निर्णय नं. २५६५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५६५ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१०/१५ २४६३ निर्णय नं. २५६५ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं. २००० विषय : उत्प्रेषण । निवेदक :हेटौंडा कपडा उद्योग लि.का.कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक केशवप्रसाद प्रधान । विरुद्ध विपक्षी : श्रम कार्यालय,नारायणी अंचल वीरगञ्जका श्रम अधिकृत श्री मुकुन्द कार्की । ऐ.लि.का.विविध विभागका मजदुर दिवाकर लामिछाने , आदेश भएको मिति:२०४२।१०।१५।३ मा मानिस जम्मा गरी टेबुल तोडफोड समेत गरेको अभियोगमा स्पटीकरण लिई नसिहत दिने गरेको निर्णय नेपालको संविधानको धारा ९ को विपरीत भएको भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री किशोर कुमार अधिकारी विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. मिति ०४१।२।२८ का दिन आफ्नो डिउटीमा नबसी काम छाडी अन्यत्र गएको ०४१।३।२० का दिन ३५–४० जना कामदार लिई आई कारखानाभित्र घेराउ गरी सुपरभाईजरलाई धम्की दिएको । ०४१।३।२१ का दिन २.४५ बजे अरु विभागका मजदुर समेत ल्याई घेराउ गरी हुलदंगा गरेको, अनुशासन तोड्ने कार्य गरेको तथा टेबुल तोडफोड गरी उद्योगको सम्पत्ति हानी नोक्सानी गरेको भन्ने आरोप लगाई प्रचलित कानुन बमोजिम किन सजायँ नगर्ने ३ दिनभित्र स्पष्टीकरण पेश गर्नु भनी सोधिएकोमा ०४१।२।२८ को घटनाबारे त्यसबेला म आफ्नो विभागमा काम नभएकोले बाहिर बसेको थिएँ । विभागीय प्रमुखसँग तत्काल माफी नमागी ०४१।३।२८ मा माफी मागी हाजिर समेत पाई सकेपछि ०४१।३।२२, ०४१।३।२० र ०४१।३।२१ को घटनालाई समेत लिई स्पष्टीकरण माग गरेकोमा सन्तोषप्रद नभएको भनी कसूर बिना ०४१।६।९ मा नसिहत दिएको हुँदा उक्त नसिहत बदर गरिपाउँ भन्ने विपक्षी दिवाकर लामिछानेको उजूरी पत्र । ३. काममा हेलचेक्र्याई गरेको, हुलदड्डा गरी अनुशासन तोडेको, घेराउ गर्ने काम गरेको र उद्योगले तोकेको म्यादभित्र स्पष्टीकरण समेत पेश नगरी आदेशको अवहेलना समेत गरी अनुशासनहिन भएको कारणहरूबाट नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा (२) को (घ) अनुसारको खराब आचरण बापत वादीलाई नसिहत दिएको हुँदा नसिहत पत्र सदर कायम राखी पाउँ भन्ने समेत हेटौंडा कपडा उद्योग लि.को प्रतिउत्तर । ४. मुख्य विषय हाजिरी सम्बन्धी कुरालाई नै लिएर दुबै तर्फबाट वादविवाद भएको देखिएको र आफ्नो गल्ती स्वीकार गर्दै क्षमा मागी वादीले निवेदन दिएको तथा ०४१।३।२९ मा विभागीय प्रमुखबाट क्षमा समेत पाइसकेकोले ०४१।६।९ मा पुनः उद्योगले दिएको नसिहत नेपालको संविधान, २०१९ को धारा ११(४) र प्रचलित ऐन कानुन समेतबाट अनुकूल नभएको हुँदा नसिहत बदर हुने ठहर्छ भन्ने श्रम अधिकृतको ०४१।११।१३ को निर्णय पर्चा । ५. उल्लिखित ०४१।११।१३ को निर्णय पर्चामा नेपालको संविधानको धारा ११(४) को गलत प्रयोग हुनुको अलावा अ.बं.१८५।१८९ नं.प्रमाण ऐनको दफा ८ तथा कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा (२)(घ) समेतको प्रत्यक्ष त्रुटि भएकोले निवेदकको कानुनी हकमा र नेपालको संविधानको धारा ९(घ) धारा १०(१) द्वारा प्रदत्त हकमा समेत आघात पुगेकोले धारा ७१ अन्तर्गत यो निवेद