निर्णय नं. २५४९ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५४९ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/११/१२ २७६४ निर्णय नं. २५४९ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं.१७४० विषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ । निवेदक :ओखलढुङ्गा जिल्ला ज्यामिरे गा.पं.वार्ड नं.१ घर भै हाल जि.का. कारागार शाखा राजविराजमा थुनामा रहेको नेत्र बहादुर खड्का । रामेछाप जिल्ला खालुघाटी गा.पं.वार्ड नं.५ घर भै ऐ.ऐ मा थुनामा रहेका रविन्द्र के.सी.। मोरङ जिल्ला हाडी गा.पं.वार्ड नं.१ घर भै ऐ.ऐ मा थुनामा रहेका नरेन्द्र बहादुर कार्की-१ समेतको हकमा रमेश पौडेल । विरुद्ध विपक्षी :पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटा । सप्तरी जिल्ला अदालत राजविराज । जि.का.कारागार शाखा राजविराज । आदेश भएको मिति:२०४२।११।१२ मा कर्तव्यवाला हो भन्ने परिबन्द पुर्‍याउने मृतकको फोटो, लाश जाँच मुचुल्का, मेडिकल बोर्डको राय समेतलाई प्रमाणमा लिन मिल्ने हो होइन भन्नेतर्फ हेर्दा अ.बं.११८ को दफा ३ को देहाय (२) तथा प्रमाण ऐन, ०३१ को दफा १८ को (क) तथा (ख) ले मुद्दा पूर्पक्षको सिलसिलामा थुनछेक प्रयोजनको लागि प्रमाणमा लिन सकिने कानुनी व्यवस्था गरेको विद्यमान देखिने । (प्रकरण नं. १७) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री शुभाष नेवाङ विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः बन्दी–प्रत्यक्षीकरणको रिट जारी गरी गैरकानुनी थुनाबाट मुक्त गरिपाउँ भनी नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. वादी श्री ५ को सरकार प्रतिवादी रिट निवेदक समेत भएको ज्यान मुद्दामा थुनछेकको क्रममा विपक्षी सप्तरी जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा राख्ने गरी मिति ०४१।८।१९ मा आदेश गरेकोमा सो उपर अ.बं.१७ नं.बमोजिम पूर्वाञ्चल क्षे.अ.मा निवेदन दिएकोमा मिति ०४१।१२।३० मा कानुन बमोजिम गर्नु भन्ने आदेश भएको छ । ३. विपक्षी सप्तरी जि.अ.ले थुनछेकको आदेश गर्दा कसूर गरेमा इन्कार रहे पनि आफूले पक्राउ गरी ल्याई कडर वोना थानामा बुझाएका जिवनारायण चौधरीको हतकडी लगाई हिरासतमा (थुनुवा कोठामा) राखेको अवस्थामा नै मृत्यु भएको र हिरासतको आफूले पालो बसेको, भन्ने कुरामा साविती बयान गरेको । मृतक हतकडी लगाएकै अवस्थामा मृत्यु भएको भन्ने कुरा फोटोबाट देखिन आएको, हतकडी लगाएको व्यक्तिले जमीन भूइँबाट ९ फिट उचाई छतको डण्डीमा पासो लगाई आफूलाई झुण्डाउन सक्ने अवस्था देखिन आउँदैन । पोष्टमार्टम गर्ने मेडिकल बोर्डले झुण्डाएर नभई घाँटी थिचेर मृतकको मृत्यु भएको हो, भनी मृत्युको कारण उल्लेख गरेकोले भन्दै परिस्थितिजन्य तथ्यलाई आधार बनाई अ.बं.११८ को देहाय ३(२) बमोजिम थुनामा राख्ने आदेश गरेको छ । परिस्थितिजन्य प्रमाणलाई फैसला गर्दाकै क्रममा पनि भरपर्दो प्रमाण मानिन्न भने थुनछेकको क्रममा त यो आधार हुनसक्ने स्थिति नै छैन । अ.बं.११८ को देहाय ३(१) ३(२) र ३(३) भित्र यो आधार पर्दैन । प्रमाण ऐन, ०३१ को दफा १८ ले पनि यसलाई थुनछेकको आधार बनाउन नसकिने प्रष्ट छ । मृतक मर्ने समयमा उल्लिखित थुनुवाहरूको पालो छैन । यस अवस्था यो तथ्यलाई आधार बनाई गरेको थुनछेकको आदेश गैरकानुनी हुँदा बन्दी–प्रत्यक्षीकरणको रिट जारी गरी गैरकानुनी थुनाबाट मुक्त गरी कानुन बमोजिम