निर्णय नं. २५४४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५४४ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/१०/१४ २२५२ निर्णय नं. २५४४ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं.१३८९ विषय : उत्प्रेषण । निवेदक :जि.बर्दिया बनियामार गा.पं.वार्ड नं.७ बस्ने तमूराम थारु । विरुद्ध विपक्षी :भू.सु.का.बर्दिया । आदेश भएको मिति:२०४२।१०।१४।२ मा भू.प्र.का.मा दिएको निवेदनबाट मुचुल्का समेत गरी ३५ दिने म्याद सूचना तामेल गरेपछि नामसारी हुने नहुने सम्बन्धमा निर्णय गर्नु पर्नेमा त्यसतर्फ केही नबोली जग्गा जफत हुने भनी गरेको भू.सु.का.को ०३१।६।२० को निर्णय पर्चा कानुन अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस र विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको रिट निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छन् । २. बर्दिया जिल्लामा भू.सु. लागू भएपछि हदबन्दी भन्दा बढी जग्गा भएका जग्गाधनी विष्णुहरी उपाध्यायको नाउँको जग्गा जफत गरी ०२३ सालमा म निवेदकको बाजे कन्है थारु काका माधवप्रसाद थारु निज माधवको छोरा मेरो दाजु नाता पर्ने मामै थारु र मेरो बाबु बुद्यना भन्ने भोलाराम थारु सुकुम्बासी भएकोले तत्कालीन भू.प्र.का. बर्दियाबाट कन्हैले वानियामार गा.पं.वार्ड नं.७क. को कि.नं.४०, ४६, ५० र ५८ को ३–९–५ माधवले ऐ. गा.पं.वार्ड नं.६ को कि.नं.१७५ र वार्ड नं. ७ क. कि.नं.११६, ११८ को २–१९–० सो मैले, ऐ. गा पं वार्ड नं.७(क) कि.नं.११७ को ४–०–० र मेरो बाबु भोलेरामले पनि ४–०–० जग्गा प्राप्त गरी बुझाउनु पर्ने किस्ता चुक्ता गरी सालसालैको मालपोत बुझाउँदै भोग गरी आएकोमा कन्है माधव तथा सोमै ०२९ सालमा परलोक भई अरु कोही नहुँदा नाउँसारी गरिपाउँ भनी निवेदन गरी बयान समेत गर्नु भएको र सोमैको नाउँको जग्गा जफत गरी हाम्रो नाउँमा नाउँसारी गरिपाउँ भन्ने शोमकान्त लम्साल, प्यारेलाल थारु र चिन्कु थारुको भू.प्र.का.मा छुट्टा छुट्टै निवेदन पर्दा भु.सं.ऐन, ०२१ को दफा ८ बमोजिम मोहीले राख्न पाउने हदसम्मको ४–०–० जग्गा विपक्षीले वि.वि.बाट प्राप्त गरी सकेको परलोक हुनेहरूको हकवाला भएको भए हक दावी गर्नु पर्नेमा सो भए गरेको नदेखिँदा १०–८–५ जग्गा विपक्षीलाई जोतकोड गर्न दिनु कार्यक्रमको दृष्टिकोणले औचित्यपुर्ण नहुँदा जफत गर्नु पर्ने ठहर्छ, भन्ने मुख्य आधार दर्शाई निर्णय पर्चा गरियो । पर्चा हुँदा म नाबालख हुँदा थाहा भएन ०४१।५।२७ मा नक्कल लिई थाहा भयो । ३. हकवालामा विवाद नभएको अवस्थामा परलोक हुने कन्है समेतले प्राप्त गरेको जग्गामा के कति कारणले बाबा भोलेराम थारुका नाममा नामसारी नहुने हो उक्त पर्चामा उल्लेख छैन । नामसारी गरिपाउँ भन्ने माग दावीमा कुनै निर्णय नै नगरी आधार नदेखाई गरिएको निर्णय ज.प.को २ नं. को साथै ने.का.प.२०३९ नि.नं.१५९७ पृष्ठ १६ को विपरीत भई त्रुटिपूर्ण छ । पर्चामा एकातिर भोलेराम थारु बाहेक अरु कोही हकवाला नभएको स्वीकार गरिएको छ भने परलोक हुनेहरूको हकवाला भए दावी गर्नु भन्ने निर्णय पर्चामा उल्लेख गरी आफैंमा विरोधाभाष भई त्रुटिपूर्ण छ । उक्त जग्गा मोहीको हैसियतले प्राप्त गरेको नभई भूमिहीन (सुकुम्वासी) भएको ले भू.सं.ऐन को दफा २(क) बमोज