निर्णय नं. १२४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/३२ १९४२ निर्णय नं. १२४८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर १०२६ आदेश भएको मिति : २०३६।३।३२।२ मा निवेदक : कोशी अ.मोरङ जिल्ला बयरवन गा.पं. वडा नं. ८ बस्ने विष्णुकुमार प्रसाई विरूद्ध विपक्षी : श्री ५ को सरकार शिक्षा मन्त्रालय परीक्षा उपशाखा, कमलपोखरी समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) विधिवत एस.एल.सी.परीक्षा उत्तीर्ण गरेको लब्धाङ्क पत्र समेत पाइसकेको परीक्षाबाट उत्तीर्ण भइसकेपछि परीक्षा रद्द गर्ने अधिकार–ऐन तथा नियम समेतमा व्यवस्था नभई–शिक्षा मन्त्रालय परीक्षा उपशाखाले केवल परीक्षाफल स्थगित राख्ने र परीक्षाबाट निष्काशन गर्न सक्नेसम्म अधिकार दिएको देखिएकोले–परीक्षा रद्द गर्ने गरी दिएको आदेश बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद सुब्बा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आदेश पूर्जी जारी गरी विपक्षीहरूको गैरकानूनी निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३५।९।२५।३ मा दर्ता हुन आएको रहेछ । संक्षिप्त तथ्य यस प्रकार छ : २. निवेदकले २०३२ सालमा माध्यमिक विद्यालय दमकमा अध्ययन गरी मिति ०३२।११।२।६ मा नवम कक्षाको प्रमाणपत्र लिई शारदा माध्यमिक विद्यालयमा उक्त प्रमाणपत्रको आधारमा २०३३ सालको मार्ग महीनामा नवौं कक्षाको वार्षिक परीक्षामा सम्मिलित भई उत्तीर्ण गरेर उक्त माध्यमिक विद्यालयबाटै २०३४ सालको माघ महीनामा लिइने एस.एल.सी.परीक्षामा सम्मिलित भई परीक्षाफल स्थगित रहेकोमा २०३५।३।१२ मा परीक्षा उप–शाखा कमलपोखरीमा आवश्यक करबाही चलाई नतिजा प्रकाशन भएको म निवेदक द्वितीय श्रेणीमा उत्तीर्ण भई २०३५।२।२० मा लब्धाङ्क पत्र समेत बुझी महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा प्रमाणपत्र तहको अध्ययन निमित्त प्रवेश परीक्षा उत्तीर्ण गरी प्रथम सत्रमा अध्ययन गरिरहेको र हाल परीक्षा उप–शाखा कमलपोखरीले हिमालय माध्यमिक विद्यालयको लेखापढीमा भनी मैले उत्तीर्ण गरिसकेको एस.एल.सी.परीक्षा रद्द गर्ने निर्णय सरासर गैरकानूनी एवं त्रुटिपूर्ण छ । उक्त निर्णय बदर गरिपाउँ भनी प्रस्तुत निवेदनमा लिइएका मुख्य जिकिरहरू यस प्रकार छन् । ३. मैले विधिवत एस.एल.सी.परीक्षा उत्तीर्ण गरेको लब्धाङ्क पत्र समेत पाइसकेकोमा पुनः सोही कार्यालयले रद्द गराउनेतर्फ कारवाही चलाउनु सरासर नमिल्ने कुराको पछि आएर मात्र रद्द गराइनुबाट बदनियत वा जथाभावी विवेकको प्रयोग हुन गएको प्रष्ट छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रण सम्बन्धीका श्री ५ को सरकार शिक्षा मन्त्रालय, परीक्षा उप–शाखाले गर्ने कुरा शिक्षा नियमावली, २०२८ को नियम १५ मा उल्लेख भएको र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रण गर्नका लागि परीक्षा समिति रहने व्यवस्था उक्त नियमकै उपनियम (२) मा व्यवस्था गरिएको र सो परीक्षा समितिको काम कर्तव्य अधिकार बारेमा नियम १६ मा व्यवस्था गरिएको र उक्त अधिकारमा पनि उत्तीर्ण गरिसकेको परीक्षा रद्द गर्न सक्ने अधिकार देखिँदैन । शिक्षा (पहिलो संशोधन) ऐन, २०३३ को संशोधन दफा १७ को उपदफा २(ख) अनुसार पनि विद्यार्थीलाई विद्या