निर्णय नं. ८६६१ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६६१ - उत्प्रेषण मिश्रित परमादेश भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/१२/२१ ३१६९ ने.का.प. २०६८, अङ्क ७ निर्णय नं.८६६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की २०६३ –WO–११०९ आदेश मितिः २०६७।१२।२१।२ विषय :– उत्प्रेषण मिश्रित परमादेश । निवेदकः जिल्ला सर्लाही, गाउँ विकास समिति डमुमरिया, वडा नं.४ बस्ने सकुन्तलादेवी सिंह भूमिहार विरुद्ध विपक्षीः जिल्ला सर्लाही, गाउँ विकास समिति गडहिया वडा नं. १ बस्ने रामचन्द्र सिंह भूमिहार § भरी पाउने विगो एक, दुई केही कित्ता जग्गाबाटै उठ्नसक्ने अवस्था हुँदाहुँदै भएभरको सबै जग्गाबाट तर्फ समेत आफैँ छानी लिलाम गराउनु सरासर कानूनविपरीत र अन्यायपूर्ण कार्य हो । विगो असूलउपर गर्न चाहिने जति जग्गा लिलाम गरी विगो भराउन सक्नेसम्म कानूनी व्यवस्था हो । ऋणी वा तिनका परिवारका नाममा रहेको सबै जग्गाबाट छानीछानी जग्गा नै लिने गरी विगो भराउ गर्ने कानूनी व्यवस्थाको उद्देश्य होइन । यसको अतिरिक्त ऋणीलाई मात्र पञ्चकृते मूल्याङ्कन र लिलामीको सूचना दिएर मात्र नपुग्ने । § दर्तावालालाई सूचना नै नदिई निजको नामको घर जग्गा लिलाम गर्नु गराउनु कानूनविपरीतको कार्य हो । साथै अन्य जग्गाहरू बाँकी रहँदा रहँदै धेरै जग्गाबाट वा सबै कित्ताबाट र घरबासको जग्गाबाट पनि कित्ताकाट गरी लिलाम गर्नु गराउनु कानूनविपरीत र अन्यायपूर्ण कार्यलाई मान्यता प्रदान गर्न सकिँदैन । यसबाट दर्तावालाको कानूनी हक माथि गैरकानूनी ढंगले अतिक्रमण भएको मान्नुपर्ने हुन्छ । यस्तो अवस्थामा त्यस्तो दर्तावालाले लिलाम बदर मुद्दा नदिएको भन्ने कारणले त्यस्तो कार्य कानूनसम्मत हुन सक्दैन वा दर्ता बदरमा फिराद दायर नगर्नुको परिणामबाट गैरकानूनी लिलाम कानूनी बन्न नसक्ने । (प्रकरण नं.५) निवेदिका तर्फबाटः विद्वान अधिवक्ता श्री महादेव पण्डित विपक्षी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५(६) आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश निम्नानुसार रहेको छ :– मेरो पति टुटन सिंह २०३८ सालभन्दा अघि स्वर्गीय हुनु भएकोले नावालक छोराद्वय त्रिभुवनप्रसाद र सन्तोषकुमारको लालनपालन शिक्षा दिक्षा समेतको अभिभारा मउपर आई म असहाय महिलाले स्वास्थ्य सेविकाको नोकरी गरी दुवै छोराहरूको भरण पोषण गर्दै पैसा जोडी घर बनाई जग्गा जमिन समेत जोड्दै आएकोमा जेठा छोराको विवाह भएपछि निजलाई २०५० सालमा नै गाउँ समाजका गन्यमान्य व्यक्तिहरूलार्ई रोहवरमा राखी भिन्न गरी दिएकी छु । म निवेदिका घरको मुख्य भई सम्पूर्ण व्यवहार चलाई आएकी छु । विपक्षी त्रिभुवनप्रसाद सिंह भूमिहारले मिति २०६०।२।१५ मा विपक्षी रामचन्द्र सिंह भूमिहारसँग रु.७३,०६०।– कर्जा लिएको भनी निजले सर्लाही जिल्ला अदालतमा २०६२ सालको दे.नं. १०३९ को लेनदेन मुद्दा दिएकोमा विपक्षी त्रिभुवनप्रसादको नाउँमा जारी भएका इतलायनामाको म्यादभित्र निजले प्रतिवाद नगरी बसेको कारणबाट सो अदालतबाट मिति २०६२।६।६।५ मा एक्तर्फी फैसला भई अन्तिम रहेको छ । विपक्षीले मेरो नाउँमा दर्ता रहेको जिल्ला सर्लाही डुमरिया गाउँ विकास समिति वडा नं. ३ को कि.नं. ३७९ को ०–५–१५, ऐ कि.नं.३ को ०–२–०, ऐ. कि.नं.९ को ०–४–१०, ऐ. कि.नं. १२ को ०–१–०, ऐ. कि.नं. २४ को ०–०–१५, ऐ. कि.नं. १५५ को ०–