निर्णय नं. २५६१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५६१ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/०९ २०१० निर्णय नं. २५६१ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. २३४४ विषय : उत्प्रेषण । निवेदक :जि.दाङ मानपुर गा.पं.वडा नं.२ ललिपुर बस्ने टंक प्रसाद रेग्मी । विरुद्ध विपक्षी :उच्चस्तरीय समिति दाङ । जि.दाङ मानपुर गा.पं.वडा नं.२ लालपुर बस्ने जनार्दन के.सी. । आदेश भएको मिति:२०४२।११।९।२ मा नवौं संशोधन नियमावलीको नियम ११(क) यथावत रहेको अवस्थामा सो को कार्यविधी पूरा गरी मात्र मोही ठहर गर्ने सम्बन्धमा निर्णय गर्नु पर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल विपक्षी तर्फबाट :विद्वान सरकारी सह–न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री वासुदेव प्रसाद ढुंगाना उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः विपक्षी समितिबाट ०४१।९।२८ मा भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. यसमा भू.सं.नवौं संशोधन नियमले तोकेको कार्यविधि अपनाई लगत प्रकाशन नै नगरी गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुन्छ पुनः कारवाहीका लागि स.अ.बाट ०४१।२।१ मा परमादेश समेत जारी भई ०४१।८।८ मा मिसिल प्राप्त हुन आएको प्रस्तुत मुद्दामा ०४१।६।८ मा नै उक्त नियम ११(क) लाई बार्‍हौं संशोधनबाट झिकीसकेकोले लगत प्रकाशन गर्नु परेन यस समितिको ०३९।५।२१ को निर्णय सर्वोच्च अदालतका ०४१।२।१ का निर्णयले बदर भइसकेको हुँदा पुनः अर्को निर्णय गर्न पर्ने हुन आयो । निर्णयका हकमा बुझिएका सरजमीन प्रमाणबाट उजूरवाला मोही किसानले जग्गा कमोद गरी आएको भन्ने देखिएको विवादित जग्गामा भूमिसम्बन्धी ऐन, ०२१ को संशोधनसहित दफा २५(क) बमोजिम उजूरवाला मोही ठहर्छ मोही प्रमाणपत्र गई नसकेको भए मोही प्रमाणपत्र गरिदिनु भन्ने समेत व्यहोराको ०४१।९।२८ को उच्चस्तरीय दाङका निर्णय । ३. विपक्षीबाट भएको पूर्व नियम ११(क) विपरीत भई कानुनी त्रुटि ठहराई सम्मानीत अदालतबाट बदर भइसकेको छ । यस्तोमा विपक्षीले सम्मानीत अदालतको ०४१।२।१ को निर्णय प्रतिकूल निर्णय गरेको छ । भू.सं.ऐन, ०२१ को दफा २५(क) को उपदफा (२) मा समितिले उजूरी लिंदा देखी फछर्योट हुँदासम्मको कार्यविधि तोकिए बमोजिम हुनेछ भन्ने उल्लेख भएको छ । ४. विपक्षीले मोही कायम गर्ने गरीगरेको निर्णय उक्त भू.सं.नियम ११(क) को प्रतिकूल रहन गएकोछ । उक्त नियमको नियम २ मा मोहीले सम्बन्धित जग्गाको कित्ता नम्बर चारकिल्ला क्षेत्रफल खोल्नु पर्ने कानुनी प्रावधान छ । उजूरीमा सो खुलेको छैन । यस्तोमा मोही कायम गर्न नियम तथा नियम ५ अनुरुपको बुझ्ने कार्य नभई न त अनुसूची प्रकाशित गर्ने कार्य नै भयो भन्ने यस्तो अवस्थामा विपक्षी समितिबाट भएको निर्णय उल्लिखित कानुनी तथा नजीरको प्रतिकूल रहेबाट बदरभागी रहेको छ लगत प्रकाशनमा उजूरी भन्नाले त्यसमा आफ्नो चित्त नबुझेको कुराको प्रतिवादी सरहको उजूरी हो यस्तोमा समेत कानुनी प्रतिकूलको तर्क गर्दै भएको विपक्षीको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण रहन गएको छ । उक्त निर्णयले संविधानको धारा ९ धारा १०(१) धारा ११(२)(ङ) र धारा १५ ले प्रदत्त हकमा समेत आघात पुग्न गएको बाट ऐ. धारा १६–७१ अन्तर्गत विपक्षीबाट भएको ०४१। ।२८ को निर्णय उत्प्रेषणको आ