निर्णय नं. १२४२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२४२ - कर्तव्य ज्यान भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/१४ १९९४ निर्णय नं. १२४२ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३३ सालको फौ.पु.नं. १६१ फैसला भएको मिति : २०३६।३।१४।५ मा पुनरावेदक : सु.रामबहादुर राजलवटको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी : जि. सुनसरी धरान न.पं.वार्ड नं. २ बस्ने ईन्द्रप्रसाद श्रेष्ठ समेत मुद्दा : कर्तव्य ज्यान (१) मृत्युको कारण रहस्यमय भएको स्थितिमा ज्यान जस्तो कसूरमा प्रतिवादीलाई सजायको भागी ठहर्याउन नमिल्ने । (प्रकरण नं. २७) पुनरावेदक तर्फबाट : विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय तथा जाहेरवाला तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री गणेशराज तथा” विद्वान अधिवक्ता श्री कल्याणी शर्मा फैसला न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दामा श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ : २. देवी नाम भएको कान्छी छोरी एम.ए.पास भइसकेको ०२७।२।२१ गते गायव भएको खोजतलास गर्दा धरान बजार बस्ने प्राध्यापकले स्वास्नी तुल्यार्ई लगेको बुझियो श्रावण २२ गते बुहारी देवीको चोला उडेकोले सुघही काम गर्नु भन्ने ०२७।४।२३ को ईन्द्रप्रसादको पिता लक्ष्मीप्रसादको चिट्ठी आयो, ०२७।४।२२ र ०२७।४।२५ को प्रकाशित दैनिक समय र १९७० अगस्त २१ को समीक्षा ०२७।५।६ को प्रतिज्ञा नामक अखबारहरूमा छोरी देवीको मृत्युबारे शङ्का देखिएकोले पत्ता लगाउन मानिस धरान गएकोमा छोरी श्रावण २२ गते सद्दे थिईन निजको सौताको माइती घरमा चिया खान बोलाइएको खाई फर्की आउँदा जिब्रो घाँटी पोल्यो भनी कराइन् अन्त्य भइसकेपछि मात्र डाक्टर बोलाइयो औषधी हुनै पाएन भन्ने कुरा र निन्द्राको औषधी बढी खाएको साँपले टोकेको भन्ने हल्ला गराए लास पोष्र्टमार्टस नगराई जलाए भन्ने कुरा थाहा भई शङ्का देखिएकोले जाँच तहकिकात गर्नु गराई दिनु भन्ने आई.जि. पी.लाई आदेश गरिपाउँ भन्ने समेत सु.रामबहादुर राजलवटको निवेदनपत्र । ३. छोरी देवी श्रेष्ठलाई ईन्द्र श्रेष्ठको जेठी स्वास्नीले आफ्नो माइती पर्ने टीकालक्ष्मीको घरमा बोलाउन लगाई टिकालक्ष्मी निजको बहिनी गङ्गा श्रेष्ठ, दाजु भगवान श्रेष्ठ समेतलाई हात लिई चिया वा कुनै खाद्य पदार्थमा बीष मिलाउन लगाई छोरीको सौताको सल्लाह अनुसार टिकालक्ष्मीले ख्वाई सोही कारणबाट छोरीको मृत्यु गराएको भन्ने मलाई शंका लाग्छ भन्ने समेत सु.रामबहादुर राजलवटको प्रहरीमा भएको ०२७।७।२ को कागज । ४. श्रावण २२ गते ध्यानीको छोराले माइजूलाई सञ्चो भएन झारफुक गरीदेउ भनेको हुँदा भीमनरसिंहको घर जाँदा विरामी आइमाईको दुवै हात र शरीर छटपटाई हात हल्लाई रहेको थिइन आँखा खुम्चो सेतो सानु पारी परेला फरफराई रहेको शरीर भरि धेरै पसीना भई बोल्न नसक्ने अवस्था भई मुख चेहरा भुरभुराउँदो रातो जस्तो थियो मुख बाई हात हल्लाएकोबाट पानी मागे जस्तो लाग्यो नाडी छाम्दा ज्यादा तातो नभई छिटो चलेको लल्याकलुलुक भई मुख बाई लडबडाई रहेको केही राल फिँज मुखबाट आएको थियो झारफुक गर्न शुरू गर्न लागेको थिए, डाक्टर आएकोले छाडिदिए बीष खुवाई मारेको भन्ने हल्ला सुनेको जाहेरवालाको पोल परेको हुँदा पोलिएका व्यक्ति उपर शंका लाग्छ भन्ने समेत माइलो भन्ने नरबहादुर कामीको प्रहरीमा भएको बयान । ५. १–१।। महीना अगाडि ईन्द्