निर्णय नं. २५५३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५५३ - अंश भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/१४ ३२७८ निर्णय नं. २५५३ ने.का.प. २०४२ अङ्क १२ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.फु.नं. ८४ मुद्दा : अंश । निवेदक/वादी:का.जि.का.नगर पंचायतवडा नं.३२ डिल्लीबजार बस्ने प्रल्हाद जंग थापा । विरुद्ध विपक्षी/प्रतिवादी:का.जि.का.नगर पंचायतवडा नं.२९ हाल डिल्लीबजार बस्ने उमादिव्यश्वरी थापा । ऐ.बस्ने उत्तम जंग थापा । ऐ.बस्ने किशोर जंग थापा । फैसला भएको मिति:२०४२।११।१४।३ मा कानुनी व्यवस्थाबाट अंश हक जन्मसिद्ध अधिकार भएको देखिन्छ, कानुन प्रदत्त जन्मसिद्ध सो अधिकारलाई कानुनले मात्र समाप्त गर्न सक्छ कानुनले प्रष्टतया अधिकार नदिएसम्म जन्मसिद्ध कानुनी अधिकारलाई छोड्ने छोडाउने कागज गराए पनि सो कागजको मान्यता हुनसक्ने देखिएन । (प्रकरण नं. १८) अंश नपाएकोमा सो पाउनको लागि कुनै हदम्यादको व्यवस्था भएको देखिन नआएकोले चित्त नबुझे वादीले नालिश (प्रसंग हेर्दा “नालिस” को सट्टामा “वालिग” हुनु पर्ने देखिन्छ ।–संयोजक) भएको मितिले तीन महिना भित्र नालिश गर्नुपर्ने भन्ने प्रतिवादी जिकिर सर्वथा तर्कहीन देखिने । (प्रकरण नं. १९) निवेदक वादी तर्फबाटःX विपक्षी प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः यस अदालत फुल बेञ्जबाट मिति ०४०।९।१५।६ मा अंश र निषेधाज्ञा मुद्दामा भएको फैसलाहरू दोहोराई पाउँ भनी निवेदक प्रल्हादजंग र माकली थापाले न्यायिकसमितिमार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको बिन्तिपत्रमा भएको निवेदन प्रल्हादजंगको हकमा सम्म नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपर्युक्त निर्णयहरू दोहोराइदिने भन्ने हुकुम वक्स भई आएबमोजिम प्रस्तुत यस अदालतको फुल बेञ्जको लगतमा दर्ता भई निर्णयार्थ यसबेञ्चमा पेश हुनआएको प्रस्तुतमुद्दाको संक्षिप्तव्यहोरा निम्नबमोजिम छ : २. स्वर्गीय केशरजंगको म फिरादी माकली र प्रतिवादी उमादिव्यश्वरी दुई पत्नी हुन् । म माकली तर्फका छोरा फिरादी प्रल्हादजंग र उमादिव्यश्वरीका उत्तमजंग, किशोरजंग समेत हामी जम्मा ५ अंशियार हौं । ०२०।३।२१।६ मा हामी वादीहरूलाई जनही रु. १०००।– रुपैयाँ लोग्ने पिता केशरजंगले दिई अंशको छोडपत्र गरिदिएको ०२१।६।१४ मा नलिएको रकम लिएको भनी कागज गराएको छ, सो कागजबाट हामीहरूको रीतपूर्वकको बण्डा नभएकोले फिराद दर्ता मितिलाई मानो छुटिएको मिति कायम गरी तायदाती लिई दुईभाग अंश छुट्याइपाउँ भन्नेसमेत वादीहरूको फिरादपत्र । ३. विपक्षीले बुबाबाट अंश पाएकोमा चित्त नबुझे म्यादभित्र उजूर गर्नु पर्ने नगरी हामी २०१६ सालमा अंश लिई बण्डापत्र पास गरी छुटी आ–आफ्ना खती उपती व्यहोरी आएको हुँदा झुठ्ठा दावा लिई फिराद गरेकोले फुर्सद पाउँ भन्ने उत्तमजंग, किशोरजंगको प्रतिउत्तर । ४. वादीले अंश लिई अंश छोडपत्र गरी सकेपछी अहिले झुठ्ठा दावा लिई फेराद गरेको हो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको उमादिव्यश्वरीको प्रतिउत्तर । ५. अंश बापत रु. ३०००।– लिई उमादिव्यश्वरीलाई अंश छोडपत्र पास गरी दिई सकेपछि पुनः अंशमा दावा गर्न नपाउने हुँदा वादी दावी पुग्न सक्दैन भन्नेसमेत व्यहोराको का.जिल्ला अदालतको फैसला । ६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीहरूको मध्यमाञ्चल