निर्णय नं. २५५८ - उत्प्रेषणयुक्त आज्ञा, आदेश र पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५५८ - उत्प्रेषणयुक्त आज्ञा, आदेश र पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/१० १९६० निर्णय नं. २५५८ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रि.नं.२२१८ विषय : उत्प्रेषणयुक्त आज्ञा, आदेश र पुर्जी जारी गरिपाउँ । निवेदक : नारायणी अञ्चल वारा जिल्ला इनर्वा भाठा गा.पं.वडा नं.७ को हाल विश्रामपुर गा.पं.वा.नं.१ बस्ने वलरामपुर बस्ने विश्वनाथ सिंह राजपुत । विरुद्ध विपक्षी : श्री भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय कलैया, बारा । नारायणी अंचल बारा जिल्ला विश्रामपुर गा.पं.वडा नं.१ बलरामपुर बस्ने जोगिन्दर सा तुरता । विदेश भारत विहार चम्पारन जिल्ला थाना रक्सौल मौजा सहदेवा भर भई हाल नारायणी अंचल बारा जिल्ला विश्रामपुर गा.पं.नं. बलरामपुर बस्ने कुदरत देवान । आदेश भएको मिति:२०४२।१२।१०।१ मा ऐनले परिभाषा गरेको कुरामा विवेचना नगरी कबूलियतको दोहोरी पञ्चायतमा दाखिल छ, छैन नबुझी गरेको निर्णय कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री लोकभक्त राणा विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री बलिरामकुमार र विद्वान अधिवक्ता श्री हरिहर दहाल उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार अधिकारीबाट गरिएको २०४१।८।१९।३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. वारा जिल्ला ईनर्वा भाठा गा.पं.वडा नं.७ कि.नं.१४५ को ज.वि.०–५–५ जग्गा २०३७।१।५।५ मा कबूलियत गराई मोहियानीमा जोत्न विपक्षी कुदरत देवानबाट लिई जोती कमाई कुत बुझाई रसीद लिई २०४० सालको बाली नबुझेकोले धरौट राखेको छु । मोहियानी हकको प्रमाणपत्र पाउन विपक्षी भूमि सुधार अधिकारी समक्ष निवेदन गरे । विपक्षी कुदरत देवानलाई बुझ्दा मोही कायम भएमा मन्जूर छ भनी बयान प्रतिवाद गर्नु भयो । दावीको जग्गा साविक असभगनी देवानीको नाममा दर्ता भई निजको मृत्यु पछि सो जग्गा निजको छोरा जमुना देवान र कुदरत देवानको बीच अंश मुद्दा परी बारा जिल्ला अदालतमा २०४०।११।४ मा भएको मिलापत्र बमोजिम जमुना देवानको अंशमा परी जमुना देवानले २०४०।११।१५ मा ईस्लाम देवानलाई र ईस्लाम देवानबाट मैले रु. २०००।– मा २०४०।१२।१९ मा रजिष्ट्रेशन पास गरी लिई आफैंले जोतकोड गरी आएको विपक्षीले जग्गा नजोतेकोले उजूरी खारेज हुनुपर्छ भनी जोगिन्दर सा तुरहाले प्रतिवाद गर्नु भएकोमा पेश गरेको कबूलियत भर्पाई जग्गाको स्वामित्व भएको व्यक्तिबाट प्राप्त नहुँदा हाल चालु मिसिलबाट मोहियानी कायम हुन नसक्ने भूमिसम्बन्धी संशोधन ऐन लागू भएको बखत कारवाही हुने नै हुँदा मिसिल मुलतवी राखी दिने भनी विपक्षी भूमि सुधार अधिकारीले २०४१।८।१९।३ मा निर्णय गर्नु भयो । ३. मैले जग्गा जोतेको कुरा भू.सु.अधिकारीले आफ्नो निर्णयमा मान्नु भएकै छ । साविक जग्गाधनी असभगनी देवानीनको मृत्यु पछि निजको एकाघर सगोलका छोरा विपक्षी कुदरत देवानबाट रीतपूर्वक कबूलियत प्राप्त गरेको छु । यस्तोमा कुदरतलाई जग्गाको स्वामित्व भएको व्यक्ति मान्न मिलेन भन्ने निर्णयमा न्यायिक विवेचना भएको पाइएन कबूलियत प्राप्त गरिसकेपछि मात्र वारा जिल्ला अदालतमा मिलापत्र भएको छ । विपक्षी कुदरत र जमुना देवान बीच सगोलमा रहेको जग्गा कमाउन कुदरतले कबूलियत गरी दिन हक नपुग्ने भन्ने प्रश्न उठ्दैन