निर्णय नं. ४७८६ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७८६ - उत्प्रेषणयुक्त परमादेश भाग: ३५ साल: २०५० महिना: पौस अंक: ९ फैसला मिति :२०५०/०५/२० २५०० निर्णय नं. ४७८६ ने.का.प. २०५० (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय सम्वत २०४८ सालको रिट नं. १४०९ आदेश मिति: २०५०।५।२०।१ निवेदक : सराफ इन्टरप्राईजेज (प्रा.) लि. को तर्फबाट ऐ. को लिक्वीडेटर का.जि.का.न.पा. वडा नं. २० भिमसेनस्थान बस्ने गणेशलाल श्रेष्ठ । विरुद्ध विपक्षी : कर कार्यालय, बबरमहल, काठमाडौं । विषय : उत्प्रेषणयुक्त परमादेश । (१) कर कार्यालयको निर्णय उपर राजश्व न्यायाधिकरणमा पुनरावेदन गर्न जानुपर्नेमा सोझै असाधारण उपचारको क्षेत्रमा प्रवेश गरेको देखिंदा कानूनले स्पष्टरुपमा पुनरावेदन लाग्न सक्ने व्यवस्था गरे अनुरुप निवेदकले उपचारकको मार्ग अवलम्बन गरेको मान्न नसकिने । (प्र.नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुसिल कुमार सिन्हा अवलम्बित नजीर: निवेदक श्री ५ को सरकार, अर्थ मन्त्रालय, कर विभाग समेत विरुद्ध रामरिछपाल अग्रवाल भएको सम्वत २०४६ को रि.पु.इ.नं. ६७, परमादेशको रिट निवेदनमा पूर्ण इजलासबाट २०४९।८।९ मा प्रतिपादित सिद्धान्त । (ने.काप. २०४९, अङ्क ८, पृ. ७३१) आदेश न्या. रुद्र बहादुर सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ धारा २३।८८(२) अन्तरगत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः– २. यस कम्पनीको आ.व. २०२९।३० देखि नै कारोबार बन्द गरी २०३०।१०।१३ मा कम्पनी लिक्विडेसनमा गै कारोबार नभएको आय विवरण पनि अडिट गराई मौकैमा मिति २०३०।१०।१७ मा पेश गरिएको थियो । तत्कालिन कर अधिकृतबाट प्रस्तुत आ.ब.०३० (श्रावण–माघ १३ गते) सम्ममा कुनै आय आर्जन सम्बन्धी कारोबार नभएकोमा प्रस्तुत ६ महिनाको समेत हचुवा तवरले एकमुष्ट रु. ३,९५,५५० खुद आय कायम गरी कर निर्धारण आदेश पठाइयो । सो उपर कर विभागमा निवेदन गर्दा कर कार्यालयको आदेश सदर भयो । मध्यमाञ्चल क्षेत्रीय अदालतबाट आदेश सदर भयो । मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४५।१२।७ मा कर निर्धारण आदेश तथा कर विभागको निर्णय समेत बदर भएको थियो । ३. कर कार्यालय काठमाडौंमा पुनः हिसाब अमान्यगरी आयकर ऐन, २०३१ को दफा ३३(२) र ३३(४) को सही पालना समेत नगरी तथ्यरहित एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरित खुद आयको अंक रु. ३,९५,५५० कायम गर्न मिति २०४७।९।१९ मा सूचना पठाई सूचनाको म्याद भित्रै ०४७।९।३० को मिति राखी आयकर निर्धारण गरियो । आयकर नियमावली, २०३९ को नियम १६ बाध्यात्मक व्यवस्था गरे विपरित समेत उक्त आदेश भएको छ । कतिको कारोबारमा रु. ३,९५,५५० खुद आय कायम भएको हो सो समत नखुलाई भएको आदेशबाट निवेदकको संविधानको धारा ११(१), १२(२)(ङ) १७(१), १४(१) तथा धारा ७३(१) समेतको हक अधिकारमा आघात भएको छ । ४. अतः कर कार्यालय काठमाडौंकोमिति २०४७।९।३० को कर निर्धारण आदेश तथा सो सम्बन्धी पर्चा बदर गरी कानून बमोजिम खुद आय कायम गरी कर निर्धारण गर्नु भनी कर कार्यालय काठमाडौंको नाममा परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर । ५. यसमा विपक्षीबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ६. करदाता निवेदकले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिनु भएको पुनरावेदनमा लिनु भएको विभिन्न जिकिरमा सम्बन्धमा र कायम भएको आयकर सम्बन्धमा उक्त अदालतबाट केही नबोली कर क