निर्णय नं. २५५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/१७ २२६० निर्णय नं. २५५७ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको रिट नं. १९२६ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला महोत्तरी गा.पं.भटौलिया वडा नं.२ मा बस्ने राम विलाश महासेठ । विरुद्ध प्रत्यर्थी :जिल्ला भू.सु.का.का भू.सु.अधिकारी श्री ऋषिराम न्यौपाने । जिल्ला महोत्तरी गा.पं.भटौलिया वडा नं.१ बस्ने सुधा सुडीन । ऐ.वडा नं. मा अवस्थित बीचमा एकताका पुनरी सुडिन रा.प्रा. स्कूल समेत भनिएको मुनरी अपर प्राइमरी स्कूल । आदेश भएको मिति:२०४२।१२।१७।१ मा प्रमाणहरूको मूल्यांकन नगरी गरेको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने। (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी प्रत्यर्थी तर्फबाट: विद्वान सह न्यायाधीवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय महोत्तरीका भूमि सुधार अधिकारीले मुद्दा खारेज गर्ने गरेको मिति २०४०।१।४।१ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. साविकमा विपक्षी मुनरी सुडीन तथा निजको सगोलको छोरा सीताराम महासेठ सुडीहरूको नामको हाल विपक्षी मुनरी अपर प्राइमरी स्कूलको नाममा दर्ता हुन आएको जिल्ला महोत्तरी गा.पं.भटौलिया वडा नं.१ कि.नं.७३ को क्षेत्रफल ०–३–८, ऐ. कि.नं.१०५–०–१–१४, ऐ. कि.नं.१०६ को ०–२–७ र ऐ. वडा नं.४ कि.नं.१६ को ०–३–२ समेत गरी जम्मा जग्गा ०–१०–११ जग्गाको १ नं.फाराम भरी २ नं.लगत मेरा नाममा प्रकाशित भई ४ नं.जो.अ.नि.समेत प्राप्त गरी अटुट नै जोत भोग गरी आएकोले मोहीको ३ नं.प्रमाणपत्र पाउँ भन्ने मेरो विपक्षी भूमि सुधार कार्यालयमा उजूरी निवेदन परेकोमा वादीको ४ नं. जो.अ.नि.मा उल्लेख गरेको जग्गा कित्ता दावीको जग्गा कित्ता होइन स्कूलको नामको जग्गा हो, स्कूलले साल सालै डाक बढाबढ गरी ठेक्का लगाउँदै आएको छ भन्ने जिकिर विपक्षी स्कूलबाट लिइएको थियो । भूमि सुधार कार्यालय महोत्तरीमा परेको उक्त विवादमा उक्त विवादको जग्गा मुनरी अपर प्राइमरी स्कूलको नाममा दर्ता रहेको मि.नं.२३२/४३ यिनै वादी प्रतिवादीको मिसिलसाथ उपरोक्त कित्ता जग्गा पटक–पटक ठेक्कामा कमाउन दिएको संचालक समितिले गरेको डांक बढाबढ सम्बन्धी कागजातबाट कमाउन दिएको देखिएको किटिएको अवधिको लागि किटिएका व्यक्तिलाई ठेक्कामा कमाउन दिएको जग्गामा निवेदकको दावी पुग्छ भन्न नमिल्ने हुँदा उक्त मुद्दा खारेज हुने ठहर्छ भनी मिति २०४०।१।४।१ मा निर्णय गरियो । ३. म निवेदक उल्लिखित जग्गाको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिमको हक प्राप्त मोही हुँ । म निवेदकको मोही हकको जग्गाहरुको म निवेदकले १ नं.फाराम भरेको २ नं. लगत म निवेदकको नाममा प्रकाशित भएको एवं ४ नं.जो.अ.नि.प्राप्त गरेको सम्बद्ध प्रमाणपट्टी न्यायिक ध्यान नै नलगाई अ.बं.७८ नं.बमोजिम सुनाउँदै नसुनाएको असम्बद्ध ठेक्काको कागजलाई प्रमाणमा लगाई विपक्षी भूमि सुधार अधिकारीले गरेको निर्णय अ.बं. १८४(क) १८५ एवं १८९ नं.र प्रमाणऐन, २०३१ को दफा ३, ५४ समेतको प्रत्यक्ष प्रतिकूल गरेको निर्णयबाट म निवेदकको संविधानको धारा १० धारा ११(२)(ङ) एवं धारा १५ द्व