निर्णय नं. २५४५ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५४५ - ज्यान भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/११/१६ २५४६ निर्णय नं. २५४५ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको फौ.पु.नं.५८२ मुद्दा : ज्यान । पुनरावेदक/वादी:बाग्लुङ जिल्ला सर्कुवा गा.पं.को पत्रले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:बाग्लुङ,जिल्ला सर्कुवा गा.पं.वार्ड.नं.८ विनासारे बस्ने लक्ष्मीदत्त उपाध्याय । ऐ. माझा रुम्टा बस्ने पूर्णकला पाध्यनी । फैसला भएको मिति :२०४२।११।१६।५ मा अभियुक्तहरूको अदालतको बयान समेतबाट अपराध भएको कुरालाई प्रमाणद्वारा सिद्ध हुन आएको कुरालाई पन्छाई अभियुक्तहरूको अदालतको बयानलाई प्रमाण नलगाई क्षेत्रीय अदालतले निर्णयमा पुग्ने जुन प्रयास यस मुद्दामा गरेको छ, त्यसलाई प्रमाणको मूल्याङ्कन गर्ने सही तरीका हो भन्न नसकिने । (प्रकरण नं. २३) वादी तर्फबाट:विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्मा विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन तथा मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् : पूर्णकला र लक्ष्मीदत्त पाध्या बीच अनुचित सम्पर्क रहेछ ०३८।३।३ गते पूर्णकला सुत्केरी भएको थाहा भई लक्ष्मीदत्त समेतलाई जोडी सोधपूछ गर्दा पूर्णकलाले मरेकोबच्चा जन्मेकोछ लगी थन्काउनु पर्‍यो भनेकीले दैलामुनी खाडलखनी गाडी दिएको हुँ भनी लक्ष्मीदत्तले भनेकाले निज जना दुई उपर शंका गरी समाजले मौखिक उजूर गरेकोले अनुसन्धान गरिदिनु हुन जानकारी गराएको छु भन्ने समेत व्यहोराको सर्कुवा गा.पं.को जानकारी पत्र । २. ०३७।१०।९ गते रजस्वला भएको थियो त्यसको ५ दिन हुँदा लोग्ने मद्रासबाट घर आई सोही रातीदेखि सम्भोग हुँदै आएको सोही समयबाट गर्भ रहन गएछ । ५ महिना पछि मुटु खाने बिमारले ०३८।३।३ बिहान ९ बजे बच्चा पैदा भयो । छोरा घाँस काट्न गएको थियो । लक्ष्मीदत्त घाँस काट्न हिंडेका रहेछन बोलाई खाल्टो खन्न लगाई बच्चा मैले नै गाडेकी हुँ । गाउँलेले शंका गरी उक्त ठाउँमा खनी हेर्दा देखेनछन र उजूर दिएका हुन भन्ने पूर्णकलाको कागज र ततिम्बा गराउँदा मेरो गोकुल र विष्णुले आमाले जिउँदो पाई लक्ष्मीदत्तले माडमुड पारी मारे भनी झुठ्ठा कुरा भनेका हुन भन्ने व्यहोराको ०३८।३।१३ र ०३८।३।३१ गते प्र.पूर्णकलाले प्रहरीमा गरिदिएको ततिम्बा बयान समेत कागज । ३. ०३८।३।३ गते बिहान घाँस काट्न हिंडेकोमा पूर्णकलाको छोरा गोकुसले डाकेकोले गएँ । पूर्णकलाले जुठेला मुनि खाल्डो खन्देउ भनी भनेकीले खन्तिले खाल्डो खनी आफ्नो काममा हिडें । २, ३ दिन पछि समाज भेला भई मलाई तेरै गर्भ हो भनी भने मैले होइन भन्ने समेत व्यहोराको बयान ततिम्बा गराउँदा ०३७ साल कार्तिकको अन्त्यतिर गते बार याद छैन निज पूर्णकलासँग करणी लेनदेन भयो । त्यसपछि पनि १०।१२ पटक करणी भयो । गर्भ रहेछ । ०३०।३।३ गते बिहान जुठेल्ना छेउ खाडल खनी दिएको थिएँ । अरु कुरा मलाई थाहा छैन । बच्चा मार्न मेरो सहमति छैन भन्ने समेत व्यहोराको लक्ष्मीदत्तको ०३८।३।१२ र ०३८।३।३० गतेको ततिम्बा समेत बयान । ४. आषाढ ३ गते पूर्णकलाले गर्भ पतन गरेको कुरा थाहा पाई ऐ. ४ गते गाउँले समाज जम्मा भई समाज मध्येका एकजना व्यक्तिले लक्ष्मीदत्तलाई एकान्त लाँदा विराएँ चुकियो भन्छ जसको त