निर्णय नं. १२४७ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२४७ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/२७ १८७३ निर्णय नं. १२४७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नम्बर १३५१ आदेश भएको मिति : २०३६।३।२७।४ मा निवेदक : भद्रगोल कारागारमा रहेको युवराज वेलवासेको हकमा ईन्द्रप्रसाद खरेल विरूद्ध विपक्षी : जेलर सदर कारागार कार्यालय समेत विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ (१) शान्ति या सुव्यवस्था भंग हुने आशंका लागेकोले थुनामा राख्नु पर्ने कारण उपस्थित भएको भनी नभएबाट–थुनामा राख्ने पूर्वाधार देखिएन–यसको अभावमा अधिकारको दुरूपयोग हुन जाने । (प्रकरण नं. १६) (२) सार्वजनिक सुरक्षा ऐन, २०१८ प्रयोग गरी थुनामा राख्ने पूर्वाधारको अभाव देखिएकाले नजरबन्द राखेको कानूनसंगत नदेखिने । (प्रकरण नं. १९) निवेदक तर्फबाट : वि.अ.श्री विश्वकान्त मैनाली तथा वि.व.अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधान र कानूनद्वारा प्रदत्त हकको संरक्षणको लागि संविधानको धारा ७१ अन्तर्गत बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ कानूनी थुनाबाट अविलम्ब रिहाई गरिपाउँ भनी रिट निवेदन मिति ०३६।३।१३।४ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य जिकिर यस प्रकार छ : थुनामा रहेका प्राध्यापक युवराज वेलबासेलाई देशमा भएको आन्दोलनको सिलसिलामा २०३६।२।१० गते बिहान पढाउने वादी नयाँ सडकमा शसस्त्र प्रहरीहरूले पूर्जी बेगर जवर्जस्तीसँग कुटपिट लछार पछार गर्दै हनुमानढोका डी.एस.पी.कार्यायमा थुनामा राखेको थियो निजलाई धेरै दिनसम्म थुनुवाको कारणको पूर्जी नदिई खानापिना नदिई निर्मम तरीकाले दैनिक कुटपिट गरी राखेको थिए सुरक्षा कानूनको पूर्जी दिई उक्त कारागार चलान गरेकोमा आन्दोलनको सिलसिलामा सुरक्षा कानून अन्तर्गत थुनुवामा रहेका सबैलाई छाडी दिने मिति भएपछि निजलाई पनि छाड्न पर्ने भएकोले प्रहरीले पुनः निजलाई गोरखापत्र संस्थानमा आगो लगाएको झुठ्ठा आरोप लगाई १५ लाख बिगो समेत दावी गरी मुलुकी ऐन आगो लगाउनेको महल अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा काठमाडौं जिल्ला अदालतबाट अ.बं.११८ नं. को दफा २० बमोजिम पूर्पक्षको लागि तारिखमा राख्ने तर प्रहरी प्रतिवेदनमा प्र.नि.रविचन्द्रलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गर्‍यो भन्ने मुद्दा दायर गर्नको लागि यस कार्यालयमा फिर्ता पठाई दिनु भनी माग गरेको हुँदा प्रहरी साथ लगाई फिर्ता पठाई दिनु भनी मिति ०३६।३।७।५ मा अतिरिक्त जि. न्या. डम्बरबहादुरबाट आदेश भयो । प्रहरीले पुनः ज्यान मार्ने उद्योग गरेको, चोरी गरेको र सरकारी मोटर साइकल आगो लगाएको भन्दै काल्पनिक र झुठ्ठा प्रमाणहरू खडा गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा डायर गरेकोमा काठमाडौं जिल्ला अदालतबाट १० वर्ष कैदको हुने महीनाको रू.४५। को दरले रू.५,४८०। धरौट दाखिल गरेपछि तारिखमा छाडी दिने भन्ने आदेश भएबाट त्यस दिन धरौट दाखिल गर्न नसकी सदरखोरमा थुनामा राखियो । सारा विद्यार्थीहरूले चन्दा असूल गरी मिति ०३६।३।१२ मा काठमाडौं जिल्ला अदालतमा दाखिल गरी तारिखमा छुटाउन लाग्दा बन्धुकधारी शसस्त्र पुलिसले अदालतको मर्यादाको ख्यालै नराखी इजलासबाटै लछार पछार गरी जवजस्तीसँग कुटपिट गर्दै युवराजलाई प्रहरी बन्द गाडीमा चलान गरे । प्रहरीबाट अदालतको अपमान र अवहेलना गरे सम्बन्धमा अदा