निर्णय नं. १२३७ - फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२३७ - फैसला बदर भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०२/१३ २०२६ निर्णय नं. १२३७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.पु.नं. १०२ फैसला भएको मिति : २०३६।२।१३।१ मा पुनरावेदक : का.जि. कमलादी टुकुचा का.न.पं. वडा नं. ३१ बस्ने अष्टमान तण्डुकार विरूद्ध विपक्षी : ऐ.ऐ. कमलपोखरी चाटबूर्जा बस्ने देवराजेश्वरी थापा समेत मुद्दा : फैसला बदर (१) मञ्जुरीनामा लिखतलाई आफ्नो हकको श्रोत भनी प्रमाण पेश गरेकोमा सो लिखतलाई सद्देकीर्तेमा सुनाएको तर निष्कर्षमा नपुगी निर्णय गरेकोबाट अदालती बन्दोबस्तको ८२ नम्बरको त्रुटि देखिने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त भई आएको मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : स्वर्गीय भु.पू.परराष्ट्र सेक्रेटरी नरप्रतापशम्शेर थापाबाट मलाई ०१४।१०।१४।२ मा गरिदिनुभएको मञ्जूरीनामा कागज दिई मञ्जूरी लिखत भित्रका केही जग्गा र गोदाम घर धारा, चर्पी, समेत भत्काई बनाउन लागेको सम्बन्धमा विपक्ष देवराजेश्वरी थापा क्षेत्री समेतका नाउँमा निषेधाज्ञा जारी गरिपाउँ भनी चढाएको निवेदन सम्बन्धमा उहाँले पेश गरेको लिखितजवाफको नक्कल ०३२।२।१५।५ मा बा.अं.अ.बाट नक्कल प्राप्त गरी हेर्दा उक्त उजूरी बमोजिम मेरो खर्चबाट बनेको लम्बाई फिट ३९।६ चौडाई फिट १८ को मेरो घर र सो मञ्जूरी भित्रको जग्गा गोदाम, घर चर्पी समेतमा छोरा सुर्जेमान तण्डुकारलाई चन्द्र सूर्य वक्र्स कारखाना राख्न दिई मञ्जूरी लिखत बमोजिम मेरो हकभोग भइरहेकोमा विपक्षहरू परस्पर सम्बन्ध राखी मुद्दा गरी सो घर जग्गाहरूमा बहालमा बसेको र राखेकोमा बहाल नदिएकोले चलन चलाई पाउँ बहाल भराई पाउँ भन्ने विपक्षहरू वादी प्रतिवादी भई मुद्दा गरी विपक्षी सूर्यमानले घर जग्गा छाडिदिनु पर्ने विपक्षी वेदराज्य ईश्वरी थापाले चलन पाउने गरी ०३१।२।२७ मा का.जि. अ.बाट फैसला भएको छ भन्ने वेदराज्ईश्वरीले निषेधाज्ञा मुद्दामा पेश गरेको लिखितजवाफमा लेखिएकोबाट सो फैसला भएको भन्ने कुरा नक्कल प्राप्त भएको दिन ०३२।२।१५ मा थाहा पाएकोले मञ्जूरी लिखतबाट प्राप्त भएको जग्गा र त्यसमा बनेको मेरो घर समेतको हक जाने भएकोले थाहा पाएको मितिले ३५ दिनभित्रै सो फैसला बदर गरी पाउन अ.बं.८६ नं. बमोजिम यो नालिस गर्न आएको छु विपक्षीहरू परस्पर वादी प्रतिवादी भई का.जि. अ.बाट गराएको ०३१।२।२७ को मेरो पूरा हक जाने भएकोले सो फैसला बदर गरिपाउँ भन्ने समेत फिरादपत्र । २. विपक्षी वादी र सूर्जेमान एकाघर सगोलको छोरा हुन् र सूर्यमान तण्डुकार घरको मुख्य भई व्यवहार गर्ने व्यक्ति हुन् । वादीले प्रस्तुत मुद्दामा स्वर्गीय भु.पू.परराष्ट्र सचिव मेरो छोरा नरप्रतापसमशेरले ०१४ सालमा गरिदिएको मञ्जूरीनामाबाट मेरो हक लाग्ने भन्ने जिकिर लिएको सोही आधारमा रू.१०००। कूत बुझाई पाउँ भनी विपक्षले फिराद दिएको मुद्दा यसै का.जि. अ.मा छ सो मुद्दामा मैले विस्तृत उल्लेख गरी प्रतिउत्तर दिएको हुनाले सो प्रतिउत्तरपत्रलाई पनि यस प्रतिउत्तरपत्रकै प्रमुख अङ्ग मानी पाउन जिकिर गरेको छु निजको एकाघरसँगको जेठा छोराले मुद्दा गरेको कुरा विपक्षलाई उसै बखत देखि थाहा भएको र फैसला भएको कुरा पनि सोही मितिमा थाहा भएको हो । लेनदेन