निर्णय नं. २५६४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५६४ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१०/०७ २३५८ निर्णय नं. २५६४ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको रिट नं. १५९१ विषय : उत्प्रेषण । निवेदक :भ.पु.न.पं वडा नं.८ सिबुकछे सुकुल ढोका बस्ने राधीका माया वैद्य । विरुद्ध विपक्षी :भक्तपुर नगर पञ्चायत कार्यालयको प्रधान पञ्च ज्ञान बहादुर न्याईच्याई । भ.पु.न.पं. वडा नं.१८ नरदेवी नेटपाचो बस्ने उमाचरण वैद्य । आदेश भएको मिति:२०४२।१०।७।३ मा जिल्ला अदालतमा नालेश परी विचाराधीन भई मुद्दा चल्दाचल्दैको अवस्थामा असाधारण अधिकारक्षेत्रको प्रयोग गरी रिट निवेदनबाट उपचार गर्न मिल्ने देखिएन । (प्रकरण नं. ८) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः भक्तपुर नगर पञ्चायतको २०४१।३।१२।२ को आदेश पर्चा बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदन पत्रको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. विपक्षी नक्सावालाको म पश्चिम संधियार हुँ । हाल विपक्षीले घर बनाउँदा नक्शा भन्दा अदल बदल गरी मेरो पाताल जग्गामा दक्षिणतर्फबाट उत्तर दक्षिण ६’९” पूर्व पश्चिमतर्फ ६’६’ गरी पाताल जग्गा मिची घर बनाउँदै गरेको हुँदा उक्त घर रोक्का गरिपाउँ भन्ने भ.पु.नगर पंचायतमा उमाचरणको निवेदनपत्र । मेरो कानुनी हक भोगचलनको भ.पु.नगर पंचायतवडा नं.८ तुलाछे टोलको पूर्व दक्षिण सडक, पश्चिम नन्दलालको घर पाताल, उत्तर विपक्ष उमाचरणको किलास साझा सागाल र आफ्नै पाताल यती ४ किल्ला भित्रको जग्गामा नक्शा पास गर्न भ.पु.नगर पंचायतमा निवेदन परेकोमा विपक्षको उजूर परी हक बेहकमा मुद्दा चली न.नं.६ मैले बनाएको घरको उत्तर दक्षिण पूर्वतर्फ २१ फीट पश्चिमपट्टी ३० फीट पूर्वपट्टी ३० फीट ३ ईञ्च र न.नं.६(क) को ३ फीट ३ ईञ्च समेतको पातालमा मेरो घर बनाउन पाउने गरी बा.अं.अ.बाट ०३८।७।१७ मा फैसला भएबमोजिम नक्शा पास गरी घर बनाएको हुँदा निवेदन झुठ्ठा हो भन्ने राधीकामाया वैद्यको प्रतिउत्तर जिकिर भएकोमा ०३८।१२।२८ मा पास भएको नक्सामा पूर्व पश्चिम ३० फीट उत्तर दक्षिण २१ फीट मात्रको लम्बाई चौडाईमा घर बनाउन नक्शा पास भएकोमा नक्साभन्दा बढी उत्तर दक्षिण ८’१०” पूर्व पश्चिम ५’१०” मा धारा चर्पी राखी १ तले गारो उठाई बनाएतर्फ नगर पंचायतऐन, २०१९ को दफा ५४(क) बमोजिम रु. ५०।– जरिवाना गर्ने । प्रतिवादीले वादीको मिचेको भए के कति पाताल जग्गा मिचेको छ सो सम्बन्धमा सम्बन्धित अदालतमा हक कायम गर्न सक्ने भएकोले सो अनुसार गर्नु भनी सुनाई दिने भन्ने मिति २०४१।३।१२ को भक्तपुर नगर पञ्चायतको प्र.पं.को पर्चा । ३. सर्वप्रथम यस विपक्षीको निवेदन लिई निर्णय गर्ने अधिकार नगर पञ्चायत ऐन, २०१९ बमोजिम नगर पञ्चायतलाई भई न्याय प्रशासन सुधार ऐन, ०३१ समेतबाट सम्बन्धित जिल्ला अदालतलाई भएको हुँदा प्रस्तुत निर्णय र कारवाही अ.बं.३५ नं.को विपरीत हुँदा स्वतः बदरभागी छ । मैले घर बनाउन पाउने गरी पाएको नक्शा पछाडि चर्पी राख्न र घर बनाउन पाउने लेखिएको छ सो नहेरी नक्शा भन्दा बढी बनायो भनी जरिवाना गर्ने गरेको प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भएको छ । भ.पु.नगर पंचायतको बैठकले गरेको पर्चा र नक्शा अनुसार आफ्नो हकमा मात्र घर