निर्णय नं. १२४६ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२४६ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/२४ १९५९ निर्णय नं. १२४६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर १०८६ आदेश भएको मिति : २०३६।३।२४।१ मा निवेदक : भारत जिल्ला चम्पारपा थाना बैतिया सरैया घर भई हाल काठमाडौंस्थित भद्रगोल कारागारमा कैद रहेको क्याम खाँ मुसलमान विरूद्ध विपक्षी : चितवन जिल्ला अदालत समेत विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ (१) मुलुकी ऐन दण्ड सजायको ३८ को (१) र ४१ नं. तथा चोरीको २८ नं. ले जरिवाना वापत ४ वर्ष भन्दा बढी ठेक्ने व्यवस्था भएको नपाइने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ भन्नेसमेत कुराको माग गर्दै मिति ०३५।१०।२३ मा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यसप्रकारका रहेछन् २. निवेदकलाई शनिश्वरप्रतापको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी तपाईं भएको चोरी मुद्दामा ०३०।९।२९ को फैसलाले चोरीको १२ नं. ले लागेको जरिवाना रू.७२५।८१ कैद महीना ।१ मा जरिवाना नतिरे चोरीका २८ नं. ले कैद वर्ष २ समेत कैद वर्ष २।१ सूर्यकुमारीको जाहेरीले श्री ५ को सरकार वादी तपाईं प्रतिवादी भएको चोरी मुद्दामा दोश्रो पटक पारी नकवजनी चोरी गरेको ठहरेकाले डेडो जरिवाना रू.५,१९४।१३ कैद महीना ।४।१ जरिवाना नतिरे चोरीको २८ नं. ले कैद वर्ष ४ समेत कैद वर्ष ४।४।१५ क्षेत्रबहादुरको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी तपाईं समेत भएको चोरी मुद्दामा ०३१।५।२८ का फैसलाले तेश्रो पटक पारी नकवजनी चोरी गरेको ठहरेकाले डेडा रू.३,०३७।७२ कैद महीना ।९ जरिवाना नतिरे चोरीका २८ नं. ले कैद वर्ष ४ समेत कैद वर्ष ४।९ कलमको गरी जम्मा कैद वर्ष ११।२।१५ मा डं.स.का ४१ चोरीको २७ नं. ले कैद वर्ष १० मा ०३०।६।९ देखि थुनामा रहेकोले सो मितिले २०४० आश्विन ८ गते तक कैद बसी ऐ.९ गते छुट्टी जाने गरी तपाईंलाई कैद म्याद ठेकिएको यो कैद पूर्जी गरिदिने काम भएको छ भन्ने समेत व्यहोराको विपक्षी जिल्ला अदालतबाट ०३२।१२।१६ मा निवेदकलाई पत्र दिएको रहेछ । सो कैदी पूर्जी समेत गैरकानूनी छ भन्दै प्रस्तुत रिट दर्ता हुन आएको रहेछ । संक्षिप्त जिकिर यस प्रकारको रहेछ : ३. जरिवाना वापत कैद ठेक्दा दण्ड सजायको ३८ नं. मा र धेरै वा एकै मुद्दामा कैद ठेक्दा दण्ड सजायको ४१ नं. मा अलग–अलग व्यवस्था गरिएको छ । कानूनी प्रावधानहरूको आधारमा मलाई जरिवाना वापतको सम्पूर्ण रकम रू.८,९५७।६६ वापत कैद वर्ष ४ र तिनै मुद्दाको कैदको सजाय वापत १।२।१५ दिन समेत ५।२।१५ दिनको लागि थुनामा रहेको मिति ०३०।६।९ देखि मिति ०३५।८।२४ सम्मको लागि कैदी पूर्जी दिनु पर्नेमा गैरकानूनी ढङ्गबाट डं.स.को ३८ नं. को देहाय १ र चोरीको २८ नं. को उपल्लो हद नघाई मिति २०४०।६।८ सम्मको कैदी पूर्जी दिनु भएबाट गैरकानूनी थुनामा कारागारमा बसिरहेको छु बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ भन्नेसमेत रहेछ । ४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चका ०३५।१०।२९ का आदेशानुसार विपक्षीहरूद्वारा प्राप्त लिखितजवाफ