निर्णय नं. १२४१ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२४१ - लिखत बदर भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/२९ २२७२ निर्णय नं. १२४१ ने.का.प. २०३६ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको दे.फु.नं. १८ फैसला भएको मिति : २०३६।३।२९।६ मा निवेदक : का. जिल्ला चावहिल गा.पं.वा.नं. ७ बस्ने रूकुमकुमारी सेन ठकुरी समेत विरूद्ध विपक्षी : काठमाडौं जिल्ला हाल न.पं.लगनटोल बस्ने पूर्ण देवी ठकुरी १ मुद्दा : लिखत बदर (१) आमा, छोरा र बुहारी समेत संग साथै भएको अवस्थामा आमाले कन्या छोरीलाई सम्पत्ति हस्तान्तरणको लिखत गरे पनि बुहारीको निमित्त सम्पत्ति परिवार देखि बाहिर गएको मान्नु पर्ने अवस्था नहुने । (प्रकरण नं. १९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भप्रसाद ज्ञवाली, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री होराप्रसाद जोशी फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३२।१२।१९ मा भएको फैसलाको इन्साफ जाँची पाउँ भनी प्रतिवादीहरूले श्री ५ महाराजाधिराजका हजुरमा चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु भनी मौसूफ सरकारबाट बक्स भएको हुकुम प्रमाङ्गी अनुसार डिभिजन बेञ्चमा पेश हुँदा जटिल कानूनी प्रश्नको निर्णयार्थ फुल बेञ्चमा पेश गर्ने भन्ने ०३५।५।७ मा डिभिजन बेञ्चबाट भएको आदेशानुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरणहरू यस प्रकार रहेछन् : २. अन्यायवाला मध्ये पावनालक्ष्मी र रूकुमकुमारी उपर अंश मुद्दामा फिराद परेकोमा तायदाती दिँदा केही छैन भनी दिएको हुँदा जुन बखत तायदाती प्राप्त हन्छ उसै बखत अंशबण्डा गरी दिने भनी ०२८।३।३० मा सर्वोच्च अदालतबाट अन्तिम फैसला भयो, पछि निजहरू उपर अंशदपोट मुद्दाहरू परी कारवाही भएको अवस्था रूकुमकुमारीले बकस दिएकोले मेरो हक हुन आएको भनी चावहिलको घर र जग्गाहरू समेत पावनालक्ष्मीले किरणचन्द्रलाई ०२६।९।११ गते हालै देखि खाने गरी बकसपत्र गरी दिई किरणचन्द्रले पनि जानकीदेवीलाई ०२७।१२।४ गते राजीनामा पास गरी दिएको भन्ने कुरा ०२८।४।६ मा नक्कल सारी हेर्दा थाहा पाएको नालिस गर्न आएको छु । ०२६।९।११ को बकसपत्र र ०२७।१२।४ को राजीनामा लिखत बदर गरिपाउँ भन्ने समेत विष्णुदेवीको फिराद । ३. वादीको लोग्ने र ससुराको हकको वादीले अंश पाउने किसिमको कुनै सम्पत्ति म जिम्मा नभएको र हाल बसिरहेको घर र जग्गा मेरो दिदीका पति ज.तेजशमशेरबाट पाएको बकसपत्रको सम्पत्ति बिक्री गरी आएको रकमबाट खरीद गरेको वादीको हक नलाग्ने मेरो आर्जनको घर जग्गा अंश मुद्दा पर्नु अगावै ०२०।१०।१२ मा छोरी पावनालक्ष्मीलाई बकसपत्र गरी पावनाले किरणचन्द्रलाई बकसपत्र दिएको किरणचन्द्रले जानकीदेवीलाई गरी दिएको राजीनामा बदर गरिपाउँ भन्ने फिरादपत्रमा मलाई प्रतिवादी तुल्याएको हुँदा फिरादै खारेज गरिपाउँ भन्ने रूकुमकुमारीको आमाको बकसपत्रबाट पाएको सम्पत्ति स्त्री अंशधनको ४ नं. ले मेरो दाइजोको सम्पत्ति वादीको हक नलाग्ने हुँदा किरणचन्द्रलाई बकस गरी दिएको हुँ भन्ने पावनालक्ष्मीको र बकसपत्रबाट प्राप्त गरेको पावनाले आफूखुशी गर्न पाउने घर जग्गा पावनाले मलाई बकसपत्र गरिदिई मेरो हक भई मैले