निर्णय नं. ४७८५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७८५ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: पौस अंक: ९ फैसला मिति :२०५०/०६/०७ २७३३ निर्णय नं. ४७८५ ने.का.प. २०५० (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०४८ सालको रिट नं. २०४५ आदेश मिति: २०५०।६।७।४ निवेदक : नेपाल कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित काठमाडौं डिल्लीबजार स्थित हिमालयन ब्रुअरी लिमिटेडका संचालक गोपाल बहादुर शाही । विरुद्ध विपक्षी : श्री ५ को सरकार, अर्थ मन्त्रालय काठमाडौं समेत । विषय : उत्प्रेषण । (१) कुनै पनि उद्योगले आफ्नु उत्पादन प्रारम्भ भएपछिको उत्पादित सामानको विक्री वितरणको फलस्वरुप आय आर्जन गर्ने र सो आयमा मुनाफा भएको खण्डमा आयकर लाग्ने हुँदा आयकरको प्रयोजनको लागि उत्पादन प्रारम्भ भएपछि नै उद्योगको आयकरको मुल्याकंन हुनु कानूनसँगत हुन्छ । उत्पादन प्रारम्भ नभएको अवधिमा आय कर तिर्ने प्रयोजन नै नहुने हुँदा उत्पादन प्रारम्भ हुनु अगावैको अवधिलाई उद्योग स्थापना भएको भन्ने र सोही वखतको कानून लागू हुन्छ भन्नु तर्क संगत नहुने । (प्र.नं. ८) (२) आयकर र अन्तशुःक बेग्ला बेग्लै विषय भएकोले अन्तशुल्क बारे एउटा निर्णय भई सुविधा पाए भन्दैमा आयकर पनि सोही बमोजिम छुट पाउनु पर्ने कानूनी बाध्यता नदेखिने । (प्र.नं. ८) (३) औद्योगिक व्यवसाय ऐन, २०३८ लागू हुने भएपछि औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(ग) अनुसार यो उद्योग आयात प्रतिस्थापक हो वा निर्यातमूलक हो भन्नेप्रश्न तर्फ विचार गर्नु पर्ने नै स्थिति नआएकोले उद्योगको उत्पादन प्रारम्भ हुँदा लागू रहेको औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) को (२) बमोजिम मुल्य अभिवृद्धिको मापदण्डले ५ वर्षको आयकर सुविधा प्रदान गरेको कर कार्यालयको निर्णय कानून विरुद्ध छ भन्न नसकिने हुँदा निवेदन जिकिर बमोजिम उत्प्रेषणको आदेश जारी हुन नसक्ने । (प्र.नं. ८) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मधु प्रसाद शर्मा । विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री टिका बहादुर हमाल । आदेश न्या. गोविन्द बहादुर श्रेष्ठ १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छः– २. श्री ५ को सरकार उद्योग विभागबाट वियर उत्पादन गर्ने उद्योगिय इजाजतपत्र मिति २०३७।९।१८ गतेमा प्राप्त भई पब्लिक कम्पनीमा दर्ता भएको हो । निवेदक कम्पनीले आफ्नो पहिलो उत्पादन मिति २०३९।१०।१६ गते गरी उद्योगको संचालन सोही मितिबाट प्रारम्भ भई आजसम्म चालु भई रहेको छ । निवेदक कम्पनीले आफ्नो उत्पादनमा लाग्न आउने अन्तशुल्क औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९ को उपदफा (१)(ग) को खण्ड ३ अनुसार संचालन मितिदेखि पहिलो वर्षको लागि शत प्रतिशत दोश्रो वर्षको लागि पचहत्तर प्रतिशत र तेश्रो वर्षका लागि पचास प्रतिशत गरी जम्मा ३ वर्षसम्म अन्तशुल्क छुट सुविधा श्री ५ को सरकारबाट प्राप्त गरेको हो । सो छुट औद्योगिक व्यवसाय ऐन, २०३० अन्तर्गत प्राप्त भएबाट सोही अनुसार अन्य प्रकारको छुट सुविधा समेत सोही ऐनमा व्यवस्था भए अनुसार पाउनु पर्ने हो । कर कार्यालय, ललितपुरबाट पठाएको मिति २०४८।८।२७ गतेको पत्रबाट निवेदक कम्पनीलाई उद्योग विभगको सुविधा शाखापत्र संख्या ०४४।०४५ ग.वि.स. २३ (हि.बु.लि.) २२१७९ मिति २०४४।१२।२८ र प.सं. ०४७।०४८ उ.वि.सु. २३– हिमालय ब्रुअरी मिति २०४७।१०।११ को पत्रद्वारा संचालन मिति २०३९।१०।१९ गतेदेखि ५ वर्ष आयकर छुट गरी दिने लेखिआएको भन्