निर्णय नं. १२४३ - लिखित बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२४३ - लिखित बदर भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/०४ २१२२ निर्णय नं. १२४३ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् ०३५ सालको दे.पु.नं. १२४ फैसला भएको मिति : २०३६।३।४।२ मा निवेदक : नु.जि. राप्ती गा.पं.वार्ड नं. १ समुन्द्रटार भई हाल ऐ.वडा नं. २ नौबिसे बस्ने वर्ष ३४ को पद्मप्रसाद उपाध्याय आचार्य विरूद्ध विपक्षी : नु.जि. तामे गा.पं.वार्ड नं. ५ बाह्विसेको हाल रामति गा.पं.वार्ड नं. ६ बाह्रबिसे बस्ने अं.वर्ष ५२ को चूडाबहादुर पाण्डे क्षेत्री मुद्दा : लिखित बदर (१) अचलमा हकदैया पुग्न आउने स्थिति कतैबाट पनि नभएको केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएकोले अचल सम्पत्तिको हकबाट गरेको लिखित बदर गरीपाउँ भनी दावी गर्न अ.बं.८२ नं. ले हकदैया नपुग्ने । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या. त्रैलोक्यराज अर्याल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझी न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) (ख) अन्तर्गत पुनरावेदनको अनुमति पाउँ भनी निवेदन गरी अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : पूर्व चोभेरे खोलसी पश्चिम पिडगलबहादुरको बारीको खेत बनाएको गरो र चित्रबहादुरको रैकर खेत उत्तर जोगी लड्ने भिरको मूल बाटो भई घर घडेरीको गरोको गरो माथिको रैकरबारी दक्षिण सुर्जेती खोला यति ४ किल्ला भित्रको ल.नं. ८ को सागूरूमटे खेत ।१६।१९।६।७ मध्ये खेत ८।९।७।४ को खला १ र ल.नं. ३८ को सोती बगर खेत ।४। मध्ये खेत ।२ को खला १ र ०९ सालको नम्बरी नौबिसे खोला ।४१ मध्ये खेत ।११।११ र २५ को खला १ समेतको खेत कित्ता ३ र सालको भूमि कर रू.।९४ लागेको घरबारी रोपनी १ को कित्ता १ र सोही बारीमा बनेको १८।१३ को २ तले कच्ची पराले छाना भएको घर १ समेतको जग्गा विपक्ष मध्ये फूलकुमारीसँग ३०।१०।१३ गते रू.२३,०००। मा घरसारमा राजीनामा गराई लिई भोगचलन गरी आएको जग्गामा विपक्षहरू मिली मलाई राजीनामा गरी दिइसकेपछि गैरकानूनी तरिकाबाट दोहरा पारी विपक्ष मध्ये फूलकुमारी राणा, पद्मप्रसाद धनी बनी ०३१।२।२ मा रू.३७,०००। मा राजीनामा खडा गरी मकवानपुर मालमा पारित गराई लिएछन् सो कुरा मैले पारित गराई पाउँ भनी दिएका मुद्दाको फूलकुमारीको प्रतिउत्तर लेखबाट थाहा भएबाट मलाई गरिदिएका राजीनामा बमोजिमको जग्गा विपक्ष पद्मप्रसादलाई पुनः राजीनामा पारित गरिदिएका ०३१।२।२ को राजीनामा लिखत बदर गरी सजाय समेत गरिपाउँ भन्ने फिराद । ३. वादी दावीको जग्गा फूलकुमारीसँग रू.३७,०००। मा ०३१।२।२ मा पास गराई लिएको छु वादी दावाको राजीनामा लिखत पारित नभएको हुँदा कानूनले मान्यता दिन मिल्दैन त्यस्तो लिखतलाई मूल आधार मानी दायर गरेको वादी दावा अ.बं.८२ नं. र १८ नं. समेतले खारेज हुने मैले राजीनामा गराई लिएको जग्गामा विपक्षले खिचोला गरेमा मेरो नालिस परी मुद्दा चलेकै छ वादी दावा बमोजिम दोहरा पारित गराई लिएको होइन भन्ने समेत पद्मप्रसादको प्रतिउत्तर । ४. दावी दावा बमोजिम सत्य कुरामा गाउँ पञ्चायतको हैसियतले सिफारिश सम्म गरी दिएको अरू कुनै कुरा गरेको छैन वादीको लिखत पारित नभएको हुँदा वादी दावा झुठ्ठा हो भन्ने समेत केदारनाथको प्रतिउत्तर । ५. वादी दावीको जग्गा वादीलाई रू.२३,०००। मा घरसारमा गरिदिएको रू.६,५०० दिएर ब