निर्णय नं. २५५९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५५९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/०५ २२४२ निर्णय नं. २५५९ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नम्बर १५४७ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला बांके नेपालगंज नगर पंचायतवडा नं.१२ बुलबुलिया बस्ने नेत्र बहादुर भण्डारी । विरुद्ध विपक्षी :भूमि सुधार कार्यालय दाङ । भूमि सुधार कार्यालय नेपालगंज जिल्ला बांके । आदेश भएको मिति:०४२।१२।५।३ मा प्रत्यर्थी भू.सु.कार्यालय दाङले गरेको निर्णयमा वडा मौज्दात रहेको मितिदेखि व्याज निवेदकबाट असूल उपर गर्ने भन्ने उल्लेख भएको पाइन्छ । सो व्याज कुन ऐनको आधारमा असूल उपर गर्ने निर्णय गरेको हो सो कुरा निर्णयमा उल्लेख भएको देखिँदैन । तसर्थ व्याज समेत रिट निवेदकबाट असूल उपर गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुंगाना विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भू.सु.कार्यालयल दाङको मिति २०४१।५।१८ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ । २. जि.दाङ धनौरी गा.पं.को वडा नं.१ मा अध्यक्ष भई काम गर्दैआएको घरायसी कामले गर्दा वडा अध्यक्ष बाट राजीनामा दिएकोमा मिति २०२६।५।१९ मा स्वीकृत भई जानकारी भू.सु.का.दाङलाई समेत दिएको, काम गर्दाको कागज र वडासमितिमा आएको बचत भएको खर्च समेतको हिसाव समेत वडा समितिका तत्कालिन सदस्य श्री ढालबहादुर भण्डारी र गोपीलाल चौधरीलाई २०२५।८।२३ मा बुझाई भर्पाई लिएको छु । आर्थिक वर्ष ०२३।०२४ को वडा मौज्दात जिन्सी धान मुरी ९८।८।१८ नगद रु. ९।५४ हिनामिना गरी बसाइँ सरी गएको उक्त धानको मुरी ५३।३३ दरले हुने नगद रु. ५२४८।०४ र नगद मौजदात रु. ९।५४ समेत जम्मा रु. ५२५७।५८ को वडा मौज्दात मितिदेखि २०४१।५।१७ सम्मको व्याज समेत साँवा व्याज समेत बिगो रकम रु. १६३४८।६६ र बिगो बमोजिम जरिवाना रु. १६३४८।६६ समेत जम्मा रु. ३२८९७।३२ निज नेगबहादुर भण्डारीबाट असूल उपर गर्ने गरी २०४१।५।१८ मा निर्णय भएकोले सो रकम नेगबहादुरबाट असूल उपर गरी पठाई दिन र तिर्न बुझाउन मन्जुर नगरे निजको नाममा रहेको नेपालगंज नगर पञ्चायत वडा नं.१० बांके बर्दियामा पर्ने ७(क) कि.नं.१३० को ज.वि.०–४–१६ र सो जग्गामा बनेको पक्कि घर समेत लिलाम गरी असूल उपर गरी पठाई दिनु भनी विपक्षी भू.सु.का.दाङले भू.सु.का.नेपालगंजलाई पत्र लखेको र सो को सूचना नेपालगंजले मलाई दिएको २०४१।७।६ मा तामेल भएछ । घर जग्गा २०४१।८।२० मा लिलाम गर्ने भनी विपक्षी भू.सु.का.नेपालगंजका का.मु.भू.सु.अधिकारीले लिलाम बढाबढको सूचना निकाल्नु भएछ । ३. मैले वडाअध्यक्षबाट राजीनामा दिएको र सबै हिसाब सम्बन्धित व्यक्तिलाई बुझाएको भन्ने कुरा वडा समितिको कागज पञ्चायतमा रहेको फेलापरेको भन्ने भू.सु.का.दाङको २०४१।४।२६ को पत्रबाट देखिन्छ । सोही पत्रमा वेदनिधी जिम्मा २७ मुरी तिलकराम जिम्मा १४ मुरी गंगाप्रसाद जिम्मा ३२ मुरी १४ पाथी ५ माना ठाकुरप्रसाद जिम्मा ४२ मुरी खोजेका बखत बुझाउने छौं भन्ने जिम्मा जमानी लिएको कागज फेलापरेको भनी लेखेबाट जम्मा मुरी ११५।१४।५ धान जिम्मारहेको भन्ने देखिन्छ । मेरो जिम्मेवारी रहने होइन जि