निर्णय नं. २५५२ - प्राचिन मूर्ति स्थानान्तरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५५२ - प्राचिन मूर्ति स्थानान्तरण भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११ फैसला मिति :२०४२/११/०८ २४९५ निर्णय नं. २५५२ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको फौ.पु.नं.५७४ मुद्दा : प्राचिन मूर्ति स्थानान्तरण । पुनरावेदक/प्रतिवादी:भ.पु.नगर पंचायतवडा नं. १३ बस्ने चाँगुनारायण स्थानको पुजारी कृष्ण धरानन्द राजोपाध्याय । विरुद्ध विपक्षी :श्री ५ को सरकार, जि.प्र.का.भक्तपुर । फैसला भएको मिति:२०४२।११।८।४ मा बस्तु रहेको ठाउँमा एकजना मात्रको पहुँच नभई पुजारीलाई मद्दत गर्ने व्यक्ति पनि जान आउन सक्ने र राखिएको माल माटाको भाँडामा रहेको हुँदा पुनरावेदकलाई त्यत्तिकै आधारमा मात्र अभियोग बमोजिमको कसूर गरेको ठहर्याउन नमिल्ने । (प्रकरण नं. २४) पुनरावेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल विपक्षी/वादी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX फैसला न्या.हरगोविन्द सिंह प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् : ०३८।१।२४।२ गते श्री चाँगुनारायण स्थानमा भडेलको पालो फेराउन गएकोमा पुजारीको पनि पालो फेरिने दिन परेको र साविक पालोवाला पुजारीले श्री नारायणका स्थान भित्रको घ्याम्पा भित्र रही राखेको नवरत्न जडान भएको मुकुट थान २ नभएको भनी खलवल गर्न लागेकोले गई कुरा सुनेपछि मुचुल्का उठाई यसै रिपोर्टसाथ दाखिलगर्न ल्याएको छु । नियम बमोजिम कारवाही हुन अनुरोध गर्दछु भन्ने रामचन्द्र फुयाँलले गुठी लगत तथा तहविल कार्यालयमा चढाएको रिपोर्ट। २. चाँगुनारायण स्थानमा रहेको नवरत्न, हिराजडित अं.२४।२५ तोला सुनको मुकुट सहित मुहार २ मध्ये १ जिर्ण भएको र १ तयारी अवस्थाको समेत त्यस स्थानमा नभएको भन्ने पुजारी वंशीधरानन्दको जाहेरी पर्न आएकोले पुरातात्विक कलात्मक वस्तु बदनियतमा त्यहाँबाट हटाई कसूर गरेको देखिन आएको र कसूर गरेमा सम्बन्धित पुजारीहरू र पालो बस्ने भडेलहरूकै गफलत देखिने हुँदा आवश्यक कारवाही गरिदिन अनुरोध गरिन्छ भन्ने समेतको गुठी लगत तथा तहविल कार्यालयको पत्र । ३. पुजाहारीले पालो फेर्दा कुनै लिखित रुपमा बुझारथ हुने गरेको छैन । तर मौखिक रुपमा भने मन्दिर भित्र के कस्ता चिज वस्तु छन् भन्ने कुरा बुझाउनेले बुझ्नेलाई १।१ गरी बुझाई देखाई दिने चलनबाट त्यसप्रति पुजारीको पनि जवाफदेही भएको मान्नु पर्ने र मन्दिरको मूल ढोकाको ताला र साँचो भडेल जिम्मा हुने भएकोले भडेलहरूको पनि जवाफदेही हुने भन्ने मलाई लाग्छ । मैले ०३७ साल बैशाखमा पालो बुझ्दा श्री नारायणका मुहार सहितको मुकुटहरू मौजूद थिए । हाल आएर उल्लिखित मुहारहरू के कारणले त्यहाँ पाइएनन् र नयाँ मूर्ति कसले कसरी ल्याएर राखिदियो । म भन्न सक्दिन अपराध पत्ता लाग्न नआएसम्म मेरो जवाफदेही हुने कुरामा म सहमत छु भन्ने व्यहोराको कृष्णधरानन्द राजोपाध्यायको कागज । ४. यही गएको बैशाख सुदि २ का दिन पालो फेरिने दिन परेकोले श्री चाँगुनारायणको मुकुट थान २ हराएको भनी पुजारी कृष्णधरानन्द र पुजारी वंशीधरानन्दको छोरा चक्रधरानन्द समेत भई हामीको सामुन्ने तपाइले देखाउन ल्याई मुचुल्का गराएको श्री नारायणको मुकुट कस्ले लगेको हो भन्ने कुरा मलाई थाहा छैन । पुजारी, भडेल बाहेक अरुद्वारा घटना हुन सक्दैन भन्ने समेत व्यहोराको कृष्ण कुमार भड