निर्णय नं. २५६२ - केही सार्वजनिक अपराध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५६२ - केही सार्वजनिक अपराध भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/१६ २१६८ निर्णय नं. २५६२ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ४६० मुद्दा : केही सार्वजनिक अपराध । पुनरावेदक/प्रतिवादी:जि.बांके ने.गं.न.पं. वडा नं.१४ बस्ने तेजराम अग्रवाल । ऐ.ऐ बस्ने दिनेश कुमार अग्रवाल । ऐ. परमपुर गा.पं. वार्ड नं.७ बस्ने अकवर अली इन्द्रीस मियाँ । विरुद्ध विपक्षी/वादी: चमनलाल सेठीको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।११।१६।५ मा आकर्षित हुनै नसक्ने ऐनको प्रयोग गरी गरेको इन्साफ उल्टी हुने । (प्रकरण नं. २१) पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंह विपक्षी तर्फबाट :विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्मा उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रिय क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादीहरूले दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । तेजरामको दुकानबाट मैले भा.रु. २,७७०।– को माल किनेको थिएँ निजले माल तथा पैसा नदिएकोले रोकिएँ भनी मेरा भतिजा जगदिशले भनेकोले यिनको पैसा किन नदिएको भनी दिनेशलाई भन्दा दिनेशले भा.रु. १०००।– लैजाउ अरु बाँकी रु. १७७०।– भोलि लिनु भनेबाट भोलि ०३३।८।१ गते १० बजे निजको दुकानमा गई उक्त रुपियाँ माग्दा निज तेजराम र निजकै छोरा दिनेश र उसका दाजु समेतले मलाई बाहिरबाट पिट्दै आफ्नो घर दोकानभित्र लगी दोकान बन्द गरी लेखिराखेको कागजमा सही गर भनी भन्दा नगरेकोले मारपीट गर्दा मैले बचाउ बचाउ भनी कराउँदा आवाज सुनी विद्यार्थी तथा पुलीसहरू मौकामा तेजरामको घर पुगी मलाई बाहिर निकालेकोले उम्कीभागी दर्खास्त दिन आएको छु । निजहरूलाई पक्राउ गरी मेरो लिनु बाँकी भा.रु. १७७०।– दिलाई मलाई लागेको चोटको केश फाराम गराई केही सार्वजनिक अपराध तथा सजायँ ऐन अन्तर्गत कारवाही गरिपाउँ भन्ने चमनलाल सेठीको जाहेरी दर्खास्त । २. लेखिएको ०३३।८।१ गतेका दिन बजार बन्द थियो हामी घर बसेको अवस्था १०।११ बजे तल घण्टी बजेकोले आमा तल आई ढोका खोली हेर्दा हाम्रो इविवाला अनवर अलिमियां त्यसका साथमा नचीनेका भारतीय मानिस आएको देखी आमाले अनवरसँग पैसा माग्दा साथमा आउने भारतीयले र अनवरले आक्रमण गरेकोले आमालाई चोटपटक लागेको देखी मैले निजहरूलाई निकाली ढोका बन्द गरेको हुँ त्यसपछि तिनीहरूले बगरको केही गुण्डा बटुली दोकान अगाडि जम्मा भएको देखी प्रहरी आई पुकारा गर्दा ढोका खोलेको अवस्था गुण्डाहरू दोकान भित्र पसी हुलहुज्जत गरेका हुन् भन्ने समेत व्यहोराको दिनेशकुमारले गरेको बयान । लेखिएको ०३३।८।१ गते दिनको १२ बजे दोकान घरको भित्र कोठामा सुतिरहेको अवस्था पुलीसले बोलाए भनी माहिला छोराले भन्दा साथ लागी आएको हुँ म ब्लड प्रेसरको रोगी हुँदा दिनमा सुत्ने गर्दथिएँ अरु कुरा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको तेजराज अग्रवालको बयान । ३. दिनेशकुमार अग्रवालको पुलीस घा जाँच फाराम रहेछ । ४. ०३३।८।१ गते माल सामान किन्न भनी तेजरामको दुकानतिर गएको अवस्था जाहेरवालालाई भित्र लगी ढोका बन्द गरे त्यत्तिकैमा जाहेरवालाले बचाउ बचाउ भनी कराउन थाले र नमालुम कसरी जाहेरवाला