निर्णय नं. २५५६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५५६ - अंश भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/२८ २१८५ निर्णय नं. २५५६ ने.का.प. २०४२ अङ्क १२ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको दे.फु.नं. १०३ मुद्दा : अंश । निवेदक/वादी:जिल्ला लमजुङ आमडाँडा गा.पं.वडा नं.३ को हाल परिवर्तित चिति पञ्चायत वडा नं.७ बस्ने भोज बहादुर सेढाइ क्षेत्री । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ. ऐ. बस्ने ईश्वरीदत्त सेढाइ । फैसला भएको मिति:२०४२।११।२८।३ मा वादी दावी बमोजिम तथ्यमा प्रवेश गरी सबै कुरा बुझी यकीन गरी अंश पाउने हो होइन ? सो कुरा ठहर निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्दकेशरी बास्तोलाः श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहर्‍याई पाउँ भनी वादीले चढाएको बिन्ति–पत्रमा व्यहोरा सांचो हो र बिन्ति–पत्रवालाको बाबु बेपत्ता भएको २० वर्ष भएको रहेछ भने बाबुको अख्त्यारनामा नभए पनि मुद्दा फुल बेञ्चबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने बक्स भई आएका हुकूम प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. बाजे लक्ष्मीदत्तका २ परिवारमा कान्छी प्यामकुमारी र जेठीपट्टी मेरो बाबु इन्द्रबहादुर भएको जेठी मेरो बज्यै अघि नै परलोक भइसकेको बाबु इन्द्रबहादुर २००३ सालतिर विक्षिप्त हुनुभएकाले अहिले २७–२८ वर्ष भयो । आमा पोइल गए बाजे लक्ष्मीदत्त पनि गत २०२२ साल पौषमा परलोक भयो । बाबु बेपत्ता भई घरमा नआएकोले काका इश्वरीदत्त र बजै प्यामकुमारीसँग ३ भाग अंश लगाई बाबुले पाउने १ बण्डा म जिम्मा दिनुहोस् भन्दा नदिएकोले श्रीसम्पत्तिको तायदाती लिई ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत २०३१।११।२१ को भोजबहादुर सेढाई क्षेत्रीको फिराद । ३. प्रतिवादी मध्येको मेरो आमा प्यामकुमारीको हालै निधन भएकोले मेरो प्रतिउत्तर जिकिर के छ भने अ.बं.८३ नं.को आधारलिएर प्रस्तुतमुद्दा दायर गरेकोले अ.बं.८३ नं.मा भएको व्यवस्था अनुसार फिराद गर्नु पर्ने कारण परेको हो, होइन सो प्रमाण बुझी पाउँ बाबु लक्ष्मीदत्तको एक मात्र श्रीमती आमा प्यामकुमारी हुनुहुन्थ्यो । वादीकी आमा पनि मेरा बाबुकी श्रीमती थिइन भन्ने कुरा मलाई थाहा छैन । सो कुरा साँचो भए बाबु लक्ष्मीदत्तसँग अंश लिन सक्नु पर्थ्यो अथवा लोग्ने कायम गराई राख्नुपर्थ्यो सो कुनै कुरा हुनसकेको छैन । मेरा बाबु र निजकी बुढी आमा निधन भइसकेपछी जालीझेलीहरूको बहकावमा लागी मेरोसम्पत्ति खाउँला भन्ने उद्देश्य राख्दैमा अंश दिनै पर्ने र वादीले अंश पाउनु पर्ने हैन भन्ने समेत ईश्वरीदत्त सेढाईको प्रतिउत्तर । ४. मेरो बजै लक्ष्मी दत्तकी श्रीमती मेरा बाबु इन्द्रबहादुरको आमा ल्याइते हुनुहुन्थ्यो नाम थाहा छैन । कहिले बजै परलोक हुनु भयो थाहा छैन । जग्गा जीवन वृत्तिलाई दिएको भन्ने सुने जानेको हुँ भन्ने समेत वादी भोज बहादुरको बयान । ५. वादी दावा बमोजिम वादीले प्रतिवादीबाट अंश पाउने हुन् भनी ठहराउन न्यायोचित नपर्ने भई वादी दावा पुग्न सक्दैन वादी दावा खारेज हुने ठहर्छ भन्ने समेत मनाड्ड तथा लम्जुङ जिल्ला अदालतको मिति २०३३।८।८ को फैसला । ६. सो फैसलामा चित्त बुझेन भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अद