निर्णय नं. १२४० - जारी चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२४० - जारी चोरी भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/१५ २३५७ निर्णय नं. १२४० ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको फौ.फु.नं. ६ फैसला भएको मिति : २०३६।३।१५।६ मा पुनरावेदक : जि. डडेलधुरा गा.पं.वा.नं. ७ बस्ने हरिदत्त पाण्डे विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने परमानन्द बोहरा मुद्दा : जारी चोरी (१) पछि आएको ऐनमा किटानसाथ अन्यथा व्यवस्था भएकोमाबाहेक मुद्दामा पक्षहरूको हक र दायित्व फिरादपत्र परेको बखत भइरहेको कानून बमोजिम निर्धारित हुने कुरा हो । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री नूतन थपलिया फैसला न्या. बासुदेव शर्मा : सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३४।१०।१६ मा भएको फैसला दोहोर्याई पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा प्रतिवादी हरिदत्त पाण्डेले चढाउनु भएको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्याई दिनु भन्ने मौसुफ सरकारबाट बकस भएको हुकुम प्रमाङ्गी अनुसार पेश भएको प्रस्तुत मुद्दाको तथ्य एवं विवरणहरू यस प्रकारका छन : २. मैले २०२० सालमा विवाह गरिल्याएको विवाहिता स्वास्नी आफू म परदेश गएको बेलामा प्र.हरिदत्त पाण्डेसँग करणीमा बिग्रेकी रहिछ २०२९ साल चैत्र ३ गते घरमा आइपुग्दा निजले लगाई राखेको तोला ४ को सुनको मुन्द्रा र गलेबन्द नभएको र पेट बढेको देखिई शङ्का लागी सोधपूछ गर्दा विपक्षी हरिदत्त पाण्डेको गर्भ रहेको र गहनाहरू निज हरिदत्तलाई दिएकोमा झापू सावित भएकीले जारीको २।४ नं. बमोजिम हरिदत्तलाई ५ वर्ष र झापूलाई १।१ वर्ष कैद गरी गहनाको बिगो रू.१४००। निजहरूबाट भराई चोरीको १२ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत वादी । ३. वादी दावी बमोजिम म वादीको विवाहिता स्वास्नी हैन जयराजसँग मेरो विवाह भई वादीले जयराजलाई रू.१०००। बुझाई जारी गरी ल्याएको हो वादी विदेश भएको बखत हरिदत्त पाण्डेसँग करणी लेनदेन भई गर्भ रहेको हो सुनको गहनाहरू वादी विदेशमा भएको बेलामा खान लाउन नपुगी बिक्री गरी खाए भन्ने समेत प्र.झापूको प्रतिवादी । ४. झापूलाई मैले करणी गरेको भए घरमै स्वास्नी तुल्याई राख्ने थिएँ मैले वादी समेत उपर कुटपिट गाली बेइज्जति तर्फ कञ्चनपुर जिल्ला अदालतमा नालिस दिएको र सोमा हार्ने भई सजाय हुने हुँदा नभएको जारी चोरी लगाई आफ्नी स्वास्नी झापूलाई आफ्नै घरमा राखी झुठ्ठा उजूर गरेको भन्ने समेत प्र.हरिदत्तको प्रतिवादी । ५. झापू वादीकै विवाहिता स्वास्नी हो भन्ने समेत वादीका साक्षी जयदेव बोहरा समेतको बकपत्र । ६. झापू वादीकै विवाहिता स्वास्नी हो । प्रतिवादी हरिदत्तले झापूलाई जारी चोरी गरेको हैन भन्ने समेत लालसिंह विष्ट समेतको बकपत्र । प्र. झापूका साक्षीहरूले म्यादभित्र उपस्थिति नभई म्याद गुजारी बसेका । ७. प्र.झापू वादी परमानन्दको विवाहिता स्वास्नी हैन भन्ने सबूद प्रमाण कतैबाट गुजार्न नआएको आफ्नो घरमा प्र.झापू बाहेक अरू कुनै परिवार नभएको झापू उपर अपवाद लगाई नालिस गर्नु र निज झापूले पनि करणीमा बिग्रेमा सावित हुनुपर्ने अन्य कुनै प्रमाण समेत प्र.हरिदत्तले गुजार्न नसकेको देखिँदा प्र.झापूलाई प्र.हरिदत्त पाण्डेले जारी चोरी गरेको ठहर्छ भन्ने समेत शुरू डडेलधूरा जिल्ला अदालतको फैसला । ८. उक्त इन्साफमा चित्त बुझेन निज झापूलाई वादीले आफ्नै घरमा राखी