निर्णय नं. १२४९ - क्षतिपूर्ति दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२४९ - क्षतिपूर्ति दिलाई पाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/२२ २२७२ निर्णय नं. १२४९ ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको दे.फु.नं. २४ फैसला भएको मिति : २०३६।३।२२।६ मा पुनरावेदक : जि. धनुषा जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना प्रा.लि.का का.मु.अध्यक्ष तथा महाप्रवन्धक फाल्गुणशमशेर ज.ब.रा. विरूद्ध विपक्षी : का.जि. बागबजारस्थिति सिद्धिगणेश ट्रेडिङ्ग कम्पनीका साझेदार ऐ.बस्ने मि.सु. नारायणभक्त श्रेष्ठ समेत मुद्दा : क्षतिपूर्ति दिलाई पाउँ (१) करार कायम राखी पाउँ भन्ने तर्फको दावा नभई करार समाप्ति गरी दिएको कारणबाट भएको क्षतिपूर्ति पाउँ भन्ने वादी दावा हुँदा त्यस्तो दावी लिई मुद्दा गर्नुपर्ने कारण करार समाप्त भएको मिति २०३६।११।७ लाई नै मान्न सकिन्छ सो भन्दा पहिले कुनै किसिमको क्षति हुन जाने कुरा आउँदैन जहाँ देखि क्षति भएको छ, सोही मिति देखि क्षतिपूर्तिको दावी गर्नुपर्ने कारण परेको हुन आउँछ । (प्रकरण नं. ८) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दा डि.बेञ्चबाट ०३५।७।२६ मा निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ यस फुल बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : जनकपुर चुरोट कारखाना प्रा.लि.र हामी वादीहरूको साझाबाट भएको साझेदारी, ०२० अन्तर्गत दर्ता भएको फर्म श्री सिद्धिगणेश ट्रेडिङ्ग कम्पनीको विचारमा ०२४।११।६ गते उक्त कारखानाबाट उत्पादित हुने चुरोटको बागमती अञ्चल भित्रको विक्रेता डिष्ट्रिव्यूटर्ससिपको लागि करार भएको सो करारमा हामी डिष्ट्रीव्यूटर्सहरू तर्फबाट वार्षिक रू.८४,००,०००। को चुरोट बिक्री हुने गर्ने कुराको सेल्स ग्यारेण्टी दिइएको थियो अरू शर्तहरू कबुलियतनामामा उल्लेख भएको सो करारमा मिति निर्धारित होस् प्रत्येक वर्ष ५ प्रतिशतको दर बढाउँदै जाने प्रस्ताव राखेका थियो, ०२५।४।२९ मा कारखानाले स्वीकृति पनि दियो सो सर्त बमोजिम ५ वर्ष २०२९।१०।३० गते सम्मको थियो कारखानाले अनुचित तरिकाबाट ०२६।११।७ देखि करार समाप्त हुने कुराको सूचना ०२६।१०।२ को पत्र जो हामीले ०२६।१०।७ गते बुझेकोबाट हामीलाई क्षतिपूर्ति दिएकोले क्षतिपूर्ति भराई लिन पाउने भई अघिल्लो सालमा लाभ भएको अनुपातमा १११४१६८। उक्त कारखानाबाट क्षतिपूर्तिको रूपमा भराई पाउनु परेकोले जनकपुर चुरोट कारखाना प्रा.लि.बाट दिलाई भराई पाउँ भन्ने समेत ०२७।२।४ को फिराद । ३. विपक्षीले २०२४।११।६ गतेमा चुरोट बिक्री गर्न एग्रीमेण्ट गरी बागमती अञ्चल अदालतमा डिष्ट्रीव्यूटर्स रूपमा काम गर्दै हुनुहुन्थ्यो एग्रीमेण्टको अवधि निर्धारित नभएकोले ५ वर्षको लागि कायम होस् भन्ने विपक्षी समेत अरू डिष्ट्रिव्यूटर्स समेतहरूले निवेदन गर्दा कारखानाको रीतको विरूद्ध कुनै कार्य हुन आएको कारखानाले महसूस गरे वा श्री ५ को सरकारको नीतिमा कुनै परिवर्तन भएमा बाहेक साधारण नयाँ सम्झौता ५ वर्षलाई कायम राखिने छ भन्ने कारखानाको सञ्चालन सभाले ०२५।३।३ मा निर्णय गरेको विपक्षले काराखानाको हितको निमित्त काम गरेको महसुस गरेको हुँदा उक्त सञ्चालक सभाको निर्णयले ५ वर्ष राख्ने नराख्ने निर्णय अधिकार कारखानाबाट नै भएकोले विपक्षीको माग दावी