निर्णय नं. १२४४ - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२४४ - जग्गा भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०२/०३ १७४१ निर्णय नं. १२४४ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.फु.नं. ११९ फैसला भएको मिति : २०३६।२।३।५ मा पुनरावेदक : का.जि. डिल्लीबजार बस्ने शाहाबहादुर शाहा विरूद्ध विपक्षी : सप्तरी तुरकौल गा.पं.वार्ड नं. ५ बस्ने प्रतिभादेवी उपाध्यायनी समेत मुद्दा : जग्गा (१) तत्कालीन संशोधन सहितको न्यायप्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ८ को उपदफा (२) को खण्ड (क) ले पुनरावेदन नै नलाग्नेमा लिई हेरी निर्णय दिएको अनाधिकार गरेको देखिन आउने । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला न्या. बासुदेव शर्मा : पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट २०३३।७।२३।२ मा गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त भई आएको मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छन् : २. मेरो सीमाना भित्रको भनी जबरजस्ती गरी मिची बाली खाई दिने गरेकोले जग्गा छुटाई पाउँ भनी सप्तरी गोश्वारा मालमा उजूर दिएकोमा केही कारवाई गरी नदिएकोले जग्गा गोलमालमा परिरहेको हुँदा पनि मैले तिर्ने बाली अरूले खाने गरी माल गोश्वाराबाट जग्गा छुटाई दिएमा आफ्नु–आफ्नु जग्गा आफूले भोग गर्न पाउने हुँदा सर्भेबाट भएको नाप नक्सा जहाँ छ, सो समेत झिकाई नक्सा बमोजिमको जग्गाको कित्ता–कित्तामा गई जाँची छुट्याई दिनु भन्ने र सुरक्षा पनि गरी दिनु भन्ने सप्तरी गोश्वारा मालका नाउँमा प्रमांगी गरिपाउँ । निजले लगेको बालीको हकमा पछि उजूर गर्नेछु भन्ने समेत व्यहोराको शाहाबहादुरले चढाएको निवेदनमा के भएको रहेछ, बुझी ऐन सवाल बमोजिम कारवाई गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेबमोजिम सूचित गरेको छु भन्ने समेत प्रमुख सविचालय सिंहदरबारलाई ०१४।१२।२८ मा प्रमांगी बक्स भई सो सचिवालयबाट सप्तरी गोश्वारालाई लेखी गएको रहेछ । सर्वे नापीनक्सा बमोजिमको जग्गाबिगाहा १००। छुटाई मेरो दर्ता कायम गरिपाउँ भनी शाहाबहादुरले सप्तरी गोश्वारामा गरेको बयान । मैले जबरजस्ती रैती बसाई खाएको छैन भन्नेसमेत प्रतिभादेवीको वा.भई आफ्ना हकमासमेत अञ्जनीकुमारको स.गोश्वारामा गरेको बयान । २०२६ साल माघ १३ गतेको नक्सा नाप जाँच मुचुल्कामा छुट्याई जनाएको जग्गामध्ये वादी शाहाबहादुर शाहाको हाल दर्ता कायम देखिएको ७८ अठहत्तर बिगाहा जग्गा निज शाहाबहादुरकै ठहर्छ । सो जग्गामा प्रतिवादी प्रतिभादेवी अञ्जनीकुमारले खिचोला गरेको ठहर्छ भन्ने शुरू सप्तरी जि. अ.को मिति २०२८।९।६।३ को फैसला । ३. वादीले दर्ता गराए भनेको जग्गा हाम्रो नम्बरीको रैतीले भोगेको छ भन्ने समेत पुनरावेदन । ४. सीमाना छुट्टिई हाम्रो ठहरिएको भन्ने पुनरावेदन लेखबाट नदेखिएकोले समेत शुरू जिल्ला अदालतले ठहराएको इन्साफ मनासिव ठहर्छ भन्ने समेत सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको २०३०।१२।५।२ को फैसला । ५. सो फैसलामा चित्तबुझेन भन्नेसमेत प्रतिभादेवीको पू.क्षेत्रीय अदालतमा परेको पुनरावेदन । ६. सप्तरी गोश्वाराले हु.प्र.बमोजिम कारवाही गर्नुपर्ने हो सो नगरी अदालततर्फ पठाएको र अदालतले पनि कारवाई गरी निर्णय गरेको हु.प्र.र कानून बमोजिम भएको नदेखिएको हुँदा शुरू जिल्ला अदालतले कारवाई गरी निर्णय गरेको हु.प्र.र कानून बमोजिम भएको नदेखिएको हुँदा शुरू जिल्ला अदालत र अञ्चल अदालतले गरेको फैस