निर्णय नं. २५६६ - जालसाज बकसपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५६६ - जालसाज बकसपत्र बदर भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/१२ २४४१ निर्णय नं. २५६६ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४१ सालको फौ.वि.नं. ७७ मुद्दा : जालसाज बकसपत्र बदर । निवेदक/वादी:ग.अं. गोर्खा जिल्ला हर्मि भन्ज्याङ गा.पं.वडा नं.२ बस्ने नर बहादुर गुरुङको हकमा ऐ.की श्रीमती ऐ.ऐ घर भै हाल वा.अं.का.जि.का.न.पं. वडा नं.१६ पकनाजोल सोर्‍हखुट्टे बस्ने मनमाया गुरुङ । विरुद्ध विपक्षी/प्रतिवादी :ऐ. ऐ. मुचोक गा.पं. वडा नं. ७ बस्ने कुन्तादेवी गुरुङ । ऐ.ऐ बस्ने जुक्तमान गुरुङ । ऐ.ऐ पोखरी थोक बस्ने गौरी प्रसाद जोशी । ऐ.ऐ बस्ने धनेराज श्रेष्ठ । ऐ.ऐ मुचोक मादले बस्ने खर्मा गुरुङ । फैसला भएको मिति:२०४२।११।१२ मा बकसपत्र दिने लिने दुबै पक्षको मन्जूरी भई साक्षी समेत राखी रीतपूर्वक बकसपत्र दिनु लिनु गरेको देखिँदा जालसाजबाट लिनु दिनु गरेको बकसपत्र बदर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री जुक्तीजङ्ग लामिछाने विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री देवेन्द्रनारायण ढुंगाना उल्लेखित मुद्दाःX फैसला न्या.बब्बरप्रसाद सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला अन्यायपूर्ण हुँदा मुद्दा दोहर्‍याई इन्साफ जाँच गरिदिनु भन्ने स.अ.का नाउँमा हु.प्र.बक्स पाउँ भन्ने समेत व्यहोराको बिन्तीपत्र परी इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत हु.प्र.बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ : २. दाजु नेप्टे गुरुङ र म एकै घरमा बसी आएको अवस्था दाजु पनि परलोक हुनु भई निज दाजुको श्रीमती २ मा जेठी विष्णुमाया समेत परलोक भएपछि कान्छी विपक्ष कुन्तादेवी मेरो एकै अंशियार भई मानो बेगल भएको । ३ पुस्ताभित्रको भाउजू हुनुभएको निजसँग अंशबण्डा नभएको । भएको श्रीसम्पत्ति सबै विपक्ष भाउजू जिम्मा भएको ०३२ साल जेष्ठ २६ गते म समेतको आधी हक अंश लागी जग्गा ३ पुस्ताभित्रको देवर म छँदाछँदै १०–१२ पुस्ताको जुक्तमान गुरुङलाई मेरो सहोदर देवर भनी शेषपछिको बकस दिने कुन्तादेवी लिने जुक्तमान सो कुरा साँचो हो भनी साक्षी हुने गौरीप्रसाद धर्मराज भई कानुन विरुद्ध बकसपत्र लिए दिएको बकसपत्र बदर गरी विपक्षहरूलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको मे.ह.नरबहादुरको फिराद दावी । ३. वादीको र मेरो पुस्तेवारी फिरादमा उल्लेख भएबमोजिम नभई अंश मुद्दाको प्रतिउत्तरमा उल्लेख भएबमोजिम भई वादी र मेरो खसम नेप्टे एकाघर सगोलमा बसेको पनि छैन। ९८ सालमा मानो छुटी भिन्न भएको नहुनाले वादीलाई मैले अंश दिनु नपर्ने र यसभन्दा अघि देवर जुक्तमानले हाम्रो हेरबिचार गरेकोले १ कित्ता खेत र ४ कित्ता पाखा जग्गा निज जुक्तमानलाई शेषपछिको बकसपत्र गरिदिएको ऋण तिर्न र घर खर्च गर्न धर्म गर्दा लागेको ऋण तिर्न १ कित्ता खेत एक कित्ता पाखो पूर्णचन्द्र उपाध्यायलाई राजीनामा बिक्री गरेको जालसाजी होइन । जालसाजी हो बदर गरी पाउँ भन्ने मेरा उपर झुठ्ठा उजूर गरेको भन्ने समेत कुन्तादेवीको मन्जूर भएको र बकसपत्र लिन मेरो मन्जूर भएको हुँदा ०३३।२।२६ मा रजिष्ट्रेशन पारित गरी शेषपछिको बकस लिएको छु वादीको अंशहरू जग्गा जालसाज गरी मैले बकस लिएको हैन वादी दावी झुठ्ठा हो भन्ने प्र.जुक्तमान जालसाज गरेको छैन भन्ने समेत व्यहोराको शंखमान गुरुङ धर्मराज र गौरीप्रसाद समेतको एउटै प्रतिउत्तरपत्र