निर्णय नं. १२४५ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२४५ - भ्रष्टाचार भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/०३ २१३९ निर्णय नं. १२४५ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३५ सालको फौज्दारी पुनरावेन नम्बर ९७ फैसला भएको मिति : २०३६।३।३ मा पुनरावेदक : का.जि. बानेश्वर बस्ने शाखा अधिकृत माणिकराम पोखरेल विरूद्ध विपक्षी : रामसुन्दर खड्का क्षेत्रीको जाहेरीले श्री ५ को सरकार मुद्दा : भ्रष्टाचार (१) आफ्नो पद अनुसारको जिम्मेवारी अनुसार आचरण नगरेमा नि.से.नि. २०२१ को नियम (६.५) प्रयोग हुनेमा उक्त १०(६)(७) को उल्लेख भएको आधारहिन हुन गएकोले उपरोक्त निर्णयमा परेको उक्त नियम (६)(७) को उल्लेखसम्म नमिलेको देखिने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान अ. श्री ठाकुरप्रसाद खरेल तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या. बासुदेव शर्मा : श्री ५ को सरकारको ०३५।४।९ को निर्णय उपर भ्रष्टाचार ऐन, ०१७ को दफा २१(२) अन्तर्गत कानूनी तथ्यमा प्रतिवादी मणिराम पोखरेलको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ : २. झापा जिल्ला भूमिप्रशासन कार्यालयका का.मु.भूमिप्रशासक श्री मणीराम पोखरेलले गर्नुभएको काम कारवाहीमा भ्रष्टाचार भयो भ्रष्टाचार गरी कमाएको सबै सरकारको ढुकुटी दाखिल गरी गराई सजाय गरी हामी गरीब सुकुम्बासीको थातबास थामी पाउँ भन्ने समेत व्यहोराको मेची अञ्चल झापा जिल्ला निवासीहरूको हकमा र आफ्नो हकमा समेत रामसुन्दर खड्का क्षेत्रीले श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको द.नं. ख.११३९ को बिन्तिपत्रमा “यो बिन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए भ्रष्टाचार गरे भन्ने तर्फ त्यस विभागबाट जाँचबुझ र निर्णय गरी ३ महीना भित्र नतीजा जाहेर गर्नु” भनी तहाँ पठाई दिनु भन्ने श्री ५ महाराजाधिराजाबाट हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग राजदरबार मार्फत विशेष प्रहरी विभागका नाउँमा हुकुम बक्स भई आए अनुसार तत्सम्बन्धमा विशेष प्रहरी विभागबाट कार्यवाही चलाएको रहेछ । ३. भूमिप्रशासन शाखा झापाको हकबन्दी फाँटमा काम गर्ने ख.विश्वबन्धु ओझाबाट गोपालनाथको हदबन्दी जग्गाको सम्बन्धमा कार्यवाही निर्णय भएका कुराहरू समेतको बयान लिएको रहेछ । ४. पुनरावेदक मणिराम पोखरेल विरूद्ध उपरोक्त उजूरी बाहेक विशेष प्रहरी विभागमा निम्न लिखित अन्य उजूरीहरू पर्न आई तत्सम्बन्धमा कार्यवाही भएको रहेछ । (१) दुवै थरको मञ्जूरी बेगर दोहरा कित्ताबाट गर्न नहुनेमा आफ्ना नाता पर्नेको पक्ष मुलाहिजामा लागी गोकुलकुमारलाई हानी पुर्याएको भन्ने । (२) शुरूंगाको ऐलानी पर्ति जग्गा बसोबास गर्नेका नाउँमा दर्ता नगरी घूस खाई अरूकै नाउँमा दर्ता गरे भन्ने । (३) श्री ५ को सरकारको भनी जानी राखेको जग्गालाई मेटल राजवंशीको नम्बरी भित्रको भनी लिनु खानु गरी ०२९।२।९ मा जग्गा दर्ता गराए भन्ने । (४) काठमाडौं भू.प्र.का.मा बस्दा बौद्ध गा.पं.को ४–७–० क्षेत्रफलको २१ परिवारले बसोबास गरी आएको जग्गालाई बाबुकाजी खड्कीको नम्बरी भनी दर्ता गरे भन्ने । (५) जग्गा वितरण कमिटिमा आफू भूमिप्रशासकको हैसियतमा सदस्य सचिव भई बसेको बेला पर्सा विरूवा गुठीको ६–१२–० क्षेत्रफल जग्गा आफ्ना नाबालक छोराछोरीको नाउँमा दर्ता गराई बिक्री गरी आर्थिक फाइदा उठाए भन्ने । ५. गोपालनाथ श्रेष्ठले निजकी दिदी चन्द्रकुमारी म