताली जग्गा दर्ता गराउन अदालतमा आई माग गरेका छौं, पिताका एकाघर सगोलमा बसी सेवा चाकरी गरेकोले हामीहरूको हक पुग्ने भई हामी २ बहिनीका नाउँमा आधि–आधि जग्गा दर्ता गरिपाउँ भन्ने समेतको ०३०।१२।८।४ को धनकुमारी मेघकुमारीको फिराद । ३. बाबु तिलकरामका छोरा म र विपक्षीका दाजु जितलाल बाबुकै पालादेखि एकाघरमा बसेका बाबु परलोक भएपछि बाबुका आर्जनको गोठुवाको जिमिदारी तिलकरामको नामबाट ९४ सालमा जितलालका नाउँमा बहाली पूर्जी भएको पितापुर्खाका पालाको अचल सम्पत्ति म सगोलको हकवाला भएसम्म विवाह भइसकेकी छोरी वादीले नपाउने हुँदा दावी झुठ्ठा हो भन्ने समेत ०३१।२।३ को जितबहादुरको प्रतिवादी । ४. वादीहरू विवाह भइसकेको भन्ने भए पनि जितलालका एकाघरमा बसेकी भन्ने हुँदा अपुतालीका ३ नं. ले बाबुसँग एकासगोलमा बसी आएका छोरीहरूले वादी दावीको जग्गा पाउने ठहर्छ भन्ने दा.दे.जि. अ.को ०३१।६।१८।६ को फैसला । ५. अपुतालीमा मेरो हक छुटाई दा.दे.जि. अ.ले गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत जितबहादुरको ०३१।९।१८ को पुनरावेदन । ६. वादीहरूको विवाह भइसकेको भन्ने देखिएको र प्रतिवादी ३ पुस्ता सम्मका हकवाला होइ