निर्णय नं. २५६३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५६३ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/०९ २२५३ निर्णय नं. २५६३ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४२ सालको रि.नं. २१६३ विषय : उत्प्रेषण । निवेदक :जि.दाङ, विजौरी गा.पं.वा.नं.३ मनिकापुर बस्ने राम प्रसाद उपाध्याय । विरुद्ध विपक्षी :ऐ. ऐ. बस्ने राम वीर चौधरी । उच्चस्तरीय समिति साङ, तुल्सीपुर । आदेश भएको मिति:२०४२।११।९।५ मा केवल सरजमीनकै आधारमा मात्र मोहियानी कायम नगर्ने ठहराएको विपक्षी समितिको निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ र २५(८) को त्रुटि देखिएको हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ : जि.दाङ विजौर गा.पं.वा.नं.३(ङ) कि.नं.५४ को जग्गा विगहा ०–३–३ मध्ये दक्षिणतर्फ आधी जग्गा विगहा ०–१–११ मा म मोही भएकोले मैले साविक जग्गाधनी प्रत्यर्थी रत्नवीर चौधरीको पिता तुलसीरामसँग कानुनी कबूलियत गरी गराउँदा उक्त कबूलियतमा विपक्षी समेत साक्षी बसेका छन् त्यस्तो कानुनी कबूलियत बमोजिम मैले पक्की घर समेत बनाई सोही घरमा बसी आएको छु सो कबूलियतमा भू.सं. ऐन, ०२१ को दफा २५(२) बमोजिमको कार्यविधि पूरा गरी विपक्षीलाई तिनकुट शर्त दिने भन्ने उल्लेख भएको छ त्यस्तो तिनकुट शर्तमा जोतेको विवादित जग्गामा मोहियानी कायम गराई पाउँ भनी मेरो विपक्षी समितिमा मेरो निवेदन परी विवादित जग्गामा मेरै घरबास भएको मिति ०३३।१०।७ कागजको साक्षीमा मलाई राखेको भनेकोमा मेरो बाबुले गरिदिएको हो वा के हो म अनजान मानिस हुँदा मलाई केही थाहा छैन भनी बयान गरेकोमा विपक्षी समितिले सरजमीन दावीको जग्गामा मोही र घरबास समेत नदेखिएको र मिति ०३३।१०।७ को कागज विवादास्पद देखिएको हुँदा घरको हकमा सम्बन्धित निकायबाट हक बेहक गराई ल्याउने र मोहियानी नहठर्ने भन्ने विपक्षी समितिले गरेको निर्णय निम्न लेखिए बमोजिम गैरकानुनी छ भनी प्रष्ट पारेको छु : २. जिकिर : म निवेदक वास्तविक जग्गाको मोही छु भन्ने कुरा मेरो घरबास त्यहाँ भएकोले प्राप्त गरिरहेकै छ र विपक्षी समितिले पठाएको म्याद समेत सोही घरमा टांस भएको प्रष्ट छ सो बाहेक मेरो घर अन्य पनि छ भनी विपक्षीले समेत भन्न सकेका छैनन् । सरजमीनको भनाइलाई मात्र आधार मानी मोही कायम गर्न नमिल्ने भनी विभिन्न मुद्दामा श्री स.अ.बाट समेत सिद्धान्त प्रतिपादित भएको सो मा पनि प्रस्तुत विवादमा सरजमीन समेत विवादास्पद रहेको प्रष्ट छ मिति ०३३ सालमा प्रत्यर्थी रामवीर चौधरीलाई समेत साक्षी राखी निजका बाबु तत्कालिन जग्गाधनी तुलसिरामले कबूलियत गरी पक्किघर बनाउन स्वीकृति दिएको हुन् । सोमा उजूरवाजूर छैन जस अनुसार म भूमिसम्बन्धी ऐनको दफा २५(२) अनुसारको मोही भएको भन्ने प्रष्ट देखिनु सो कबूलियत पञ्चायतमा समेत दाखिल रहेको छ । आफैंले गरेको कबूलियतलाई विपक्षीले इन्कारी गर्नलाई विवन्धनको सिद्धान्तले मिल्ने होइन । विपक्षीले मोहीको प्रमाणपत्र समेत पाएका छैनन् बसोबास गरी आएको घर समेत भएको जग्गामा घरतर्फको प्रमाणको वेवास्ता गरी मोहियानीतर