निर्णय नं. २५५४ - जग्गा बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५५४ - जग्गा बाली भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/२४ २१६२ निर्णय नं. २५५४ ने.का.प. २०४२ अङ्क १२ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको दे.फु.नं. ४९ मुद्दा : जग्गा बाली । निवेदक/प्रतिवादी:नर बहादुर गिरीको मुद्दा सकार गर्ने जिल्ला पर्सा वडही गाउँ पञ्चायत वडा नं.९ बस्ने विष्णु राज गिरी । विरुद्ध विपक्षी/ वादी:गुठी संस्थान । फैसला भएको मिति:२०४२।११।२४।६ मा प्रतिवादीद्वारा कुनै तथ्यमा गरिएको स्वीकारोक्तिले सम्पूर्ण वादी दावीलाई स्वीकार गरेको भनी अर्थ गर्न मिल्दैन, प्रतिवादीले स्पष्टसँग स्वीकार गरेकोदेखि बाहेक अन्य सम्पूर्ण दावी प्रमाणित गराउने भार प्रमाण ऐन, २०३१ को दफा २६ ले वादी उपर नै पर्दछ र सो भारबाट वादीले मुक्ति पाउने अवस्था नरहने । (प्रकरण नं. १३) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री शम्भु कार्की उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट २०३८।१०।४ मा किनारा भएको जग्गा बाली मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकूम प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. संस्थानले चर्ची आएको कायमी मौज दरदरवा जग्गा विगहा ३६–१०–२ को यो २०२५ साललाई २०२४।१२।२३ गते तारिख मुकरर गरी त्यस टायममा कसैले सकार गर्न नआएकोले संस्थानबाट जग्गा बन्दोवस्तको व्यवस्था भइरहेको अवस्थामा सो महवा मठ अन्तर्गत दरदरवा मौजाको कायमी जग्गा विपक्षीहरूले कब्जा गरी २०२५ सालको हुण्डा बाली नदिने बिचार गरेको गुठी संस्थानको सम्पत्तिमा अनाधिकार जबरजस्ती हात हाल्ने विपक्षीहरूबाट बाली बिगो कोर्टफी समेत दिलाई जग्गामा समेत कब्जा जमाउन नपाउने गरिपाउँ भन्ने समेत १९ जना प्रतिवादीहरू उपर दावी लिन सो मध्ये नरबहादुर गिरीले विगहा ११–१३–१० मा धानबाली र जग्गा विगहा ८–१५–३ मा उखू बाली लगाएकोले बिगो रु. २७,१४५।६३ कोर्टफी रु. १,६९७।३५ समेत जम्मा रु. २,८४२।९८ भराई पाउँ भन्ने समेत वादी दावी । ३. हामीहरूले कमाएको जग्गा एकै चाकला नभई छुट्टा छुट्टै हद नम्बर कित्ता चौहदीको भई जग्गा कमाउन समेत छुट्टा छुट्टै व्यक्ति भएकोले अ.बं.७२ नं.ले छुट्टा छुट्टै नालिश दिनु पर्ने एउटै फिरादबाट इन्साफ गर्न नमिल्ने हुँदा खारेज गरिपाउँ । गत वर्ष पनि बाली सम्बन्धमा विपक्षीसँग यसै अदालतमा बाली सम्बन्धमा मुद्दा चल्दै छ टुंगो लागी सकेको छैन । विपक्षीले बाली रोक्का गराई पाउँ भनी नारायणी अञ्चलाधिश कार्यालयमा कारवाही चलाएकोमा सो कार्यालयबाट जबरजस्ती कमाएको नदेखी वर्षौदेखि कमाउने मोही देखि मोहीवोटी परसारी पञ्चायतमा धरौट राख्न विपक्षीलाई प्रतिनिधि पठाउन लेखी पठाएको र मु.गोविन्दलाललाई पठाएको पछि गोविन्दलाललाई झिकाई गएकोले पञ्चायतमा आधा बाली बुझाई भर्पाई लियौं भन्ने सामुहिक व्यहोरा उल्लेख गरी म नरबहादुरले उखू बाली लगाएकै छैन र वादीले दावी गरे बमोजिमको जग्गा आवाद गरेको नभई १–१०–० जग्गा मात्र धान खेती गरेको