निर्णय नं. २५४६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५४६ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/१०/२० २६२१ निर्णय नं. २५४६ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रि.नं.१४४० विषय : उत्प्रेषण । निवेदक :का.जि.का.नगर पंचायतवा.नं.२४ वटु गुच्चा टोल बस्ने इश्वर लाल राजभण्डारी । विरुद्ध विपक्षी :संचालक समिति, नेपाल बैंक लिमिटेड प्रधान कार्यालय,मुकाम धर्मपथ । महाप्रबन्धक,नेपाल बैंक लिमिटेड । नायव महाप्रबन्धक,नेपाल बैंक लिमिटेड । प्रबन्धक,नेपाल बैंक लिमिटेड प्रधान कार्यालय कर्मचारी विभाग धर्मपथ काठमाडौं । आदेश भएको मिति:२०४२।१०।२०।१ मा निवेदकले ३ वर्षसम्म बढुवा नपाउने गरेको अन्तिम निर्णय बमोजिमको समय व्यतित गर्न नपाउँदै निजले कर्मचारी नियमावली विरुद्ध कार्य गरेको देखिन आएकोले नियमावली बमोजिम निज रिट निवेदकलाई एक तह तल्लो पदमा ओराल्ने गरेको नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय संचालक समितिको निर्णयमा कुनै त्रुटि नदेखिएको हुँदा रिट निवेदकको जिकिर बमोजिमको आदेश जारी गरी रहनु नपर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री अनुपराज शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ : २. म निवेदक नेपाल बैंक लिमिटेडमा २१ वर्षदेखि सेवा गरी आएको कर्मचारी हुँ । उक्त बैंकमा बसी काम गर्दा मेरो कार्यको मर्यादा गरी म निवेदकलाई समयसमयमा पदोन्नतीसमेत पाएकोछु । त्यसै सिलासिलामा म निवेदक नेपाल बैंक लिमिटेड माइस्थानमा शाखा प्रमुख भई काम गरी आएको थिएँ । यसरी नियम बमोजिम बैंकको हित चिताई काम गरी रहेको अवस्थामा ने.बैं.लि.प्रधान कार्यालय कर्मचारी विभागको च.नं.१।क ।४५।८६५ को मिति ०३९।१।२३ को पत्रद्वारा स्पष्टीकरण माग गरियो । उक्त पत्र बमोजिम मैले आफ्नो व्यहोरा स्पष्टीकरणको जवाफ पेश गरें । पुनः ने.बैं.लि.को मिति ०३९।२।३० को प.सं.च.नं.१ ।क। ४५।२५५९ को पत्रद्वारा मलाई कर्मचारी नियमावलीको दफा ८–९ बमोजिम १ तह तल्लो पदमा ओराल्ने गरेको सूचना दिइयो साथै उक्त निर्णय किन नगर्ने हो कर्मचारी नियमावलीको ८–९ बमोजिम सफाई मागिन्छ भन्ने स्पष्टीकरण समेत मागिंदा मैले आफ्नो सत्य तथ्य व्यहोराको स्पष्टीकरणको जवाफ दिएको थिएँ । यसरी मैले पेश गरेको स्पष्टीकरणको कुनै ध्यान नै नदिई मलाई ने.बैं.लि.प्रधान कार्यालय कर्मचारी विभागको च.नं.१।क।४५।५७३६ को मिति ०३१।४। २०३९ को पत्रद्वारा म निवेदकलाई उक्त नियमावलीको ८–६ बमोमिज एक तह तल्लो पदमा ओरालेको निर्णयको सूचना दिइयो जुन निम्नलिखित कारणबाट गैरकानुनी भएको प्रष्ट छ । ३. जिकिर : प्रथमतः उक्त निर्णय कर्मचारी नियमावली, ०३१ बमोजि जुन सजायँ गरिएको छ उक्त नियम नै गैरकानुनी हुँदा सो नियम बमोजिमको सजायँ पूर्ण गैरकानुनी रहेको प्रष्ट छ । किनकी वाणिज्य बैंक ऐन, २०३१ को दफा ५१ ले दिएको अधिकार प्रयोग गरी जुन नियमावली बनाइयो सो ऐन आउनु भन्दा अगाडि नै नियमावली प्रयोग भइसकेको थियो । नियमावलीको ८–६ बमोजिम सजायँ गर्दा ८–५ को सजायँ नगरीकन नै मलाई उक्त नियम बमोजिम सजायँ गरिएको छ जुन नियमावलीको नै विपरीत भएको प्रष्ट छ । जुन कसूरमा म माथि विशेष विभागीय कारवाही भइरहेको थियो सोही विषयमा मुख्य मुद्दा चली मैले बागमती विशेष