निर्णय नं. २५४३ - सन्धिसर्पन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५४३ - सन्धिसर्पन भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/१०/०२ २५२८ निर्णय नं. २५४३ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजालश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको दे.पु.नं.५१० मुद्दा : सन्धिसर्पन । पुनरावेदक/प्रतिवादी: कर्णाली अञ्चल जुम्ला देपाल गाउँ पञ्चायत वार्ड.नं.२ देपाल गा. बस्ने खड्ग बहादुर महत क्षेत्री । विरुद्ध विपक्षी/वादी:ऐ. फोछे गाउँ बस्ने लक्ष्मी चन्द्र धिताल । फैसला भएको मिति:२०४२।१०।२।४ मा तिब्रीकोट माल कार्यालयले गरेको निर्णय उपर प्र.जि.अ.लाई पुनरावेदन सुन्ने अधिकार भएकोमा कर्णाली अञ्चलाधिश कार्यालयले पुनरावेदन सुनी पुनः सो अञ्चलाधिश कार्यालयले गरेको निर्णय उपरको पुनरावेदन सुनी म.पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ त्रुटिपूर्ण देखिँदा कर्णाली अञ्चलाधिशको कार्यालयको फैसला र सोही फैसलालाई मनासिव ठहराएको म.प.क्षे अ.को दुवै फैसला बदर हुने । (प्रकरण नं. १८) फैसला न्या.बब्बरप्रसाद सिंहः मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४०।१२।१२ को फैसला उपर चित्त नबुझी प्रतिवादी खड्गबहादुर महत क्षेत्रीको पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश भई आएको प्रस्तुत सन्धिसर्पन मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. वनपाला सनदभित्रका गौचरन नुन थलो गोठ राखी दाउरा घाँस गरी आएको झार ज्वाला गा.पं. कुम्डीझुन्ता तालुकको सनद चारकिल्ला भित्रको खोर भन्ने पर्ति जंगल दिपायल मौजामा दर्ता गरिपाउँ भनी हाम्रो छाक बास उठाउने उद्देश्यले लगत दिई दर्ता भई तिब्रीकोट मालमा छ लगतकट्टा गरिदिनु भनी तिब्रीकोट मालको नाउँमा हु.प्र.गरिपाउँ भन्ने लक्ष्मीचन्द्र धिताल समेतको श्री ५ महाराजाधिराजमा चढाएको बिन्तीपत्रमा आदेशानुसार गर्नु हुन भनी भू.सु. मन्त्रालयको पत्र, आदेशानुसार गर्नु हुन भन्ने अ.म.मा.वि.को ०३२।१२।३० को पत्र । ३. सन्धि गौचरण थपलकोट खोरास्वाँरा बारी भन्ने जग्गा २०२७ सालमा बेगल गाउँमा दर्ता भएको हामीलाई थाहा भएन ०३२ सालमा थाहा भएकोले उजूर गरेका छौं । हाम्रो सन्धि गौचरन घाँस दाउरा गर्ने जग्गा वनलाई चोरी दर्ता गराएमा नक्शा सरजमीन गरी सो जग्गाको लगत कट्टा गरी साविक गौचरन कायम गरी गाउँ भन्ने जवान ३३ को वा. भई आफ्नो हकमा समेत पुर्पक्ष गर्ने लक्ष्मीचन्द्र धिताल र जवान २९ को वा. भई आफ्नो हकमा समेत पुर्पक्ष गर्ने मु.नरबहादुर भण्डारी समेतको उजूरी बयान । ४. उजूरीको खोरस्वारा भन्ने जग्गा बाबु बाजेका पालादेखि भोगचलन गरी आएका दर्ता गरिपाउँ भन्ने तालुकदार जनकबहादुरले जुम्ला मालमा दर्खास्त दिई दर्खास्त तिब्रीकोट मालमा बुझाई तिब्रीकोट मालबाट डोर गई २०२६ सालमा मेरो नाउँमा दर्ता भएको छ जंगल छैन दर्ता भएको कुरा सबैलाई थाहा छ कुलो पानीका मुद्दाका इविले झुठ्ठा उजूर गरेको भन्ने खड्गबहादुरको प्रतिवाद बयान । ५. मानबहादुरको दर्ता जग्गा गोपाल आचार्यले राजीनामा गरिदिनु भएको भन्ने गंगारामको बयान । ६. मानबहादुरको नाउँमा दर्ता भएको जग्गा रु.१२००।– मा राजीनामा रजिष्ट्रेशन भई बाली लगाएको छु भन्ने गोपालप्रसाद आचार्यको बयान । ७. गोपालप्रसादको भागमा हुँदा सत्यदेवीको नाउँमा दर्ता भोग उजूरी झुठ्ठा हो भन्ने समेत मानबहादुरको बयान । ८. मानबहादुर सत्यदेवी दर्ताको थापाकोटको जग्गा उजूरवालाको सन्धि देखिन आउँछ। दर्तै नहुने जग्गा दर्ता गराएको देखिँदा लगत कट्टा गरी पर्ति कायम राख्ने र खड्गबहादु