निर्णय नं. २५५० - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५५० - अंश दपोट भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/१०/१८ २५२५ निर्णय नं. २५५० ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.पु.नं.७८४ मुद्दा : अंश दपोट । पुनरावेदक/वादी:जि.बारा प्र.खे.बुहनपुरी गा.पं.वार्ड नं.१ बस्ने महन्त प्रसाद तेली । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ.कलैया आ.गा.पं. वार्ड नं. ५ हाल कलैया नगर पंचायतवडा नं.५ बस्ने रामलखन शाहको मुद्दा सकार गर्ने सुगिया तेलीन । फैसला भएको मिति:२०४२।१०।१८।६ मा अंश मुद्दा परी कारवाहीको सिलसिलामा फाँटवारी पेश गर्दा फाँटवारीमा नखुलाई दबाए छपाएको भन्ने वादी दावी जिकिर भएपछि सो सम्बन्धमा आवश्यक सबूद प्रमाण बुझी निर्णय गर्नु पर्नेमा सो नगरी अंश दपोट परिभाषा भित्र नपरेको भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिएन । (प्रकरण नं. ११) प्रमाण बुझी फाँटवारी पेश गर्दा दबाएको देखिन आएमा दपोट ठहर्ने र दबाएको देखिन नआएमा दपोट नठहर्ने । (प्रकरण नं. ११) पुनरावेदक, वादीतर्फबाट:विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री पिताम्बर प्रसाद सिलवाल उल्लेखित मुद्दाःX फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ । २. रामलखन बुढाबाबु र बाबुलाल जेठा बाबु हुनुहुन्छ उहाँहरू र कान्छा बाबु रामबाबु, श्यामबाबु, राधेबाबु, बद्रिबाबुको अंश हुने कुरा भई २०२०।१।१ मा घरसारमा बण्डा गरी उक्त बण्डापत्र २०२०।३।२७ मा पारित भएको २०२०।१।१ गते सम्मको नगद जिन्सी भोगबन्धकी लगानीको तायदाती लिई ७ भागको १ भाग दिलाई पाउँ भनी मुद्दा दिई विपक्षी रामलखनले २०२८।१।२३ मा र बाबुलालले २०२८ आषाढ महिनामा भोगबन्धकी नगदी जिन्सीको लगानी भनी दिएको फाँटवारीमा भएको यथार्थ फाँटवारी नदिएको र फाँटवारीमा नलेखाइएको कपाली थैलीहरू समेत रु.१,७७,१४९।२० दबाए छपाएकोमा विपक्षीलाई कानुन बमोजिम गरी दबाए छपाएको भोगबन्धकी कपालीको सम्पत्ति रु.१,७७,१४९।२० एकलौटी खान पाउने गरी दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । ३. कुन कलम भोगबन्धकी र कुन कलम कपाली थैली हो सो खुलाई यकीन दावी गर्न नसकेको र बण्डा भएको २०२०।१।१ गते भन्दा अघिको देखिएको २, ३ कलम बाहेक अरुको १० वर्ष हदम्याद पनि नाघिसकेको र दिनुपर्ने हक हिस्सा नदिएको भए के कति नदिएको नपाएको हो त्यसतर्फ ऐन बमोजिम नालेश गर्नु पर्ने र विपक्षी समेतको मूल बण्डापत्र नै बदर गराई पाउँ भनी यो फिराद दावीबाट ठहर गर्न समेत नमिल्ने हुँदा कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको प्र.रामलखनको प्रतिउत्तर जिकिर । ४. वादी लेखबाटै बण्डा हुँदा रहेकै शर्त तमसूकी नगदी जिन्सी भोगबन्धकीको जग्गामा परेको थैली समेत असामीले बुझाउन ल्याएको बखत दामासाहीले सबै अंशियारलाई बुझाउने शर्त भएको भन्ने देखिएकै छ भन्ने समेत व्यहोराको प्र.बाबुलालको प्रतिउत्तरपत्र । ५. तायदातीमा उल्लेख नभएका लिखतहरू प्रतिवादीले दबाएछपाएको देखिँदा फिराद दावी बमोजिम वादीले एकलौटी खान पाउने ठहर्छ भन्ने समेत शुरु बारा जि.अ.को ०३९।१।२० को फैसला । ६. उक्त इन्साफ उल्टाई बदर गरी सुफत न्याय पाउँ भन्ने समेत जिकिरको प्र.बाबुलालको र प्र.सुगिया तेलिनसमेतको बेग्लाबैग्लै मध्यम