निर्णय नं. २५६० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५६० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/२४ २१९९ निर्णय नं. २५६० ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं. १९०० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :हनिफ मियाँको श्रीमती जि.सप्तरी, मगाहा गा.पं.वडा नं.१ बस्ने सुजान खातुन । विरुद्ध विपक्षी :श्री भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय, सप्तरी । जिल्ला सप्तरी भंगाहा गा.पं. वडा नं.१ बस्ने कुसुमलाल साहू । आदेश भएको मिति:२०४२।१२।२४।१ मा मोही हकको स्थायी प्रमाणपत्र पाउँ भन्ने निवेदनमा निर्णय नभई मोही नामसारी विषयमा निर्णय हुन जाँदा पुनः भूमि सुधार अधिकारीले वादी दावी परिणत गरेको हुन आउँछ । (प्रकरण नं. ११) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री विष्णु राउत र विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री चूडामणी राज सिंह मल्ल उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भू.सु.अधिकारी भूमि सुधार कार्यालय सप्तरीको मिति २०४१।१०।१९ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. मेरा स्व.पति हनिफ मिया मोही भई साविक देखि कमोद गरी आएको जि.स.भंगाहा गा.पं.वडा नं.१ हाल सर्भे कि.नं.४५ र ५१ का जग्गाहरूमा भू.सु.लागू हुँदा त्यस बेलाका जग्गाधनी नथुनी शाहलाई जग्गाधनी देखाई १ नं.फाराम भरी २ नं.प्रकाशन भई ४ नं.प्राप्त गर्नु भएको । विपक्षी कुसुमलालले साविक ज.ध.बाट २०२६।१२।२५ मा खरीद गरी लिंदाको राजीनामामा पनि हनिफ मियालाई मोही देखाएको छ । नापीका बखत भुलबस छोरा नजबुलको नाम लेखिन गई ज.ध.प्र.पूर्जा तयार हुन गएछ । पछी कुसुम र नजबुलको संयुक्त निवेदन परी विपक्षीकै नाममा ज.ध.प्र.पूर्जा बनेको छ । २०३४ सालमा मेरो पतिले उक्त जग्गाको मोही हकको प्रमाणपत्र प्राप्त गर्न विपक्षी कार्यालयमा निवेदन गर्नु भयो । उक्त जग्गाको मोही भए नजबुलको नामबाट मेरो नाममा जग्गा आउँदा मोही जनिनु पर्ने भन्ने विपक्षीको बयान । मुद्दा चलिरहेका बखत पति हनिफ परलोक भई म निवेदिकाले मुद्दा सकार गरी लोग्नेको उजूरी बमोजिम मोही हकको प्रमाणपत्र प्रदान गरी म निवेदकको नाममा नामसारी समेत गरिपाउँ भनी निवेदन दिई मुद्दा सकारी मिति २०३९।६।२ मा म निवेदकको नाममा नामसारी गर्ने गरी निर्णय भयो । उक्त निर्णय उपर विपक्षीको रिट परी मिति २०४०।११।२३ मा आदेश हुँदा सकार गरिएको हनिफको उजूरीमा नामसारी गर्न नमिल्ने छोरा समेत देखिँदा जग्गाधनीले रोजाउनु पर्ने अवस्था बाँकी देखी भू.सु.का.को निर्णय बदर गरी परमादेश जारी भएको थियो । म निवेदिकाको नाममा मोही हक नामसारी समेत गरी दिन हुन मिति २०४१।५।१२ मा मेरो उजूरी पर्यो । नापीमा नजबुलको नाममा नापिएको सरजमीनले निवेदिकाले कमाएको छैन भनेको भर्पाई कीर्ते ठहर भएको उल्लेख गर्दै उजूरी खारेज गरिपाउँ भन्ने विपक्षीको प्रतिउत्तर भएकोमा दावी खारेज हुने भनी विपक्षी कार्यालयबाट मिति २०४१।१०।१९ मा ठहर भएको छ । ३. विवाद तथ्य नरहेको विषयमा आत्मनिष्ठ व्याख्या गरेर निर्णय गरेको छ । विपक्षीका दाता नथूनी शाहका नामबाट मेरा पति हनिफले १ नं.भरी २ नं.प्रकाश भई ४ नं.प्राप्त गरेको राजीनामा हनिफ मोही भनी लेखिएको आदी प्रमाणबाट कानुनन् मोही रह