निर्णय नं. १२३८ - अपुताली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२३८ - अपुताली भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०२/१८ २३६० निर्णय नं. १२३८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको दे.फु.नं. ९२ फैसला भएको मिति : २०३६।२।१८।६ मा पुनरावेदक : रूपन्देही जिल्ला भैरहवा बजार डेरा गरी बस्ने रमाकान्त विरूद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : अपुताली (१) ऐनको रीत पुर्‍याई हकदारलाई बुझाई दिनुपर्छ भन्ने कुराको अधिकार अपुतालीको १७ नं. ले अञ्चलाधिशलाई प्रदान गरेको हुँदा त्यस्तो कार्यसम्म अञ्चलाधिशले सबूद बुझी छुट्याउने निर्णय दिन पाउने अधिकार अञ्चलाधिशले गर्ने हैन भन्न नमिल्ने । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ श्री ५ को सरकारतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : दशरथ कुर्मी विरूद्ध गौरीशङ्कर कुर्मीको सम्वत् २०२६ सालको दे.फु.नं. ९९ ने.का.प.भाग १२, अङ्क ११ पृष्ठ ३२४ बकसपत्र पारित जालसाजीमा सिद्वान्त प्रतिपादित भएको। फैसला न्या. हेरम्बराज : पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराबाट २०३३।११।२५।३ मा भएको फैसलामा चित्त बुझेन भनी न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा परेको निवेदनपत्रमा पुनरावेदनको अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यस प्रकार छ : भूलौली गा.पं.रूपन्देही दषसवा बस्ने सुर्जा मिश्राईन ०२५ साल माघ १८ गते बिहान परलोक भइन हकवाला यहाँ कोही नभएको निजको लास सदगत गर्न र धनमाल जेथासमेत तायदाती गर्ने व्यवस्था होस् भन्ने प्र.पेदलबहादुर यादवको पत्रबमोजिम प्रहरी खटिई आई लासबाट निस्केको धनमाल जायजेथाको तायदाती मुचुल्का पेश गरेको छु भन्ने ०२५।११।६ को भुलौली गा.पं.को पत्र । ३. अपुतालीका १७ नं. बमोजिम लुम्बिनी अञ्चलाधिश कार्यालयबाट हकदारका नाउँमा ३ महिने म्याद जारी भएको ०२५।११।२४।६ मा टाँस भएको सुर्जा मिश्राईनको म हकदार हुँ भनी मूल पुर्खा गगईक ३ छोरा भगर्जत गोकुल, भगवानदत्तमा भगवर्वतको छोरा परमेश्वर निजको छोरा महावीर भई महावीरको श्रीमती स्वर्गीय सूर्जा मिश्राईन र गोकुलको छोरा सूर्यवली निजको छोरा म रमाकान्त भई मूल पुर्खा गगईनका सन्तानमा म मात्र जीवित छु अरू निसन्तान भएकोले हकवाला म मात्र छु भन्ने रमाकान्त मिश्रको निवेदन बयान । ४. सबूद प्रमाणको लागि १७।४।१९ को ग्राम पञ्चायतको मिलापत्र र गोरखपुर कलकटरी अफिसबाट प्राप्त गरेको कर्साको खतौनीको नक्कल निज रमाकान्त मिश्रले पेश गरेको। साक्षी र सरजमीन बुझिएको । ५. गोरखपुर कलकटरीबाट सारी ल्याएको प्रमाण कागजमा मूल पुर्खा गगईको छोरा भगवस्तको निज भगवन्तको नाति महावीरको श्रीमती स्वर्गीय सुर्जा मिश्राईन मूल पुर्खा गगईको छोरा गोकुलको नाति रमाकान्त मिश्र हुन् भन्ने कुराको आधारित उल्लेख सबूद प्रमाण पेश भएको नदेखिएकोले र साक्षी सरजमीनहरूले पनि सुर्जा मिश्राईन रमाकान्तको हकदार हुन् भनी बकी दिएका भए पनि कारणबाट हकदार हुन् भन्ने कुराको तथ्ययुक्त सबूद प्रमाण बेगर खाली हकदार हुन् भनेकै भरमा हकदार प्रमाणित गर्न युक्तिसंगत नहुने भई स्वर्गीय सुर्जा मिश्राईनको रमाकान्त मिश्र हकदार हो भन्ने कुरा ठहर्दैन भन्ने समेत लुम्बिनी अञ्चलाधिश कार्यालय बुटवलको फैसला । ६. पुनरावेदक प्रतिवादी रमाकान्तले मर्ने सुर्जा मिश्राईनको ४ पुस्ताको देवर नाताको हकवाला हुन् भन्ने समेत व