निर्णय नं. १२५० - खिचोला हर्जना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२५० - खिचोला हर्जना भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/२२ २३०३ निर्णय नं. १२५० ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको दे.फु.नं. २० फैसला भएको मिति : २०३६।३।२२।६ मा निवेदक : का.जि. का.न.पं.वार्ड नं. १४ यटखा बस्ने मोतिकाजी शाक्य विरूद्ध विपक्षी : ऐ.ऐ. मुलुखादेवल पछाडि बस्ने धनमाया तुलाधर समेत मुद्दा : खिचोला हर्जना (१) आफ्नो जग्गाबाट अरूलाई बाटो दिनलाई गरी दिएको लिखत रजिष्ट्रेशन पारित गराई रहन नपर्ने र मुलुकी ऐन घर बनाउनेको महलको ३ नं. अनुसार अघि देखि चली आएको वा दिई आएको निकास कसैले रोक्न थुन्न नहुने । (प्रकरण नं. १२) फैसला न्या. त्रैलोक्यराज अर्याल : यस अदालतको डिभिजन बेञ्चबाट ०३४।६।२ मा फैसला भएको इन्साफ एकपटक फुल बेञ्चबाट दोहोर्याई हेरी पाउँ भन्ने वादीले श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको विन्तिपत्रमा फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने मौसुफ सरकारबाट हुकुम प्रमाङ्गी बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दामा संक्षिप्त विवरणहरू यस प्रकारका रहेछन् । २. सानुमाया नकर्मीसँग किसमायाका घरदेखि उत्तर मूल सडक देखि पूर्व गल्ली देखि दक्षिण गोविन्दको घरदेखि पश्चिम यति ४ किल्ला भित्रको २ नाले ६ कवले २ तल्ले पक्की घर र सो घरले चर्चेको लगापात समेत १९९५।१।१४।३ मा जोगमायाले राजीनामा गरी लिई निजले २००७।५।१२।५ मा राजीनामा पास गरी दिएको सो घरको उत्तरपट्टि ६।। फूटको गल्ली बाटो र सो बाटो देखि उत्तर भुलुखा देवल भएकोले मेरो घर मर्मत गर्दा उत्तरपट्टिको गल्ली बाटोतिर छिंडी तल्लामा ५ कवल ईंटको गुमज हाली बनाइराखेको र पूर्व र पश्चिमपट्टिको २ गुमज समेत ७ मध्ये ६ गुमज र भित्र छिंडीमा आउन जान नहुने गरी छेका गारो लगाई राखेको भित्र छिंडीमा काठहरू राखेको २०२५।११।२ गतेको दिन घरमा कोही नभएको मौका पारी विपक्षीहरूले सो छेका गारो भत्काई भित्र छिंडीमा राखेको काठहरू मिल्काई मोल रू.५००। जाने छिंडी खिचोला गरेमा र गारो भत्काई काठहरू नोक्सान गरी दिएमा मोल रू.५००। समेत भराई पाउँ भन्ने समेत वादी । मुर्दा लाने र देवताहरूको खटयात्रा गर्दा समेत सनातन देखि चलिआएको बाटो भएको र वादीले कागज समेत गरी दिएको मुर्दा लाने बाटो भएकोले खिचोला गरे भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिवादी । ३. झगडा परेको नक्सा नं. १ को जग्गा वादीकै छिंडी भई प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ नोक्सानी बिगोतर्फ यो यसले यति लिएको भन्ने निस्सा पेश नभएकोले बिगो भराई पाउँ भन्ने वादी दावी लाग्न सक्दैन भन्ने समेत का.जि. अ.को फैसला । ४. उक्त इन्साफमा चित्तबुझेन भन्नेसमेत वादीप्रतिवादी दुवैथरको पुनरावेदन । झगडा परेको छिंडी प्र.को जिकिरअनुसारसनातनदेखि मुर्दालैजाने गरेको सार्वजनिकबाटो भन्ने कतैबाट देखिन नआएकोसमेत कारणबाट इन्साफ शुरू जि. अ.को मनासिव छ भन्नेसमेत बा.अं.अदालतको फैसला । ५. उक्त फैसला कानूनी त्रुटिपूर्ण भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीहरूको म.क्षे.अ.मा परेको निवेदनमा अनुमति दिने आदेश । ६. विवादको छिंडी उत्तरतर्फ, मूल सडकतर्फ र दक्षिणतर्फ चोक भएतर्फ खुला रहेको नक्साबाट देखिन्छ सो खुलाबाट चोक तर्फबाट मूल सडकमा र मूल सडकबाट चोकतर्फ आवत जावत हुने अवस्था देखिन आउँछ । घर धनी वादी बाहेक अरू सो छिंडीबाट आवत जावत गर्ने भए दुबैतर्फ त्यस्तो ख