निर्णय नं. २५४७ - जग्गा हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५४७ - जग्गा हक कायम भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/०९/२५ २४११ निर्णय नं. २५४७ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको दे.पु.नं.६५२ मुद्दा : जग्गा हक कायम । पुनरावेदक/वादी:जि.काठमाडौं नगर पंचायतवडा नं.१७ ठहिटी बस्ने लक्ष्मी दास मानन्धर । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ. ऐ. बस्ने जनक राज मानन्धर । फैसला भएको मिति:२०४२।९।२५।५ मा तथ्ययुक्त सबूद प्रमाणको अभावमा विवादित जग्गामा हक कायम हुन नसक्ने । (प्रकरण नं. १२) पुनरावेदक, वादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्राप्त भई पेश भएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. पूर्व म आफ्नै घर पश्चिम हाल शान्ति शिक्षामन्दिर जानेबाटो उत्तर विपक्षीको चोक दक्षिण सडक यति ४ किल्ला भित्रको जग्गामा घर बनाउन पाउँ भनी विपक्षीले का.नगर पंचायतमा दर्खास्त दिंदा सो जग्गा विपक्षीहरूको होइन मेरो भोगचलन भित्रको जग्गा हो भन्ने समेत मैले प्रतिवाद गरेपछि नगर पंचायतबाट ०३७।११।१४ मा हक बेहकमा अदालतमा जानु भनी सुनाएकोले सुनाएको म्यादसम्म विपक्षीले फिराद नगर्नु भएकोले आफ्नो ठहराउन फिराद दिएको छु विपक्षीले उक्त जग्गामा हक पुगेको प्रमाण दिन नसकेको घर र जग्गाको भौतिक स्थितिबाट स्वबासी घर लिग लगापातको रुपमा भोग गरी आएको भन्न नमिल्ने हुँदा मेरो घरसंगै जोडिएको मुख्य पाखा फर्केको बलेनी खस्ने ठाउँ भएको त्यसतर्फ झ्याल समेत भएको कारणले मेरो घरको लिग लगापात जग्गा भन्ने कुरा प्रष्ट हुन आउँछ । १९९९ मा म्युनिसिपल्टीमा घर बनाउन नक्शा दर्खास्त गर्दा नारायण मानन्धरले पश्चिम किल्ला न्हुछेनारायणको भनी लेखेकोमा अष्टमायाको उजूरी परी झुठ्ठा नक्शा दिएको ठहरी जरिवाना समेत भई बदर भइसकेकोलाई आधार बनाई आफ्नो घर अगाडिको जग्गालाई मात्र आफ्नो भन्नु पर्नेमा सोदेखि दक्षिणपट्टिको मेरो घरसँग जोडिएको मेरो जग्गालाई समेत आफ्नोमा समावेश गर्ने दुष्प्रयास गरेको प्रष्ट हुन आउँछ । उल्लिखित का.नगर पंचायतवार्ड नं.१७ कि.नं. ६४१ को ०–०–१–२ जग्गामा विपक्षीले जबरजस्ती नक्शा पास बेगर घर बनाएको नगर पंचायत बाट भत्काउने नै हुँदा जग्गामा मेरो हक कायम गरी विपक्षीलाई कानुन बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको लक्ष्मणदास मानन्धरको फिरादपत्र। ३. वादी दावीको जग्ग परापूर्वदेखि मेरो हक भोगको स्वबासी जग्गा हो । घर पसल बनाउन पाउँ भनी ०३२।५।४ मा का.नगर पंचायतमा दर्खास्त गरेको छु । त्यसमा विपक्षीले ०३२।५।१६ मा उजूर पनि दिनु भएको छ । विपक्षीको जग्गा खिचोला गरेको भए कानुनका म्यादभित्र अदालतमा उजूर गर्न सक्नु पर्ने सो गरेको छैन । कि.नं.७४१ को उक्त जग्गामा ०३३।१२।२३ गते नक्शा बमोजिम मेरो टहरा घर बनी सकेको कुरा न.प.का.इन्जीनियरको प्रतिवेदनबाट पनि देखिन्छ विपक्षीको पिता नारायण मानन्धरले १९९९।१२।१७।३ मा ब्लक नं.१२/५७३ को घर जमीनसम्म भत्काई घर बनाउन म्यूनिसिपल्टीमा दिएको नक्शा दर्खास्तमा छिडी तल्लामा पश्चिम न्हुछेनारायणको घर जाने बाटो र पश्चिम किल्ला न्हुछेनारायणका जग्गा भनी उल्लेख गर्नु भएको छ । पैतृक परम्परागत हकबाट उक्